pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

नेपाल थाहा मजदुर संघ र यसको आवश्यकताः- राजु केसी

FB_IMG_1678022909045-1678022946.jpg

राजु केसी
२१ फाल्गुण, २०७९
नेपाल थाहा मजदुर संघ मजदुरहरुका हरेक समस्याहरुलाई आत्मसाथ गर्दै मजदुरहरुका अनगिन्ति समस्याहरुलाई समाधानको बाटो तर्फ उन्मुख गराउन स्थापना गरिएको एक अभियान हो ।
वर्तमान परिप्रेक्ष्यमा हरेक क्षेत्रमा व्यापक परिवर्तनको खाँचो समयले देखाएको कुरा हामीमाझ प्रष्ट रहेको छ । त्यसै सन्दर्भमा मजदुरवर्गका समस्या समाधान र उनिहरुका जीवनशैलीको सवालमा समेत त्यहि कुरा लागु हुन आवश्यक ठहरिएको छ । मजदुर समृद्ध राष्ट्र निर्माणको आधारशिला हो । मजदुर विना वास्तवमै समृद्ध समाजसंगै राष्ट्र तथा सिंगो संसारनै अधुरो छ । तापनि मजदुरहरुले वर्तमान समयमा पनि विभिन्न उल्झनहरु झेल्दै आईरहेको कुरा तथ्यपरक छन् । त्यसैले मजदुरहरुका आम समस्याहरुलाई निराकरणको दिशा तर्फ अग्रसर गराउन निश्वार्थि तथा अनुभवि र दक्ष नेतृत्वलाई आजको समयले माग गरेको छ । त्यस्तो नेतृत्व जो मजदुरहरुका मर्म तथा भावनासंग निरन्तर स्पर्षित होस्, र त्यो नेतृत्व संघर्षको मुठ्ठिबाट खारिएर दक्ष व्यक्तिहरु बाट मात्रै सम्भव रहेको छ ।
अतः मजदुरहरुका हरेक समस्यालाई निराकरण गर्न तथा समाधान सम्भावनाका डोरहरुलाई पहिल्याउन सोच,खोज,थाहा,प्रयोग, प्रगति, यी पाँच जीवन उपयोगी शुत्र प्रयोग गरि ति समस्याहरुलाई वैज्ञानिक तवरबाट समाधानको बाटो तर्फ उन्मुख गराउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत ती बाटोलाई स्थापित गराउन मुल चुनांैंति रहेको छ । नेपालमा मजदुरसंग संम्बन्धित विभिन्न संघ–संस्था, सम्बन्धित सरोकारवाला विभिन्न निकायहरुले धेरै पहिलेदेखिनै काम तथा अभियानहरु गर्दै आईरहेको कुरा सर्वविदितै छ । तर पनि यी विषयहरुमा हिजो देखि आज सम्मका उपलब्धिहरु हेर्ने हो भने खासै उदाहरणिय देखिन्न ।
जसरी पनि मजदुरहरुका समस्याहरुमा पुग्नुपर्ने सम्मका गहिराईसम्मै नपुगि प्राय मुद्धाहरु टुङुगिरहेको हामीले पाईरहेका छौँ । नेपालको संविधानले मजदुरको हक हित र अधिकारका विषयहरुमा लिपिवद्व गरेका दफा, उपदफाहरु मजदुरको हक हितमानै रहेको छ तर ति कुराहरु लिपिमा मात्रै सिमित रहेको हामीले पाइरहेका छौँ । आज २१ औँ शताब्दिमा समेत राष्ट्र निर्माणका प्रमूख आधारशिला भनिएका मजदुरहरुका समस्याहरु अझै उस्तै रहेका छन् भनिरहँदा खासै विमति नरहला ।
जबसम्म मजदुर तथा किसानहरुका हकहितको प्रत्याभुति हुने खालका परियोजनाहरु, जीवन स्तरमा आमुल परिवर्तन हुने खालका खाकाहरु बनिँदैन तबसम्म हामीले कल्पना गरिरहेको समृद्ध राष्ट्र पनि निर्माण हुन सक्दैन । तसर्थ मजदुरको विषयमा अध्ययन अनुसन्धान गर्ने ठोस निकाय, तालिम तथा चेतना मुलक शिक्षा प्रदान गर्ने अभियान, दक्ष जनशक्ति निर्माण तथा परिचालन गर्ने खालका कार्यहरु तथा मजदुरहरुमा हुने चरम श्रम शोषण प्रति बुलन्द आवाज उठाउनका लागि दहरिलो अभियानको उत्पति हुँदैन तबसम्म रहिआएका र रहिरेका ती तमाम समस्याहरु जीवितै रहन्छन् । तसर्थ मजदुरहरुको आम विषयलाई आत्मसाथ गर्ने एक दहरिलो अभियानको जरुरत देखिएको छ तदअनुरुप सम्पुर्ण मजदुर वर्गलाई संगठित गर्दै मजदुरका आवाजहरुलाई बुलन्द बनाउनु पर्ने आवश्यकता आज वास्तवमै रहेकोले हामीले नेपाल थाहा मजदुर संघको उद्धेश्य रचि अगाडि बढ्ने जमर्को गरेका छौँ । आशा छ हाम्रो उद्धेश्य र कार्यदिशा जस्तै यहाँहरुको साथ र सहाकार्य समेत सकारात्मक नै रहनेछ ।
जय देश, जय विकास

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg