Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

FB_IMG_1694143280892-1694143291.jpg

काठमाण्डाै - आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको हो । उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने बताउनुभयो ।  यसअघि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइने भनिए पनि खोप पर्याप्त नभएकाले अहिले १४ पूरा भइ १५ वर्ष ननाघेकालाई दिन लागिएको महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । पर्याप्त मात्रामा खोप आएपछि १० देखि १४ वर्षका सबै किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो । उहाँका अनुसार थप खोप आउन समय लाग्ने भएकाले अहिले १४ वर्ष पुगेका किशोरीहरु छुट्ने जोखिम रहेकाले पहिलो प्राथमिकतामा अहिले उनीहरुलाई दिइएको हो ।

यो खोप कोशी प्रदेशको कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म, मधेस प्रदेशकाे नारायणी अस्पतालमा २९ देखि ३१ गतेसम्म, बाग्मती प्रदेशकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा र कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा २७ देखि ३० गतेसम्म खोप लगाइने छ । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा २७ गतेदेखि २९ गतेसम्म  खोप लगाइने छ ।

यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । यो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपीभी खोप दिइएको थियो ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्ल्यूएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । एचपीभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको उहाँले बताउनुभयो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।

यस्तै, एचपीभी सङ्क्रमण भएपछि अहिलेसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने डा. गौतमले जानकारी दिनुभयो । नेपालका महिलालाई पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना अर्थात् ६६ दशमलव पाँच प्रतिशतको ज्यान गएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्ष उमेर समूहका महिलामा धेरै हुने गरेको छ ।

‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । त्यही भाइरसविरुद्ध एचपीभी खोप दिन लागिएको हो ।  एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । एचपीभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरिरहेको छ । उज्यालो अनलाइन 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...