pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप : सिधै लगिनेछ टेकु

F903E50B-3877-4195-B87F00-1611211307.jpg

 भारतले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप आज ९बिहीवार० ११स् ५८ बजे नेपालमा ल्याण्ड भएको छ ।

हिजो ९बुधवार० स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पत्रकार सम्मेलन गरी जानकारी गराएबमोजिम एअर इण्डियाको एअरबस ब्घद्दज्ञ(द्दज्ञज्ञ कल साईनको विमानमार्फत् १० लाख डोज भ्याक्सिन केहीबेर अघि नेपाल आइपुगेको हो ।

आज ९बिहीवार० बिहान ९स् १८ बजे एक ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिएका थिए ।

क्ष्mबनभ

एयर इन्डियाबाट नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने मन्त्रालय स्रोतले बतायो ।

भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको विमानस्थल स्रोतले जनाएको छ ।

सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । भारतीय राजदूत क्वात्राले कोभिड १९ को महामारीबाट कुनै एक राष्ट्रमात्र नभएर विश्व नै जुधिरहेका बेला नेपाल देशबाहिरबाट खोप पाउने पहिलो राष्ट्र रहेको बताए । प्रतिव्यक्ति दुई डोज दिने हुनाले पहिलो चरणमा पाँच लाखजतिले मात्र खोप पाउने स्थिति रहेको छ ।

सबैभन्दा पहिला कसलाई दिइन्छ रु 
१० लाख डोज कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको भ्याक्सिन पहिलो लटमा कसलाई दिइन्छ भनेरे धेरले प्रश्न गरेका छन् ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यस प्रश्नको जवाफ दिँदै भने पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ।

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्  स् 
१। सरसफाइकर्मी
२। स्वास्थ्यकर्मी ९स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।०
३। एम्बुलेन्स चालक
४। शव व्यवस्थापनमा खटिएकाहरु
५।  सुरक्षाकर्मी
६। जोखिममा रहेकाहरुलाई पहिलो चरणमा खोप दिइन्छ ।

मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडि बढाउने समेत उनले बताए। कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ। उनले थपे, ‘बाँकी रहेमा कोभिड १९ सँग संघर्ष गरेका अन्य योद्धाहरुलाई दिइनेछ । क्रमश सबैमा पहुँच पुर्‍याउनेछौँ ।’

५ दिनभित्र सबै जिल्लामा खोप, स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने

सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना पनि बनाएको छ । खोप लगाउने दिन भने तय हुन सकेको छैन । कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार नभएको बुझिएको छ ।

नेपाल आउने कोभिसिल्ड खोप कस्ता व्यक्तिले नलगाउने रु

नेपालमा पहिलो पटक आज बिहिवार आएको कोभिसिल्ड खोप कसले नलगाउने भन्ने प्रश्न पनि धेरैसँग छ । किनकी कोभिडविरुद्धको खोपको ‘साइड इफेक्ट’ देखिएका घटना पनि बाहिरिएका छन् । कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतमा खोप लगाएका केही मानिसमा नकारात्मक असर देखिएका कारण केही खास अवस्थामा खोप नलगाउन आग्रह गरेको छ । नयाँ दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ४ हजार ३ सय १९ जना मध्ये ५२ जनामा ‘साइड इफेक्ट’ देखिएको थियो।

एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन कम्पनीले सुझाव दिएको छ।

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिला तथा कोरोनाको अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले जारी गरेको फ्याक्ट सीटमा अनुरोध गरिएको छ ।

खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सूचित गरेको छ ।

यस्तो छ नेपालको कोरोना अपडेट स्

नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख २६ हजार ७२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ ।

 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...