pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नेपाल र जापान मिलेर कोभिड-१९ को बिरुद्ध लड्न भुमिका खेलौ- स्वास्थ मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । 
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो । 
उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । 
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिनुभयो । 
जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 
उहाँले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसंग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गर्नुभयो । 
उहाँले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा समेत गर्नु भएको छ । 
नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा राख्नुभयो । 
नेपालका लागि जापनीज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 
उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । 
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनःनिर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता  जस्ता कार्यक्रममा सहयोग गरेको छ । 

नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । 
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो । 
उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । 
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिनुभयो । 
जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 
उहाँले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसंग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गर्नुभयो । 
उहाँले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा समेत गर्नु भएको छ । 
नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा राख्नुभयो । 
नेपालका लागि जापनीज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 
उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । 
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनःनिर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता  जस्ता कार्यक्रममा सहयोग गरेको छ

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...