himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

नेपाल थाहा मजदुर संघ र यसको आवश्यकताः- राजु केसी

FB_IMG_1678022909045-1678022946.jpg

राजु केसी
२१ फाल्गुण, २०७९
नेपाल थाहा मजदुर संघ मजदुरहरुका हरेक समस्याहरुलाई आत्मसाथ गर्दै मजदुरहरुका अनगिन्ति समस्याहरुलाई समाधानको बाटो तर्फ उन्मुख गराउन स्थापना गरिएको एक अभियान हो ।
वर्तमान परिप्रेक्ष्यमा हरेक क्षेत्रमा व्यापक परिवर्तनको खाँचो समयले देखाएको कुरा हामीमाझ प्रष्ट रहेको छ । त्यसै सन्दर्भमा मजदुरवर्गका समस्या समाधान र उनिहरुका जीवनशैलीको सवालमा समेत त्यहि कुरा लागु हुन आवश्यक ठहरिएको छ । मजदुर समृद्ध राष्ट्र निर्माणको आधारशिला हो । मजदुर विना वास्तवमै समृद्ध समाजसंगै राष्ट्र तथा सिंगो संसारनै अधुरो छ । तापनि मजदुरहरुले वर्तमान समयमा पनि विभिन्न उल्झनहरु झेल्दै आईरहेको कुरा तथ्यपरक छन् । त्यसैले मजदुरहरुका आम समस्याहरुलाई निराकरणको दिशा तर्फ अग्रसर गराउन निश्वार्थि तथा अनुभवि र दक्ष नेतृत्वलाई आजको समयले माग गरेको छ । त्यस्तो नेतृत्व जो मजदुरहरुका मर्म तथा भावनासंग निरन्तर स्पर्षित होस्, र त्यो नेतृत्व संघर्षको मुठ्ठिबाट खारिएर दक्ष व्यक्तिहरु बाट मात्रै सम्भव रहेको छ ।
अतः मजदुरहरुका हरेक समस्यालाई निराकरण गर्न तथा समाधान सम्भावनाका डोरहरुलाई पहिल्याउन सोच,खोज,थाहा,प्रयोग, प्रगति, यी पाँच जीवन उपयोगी शुत्र प्रयोग गरि ति समस्याहरुलाई वैज्ञानिक तवरबाट समाधानको बाटो तर्फ उन्मुख गराउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत ती बाटोलाई स्थापित गराउन मुल चुनांैंति रहेको छ । नेपालमा मजदुरसंग संम्बन्धित विभिन्न संघ–संस्था, सम्बन्धित सरोकारवाला विभिन्न निकायहरुले धेरै पहिलेदेखिनै काम तथा अभियानहरु गर्दै आईरहेको कुरा सर्वविदितै छ । तर पनि यी विषयहरुमा हिजो देखि आज सम्मका उपलब्धिहरु हेर्ने हो भने खासै उदाहरणिय देखिन्न ।
जसरी पनि मजदुरहरुका समस्याहरुमा पुग्नुपर्ने सम्मका गहिराईसम्मै नपुगि प्राय मुद्धाहरु टुङुगिरहेको हामीले पाईरहेका छौँ । नेपालको संविधानले मजदुरको हक हित र अधिकारका विषयहरुमा लिपिवद्व गरेका दफा, उपदफाहरु मजदुरको हक हितमानै रहेको छ तर ति कुराहरु लिपिमा मात्रै सिमित रहेको हामीले पाइरहेका छौँ । आज २१ औँ शताब्दिमा समेत राष्ट्र निर्माणका प्रमूख आधारशिला भनिएका मजदुरहरुका समस्याहरु अझै उस्तै रहेका छन् भनिरहँदा खासै विमति नरहला ।
जबसम्म मजदुर तथा किसानहरुका हकहितको प्रत्याभुति हुने खालका परियोजनाहरु, जीवन स्तरमा आमुल परिवर्तन हुने खालका खाकाहरु बनिँदैन तबसम्म हामीले कल्पना गरिरहेको समृद्ध राष्ट्र पनि निर्माण हुन सक्दैन । तसर्थ मजदुरको विषयमा अध्ययन अनुसन्धान गर्ने ठोस निकाय, तालिम तथा चेतना मुलक शिक्षा प्रदान गर्ने अभियान, दक्ष जनशक्ति निर्माण तथा परिचालन गर्ने खालका कार्यहरु तथा मजदुरहरुमा हुने चरम श्रम शोषण प्रति बुलन्द आवाज उठाउनका लागि दहरिलो अभियानको उत्पति हुँदैन तबसम्म रहिआएका र रहिरेका ती तमाम समस्याहरु जीवितै रहन्छन् । तसर्थ मजदुरहरुको आम विषयलाई आत्मसाथ गर्ने एक दहरिलो अभियानको जरुरत देखिएको छ तदअनुरुप सम्पुर्ण मजदुर वर्गलाई संगठित गर्दै मजदुरका आवाजहरुलाई बुलन्द बनाउनु पर्ने आवश्यकता आज वास्तवमै रहेकोले हामीले नेपाल थाहा मजदुर संघको उद्धेश्य रचि अगाडि बढ्ने जमर्को गरेका छौँ । आशा छ हाम्रो उद्धेश्य र कार्यदिशा जस्तै यहाँहरुको साथ र सहाकार्य समेत सकारात्मक नै रहनेछ ।
जय देश, जय विकास

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg