pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

FB_IMG_1694143280892-1694143291.jpg

काठमाण्डाै - आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको हो । उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने बताउनुभयो ।  यसअघि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइने भनिए पनि खोप पर्याप्त नभएकाले अहिले १४ पूरा भइ १५ वर्ष ननाघेकालाई दिन लागिएको महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । पर्याप्त मात्रामा खोप आएपछि १० देखि १४ वर्षका सबै किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो । उहाँका अनुसार थप खोप आउन समय लाग्ने भएकाले अहिले १४ वर्ष पुगेका किशोरीहरु छुट्ने जोखिम रहेकाले पहिलो प्राथमिकतामा अहिले उनीहरुलाई दिइएको हो ।

यो खोप कोशी प्रदेशको कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म, मधेस प्रदेशकाे नारायणी अस्पतालमा २९ देखि ३१ गतेसम्म, बाग्मती प्रदेशकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा र कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा २७ देखि ३० गतेसम्म खोप लगाइने छ । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा २७ गतेदेखि २९ गतेसम्म  खोप लगाइने छ ।

यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । यो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपीभी खोप दिइएको थियो ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्ल्यूएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । एचपीभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको उहाँले बताउनुभयो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।

यस्तै, एचपीभी सङ्क्रमण भएपछि अहिलेसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने डा. गौतमले जानकारी दिनुभयो । नेपालका महिलालाई पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना अर्थात् ६६ दशमलव पाँच प्रतिशतको ज्यान गएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्ष उमेर समूहका महिलामा धेरै हुने गरेको छ ।

‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । त्यही भाइरसविरुद्ध एचपीभी खोप दिन लागिएको हो ।  एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । एचपीभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरिरहेको छ । उज्यालो अनलाइन 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg