pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले गर्यो सार्वजनिक सुनुवाइ
डाक्टर पवन कार्कीको बिदाई

FB_IMG_1734269662581-1734269720.jpg

थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले सार्वजनिक सुनुवाइ सहित केन्द्रको आयव्यय सार्वजनिक गरेको छ।
३० मंसिरमा प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा केन्द्रका व्यवस्थापन समिती अध्यक्ष नारायण लामाको अध्यक्षता तथा प्राथमिक स्वास्थ्य केन्द्रका संरक्षक समेत रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सार्वजनिक केन्द्रको सेवा प्रवाह र आयव्ययको सार्वजनिक  सुनुवाइ कार्यक्रम भएको हो।
संस्थाले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार आर्थिक बर्ष ०७९/०८० मा ५ लाख ५८ हजार ३ सय ४१ रुपैयाँ घाटामा रहेको स्वास्थ्य केन्द्रले आर्थिक बर्ष २०८०/०८१ मा ८६ लाख ८९ हजार ३ सय ५९ रुपैयाँ  आम्दानी गरेको आयव्यय विवरण सार्वजनिक गरिएको थियो।
स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०८०/०८१ मा ल्याव,भिडियो एक्सरे,एक्सरे र मानसिक स्वास्थ्य गरेर २३ सय २७ औसत बिमारीले सेवा लिरहेको विवरणमा उल्लेख छ।
स्वास्थ्य केन्द्र बाट संचालित एम्बुलेन्स बाट मासिक एक लाख र फार्मेसीबाट गत असार देखि मंसिर सम्म ७१ लाख ४८ हजार र अन्य सेवा बाट २९ लाख ६१ हजार आम्दानी गरेको विवरण छ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रले गरेका नविनतम प्रयासहरु इमर्जेन्सी सेवा,एक्सरे सेवा लाई २४ घण्टा बनाएको,भिडियो एक्सरे सुबिधा,ओपिडी कक्ष व्यबस्थित गरेको,फार्मेसी तथा प्रशुती व्यवस्थापन र स्तनपान कक्ष निर्माण २४ सै घण्टा ल्याव सेवा लाई प्रभावकारी बनाएको,जिन्सी व्यवस्थापन तथा आर्थिक क्रियाकलाप लाई अनलाइन सिस्टममा लगी पारदर्शी गरेको,मानवश्रोत व्यवस्थापन गरिएको विवरण सार्वजनिक गरिएको थियो।
स्वास्थ्य केन्द्रले आगामी दिनमा गर्नुपर्ने कार्यमा पोष्टमार्टम तथा सव बाहन लाई संचालन गर्नुपर्ने,सिइओएनसी साइटको रुपमा अस्पताल लाई लानुपर्ने,दन्तरोग बिभाग तथा फिजियोथेरापी संचालन गर्नुपर्ने,अस्पतालमा विशेषज्ञ सेवा बिस्तार,२४ सै घण्टा बिमा सेवा र मानसिक स्वास्थ्य सम्बन्धि जानकारी मासिक रुपमा दिनुपर्ने कार्य गर्नुपर्ने रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी दिइएको थियो।
स्वास्थ्य केन्द्रमा आवश्यक जनसक्तीको कमी हुनु,बिमा रकम समयमै भुक्तानी नहुनु र आवश्यक बजेटको उचित बिनियोजन नहुनु केन्द्रको चुनौती रहेको केन्द्रले प्रस्तुत गरेको विवरणमा उल्लेख छ।

प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो आयव्यय विवरण सार्वजनिक सहित केन्द्रका प्रमुख डाक्टर पवन कार्कीलाई बिदाई पनि गरेको छ।
डाक्टर कार्की अध्ययनको लागि देश बाहिर जानेभएपछी कार्कीको राजिनामा स्वीकृत गर्दै बिदाई गरिएको हो।
स्वास्थ्य केन्द्र बाट बिदाई हुँदै गर्दा डाक्टर पवन कार्कीले आफुहरुको नेतृत्वमा स्वास्थ्य केन्द्रलाई एहासम्म लेराइपुर्याएको उल्लेख गर्दै स्वास्थ्य संस्था लाई राजनीति बाट टाढा राख्न अनुरोध गरे।
डाक्टर कार्कीले आफुलाइ साथ र सहयोग गर्ने सम्पुर्ण कर्मचारी,थाहा नगरपालिका प्रमुख,उपप्रमुख,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको साथ र सहयोगले अस्पताललाई यहाँ सम्म लेराउन सफल रहेको भन्दै आगामी दिनमा पनि नगरपालिका बाट अनुगमन र नियमन भएमात्र संस्था सुधार हुने बताउदै फेरि पनि अध्ययन सक्कायर यहि सेवा गर्ने वातावरण तयार पारेर राख्न आग्रह गरेका थिए।
कार्यक्रममा नगर प्रमुख बिष्टले डाक्टर द्वय गगन कार्की र पवन कार्कीले संस्थालाई दिएको योगदानको नगरपालिकाले उच्च मूल्याकंन गरेको बताउदै नगरपालिकाको स्वास्थ्य क्षेत्र र नगरबासीको स्वास्थ्य सेवा पाउने अधिकार लाई कुनै हालतमा सम्झौता नगरिने भन्दै फेरि पनि डाक्टर द्वय आफ्नै जन्मभुमिमा फर्की सेवा दिने बिश्वास रहेको बताए।
कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष  पुरुषोत्तम ढकाल,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल,पालुङ जेसीजका महासचिव बिक्रम गोपाली,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले आफ्ना भनाइ राखेका थिए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,बिभिन्न राजनैतिक दलका प्रतिनिधि,प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी हरु,महिला स्वास्थ्य स्वयंसेवीकाहरु,अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु,पत्रकार लगायतका उपस्तिथि रहेको थियो।

FB_IMG_1734269684174-1734269720.jpg
FB_IMG_1734269702238-1734269739.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...