gumba-1715660528.jpg
Saturday, 18 May, 2024
स्वास्थ्य

नेपाल र जापान मिलेर कोभिड-१९ को बिरुद्ध लड्न भुमिका खेलौ- स्वास्थ मन्त्री


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । 
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो । 
उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । 
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिनुभयो । 
जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 
उहाँले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसंग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गर्नुभयो । 
उहाँले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा समेत गर्नु भएको छ । 
नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा राख्नुभयो । 
नेपालका लागि जापनीज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 
उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । 
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनःनिर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता  जस्ता कार्यक्रममा सहयोग गरेको छ । 

नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । 
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो । 
उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । 
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिनुभयो । 
जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 
उहाँले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको लागि आभार व्यक्त गर्दै दुई देश र जनताको पारस्परिक हितमा राजदूतसंग मिलेर काम गर्ने इच्छा समेत व्यक्त गर्नुभयो । 
उहाँले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर बढ्दो सहयोगको अपेक्षा समेत गर्नु भएको छ । 
नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले धारणा राख्नुभयो । 
नेपालका लागि जापनीज राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 
उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । 
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनःनिर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता  जस्ता कार्यक्रममा सहयोग गरेको छ

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...