Saturday, 04 May, 2024
स्वास्थ्य

निशुल्क महिला स्वास्थ्य शिविरमा ३३७ महिलाले स्वास्थ्य चेकजाँच गराए,१९ महिलामा पाठेघरको मुखको क्यान्सर सम्भावना ।

IMG_20220308_114726_246-1646821243.jpg

११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा पालुङ बहुउद्देश्यीय सहकारी सस्था र विङ्ग युथको आयोजनामा थाहा नगरमा संचालित दुई दिने निशुल्क महिला स्वास्थ्य शिविर ,छाला रोग सम्बन्धि उपचार तथा पाठेघरको मुखको क्यानसर चेकजाँच कार्यक्रम समापन भएको छ।
दुइदिन सम्म चलेको शिविरमा खटिने स्वास्थ्यकर्मी हरुलाइ बिदाई गर्दै विङ्ग युथ र पालुङ बहुउद्देश्यीयले स्वास्थ्यकर्मी टोलिलाइ सम्मानपत्र सहित बिदाइ गरियको छ।
शिविरमा ३३७ जना महिलाहरु ले पाठेघर तथा १०६ जना महिलाहरुले छाला रोगको स्वास्थ्य चेकजाँच गरायको आयोजक विङ्ग युथका अध्यक्ष वसन्त कार्कीले थाहापाटिलाइ जानकारी दुनुभयो।
शिविरमा स्वास्थ्य चेकजाँच गर्ने स्त्री रोग विशेषज्ञ डा रुपा पनेरुका अनुसार धेरै महिलामा योनिको मुखको घाउ देखियको बताउदै योनिमा संक्रमण धेरैको देखियको ले उपचारको सल्लाह र औसधि खान सल्लाह दियको बताउनु भयो डा पनेरुका अनुसार चेकजाँच गर्ने महिलाहरु मध्य योनि को मुखको घाउ ११६ जनामा ,डिम्बासय ट्युमर १० जना महिलामा,पाठेघरमा ट्युमर ४६ जनामा ,निशन्तान को समस्या १० जना महिलामा,योनिको मुखमा ट्युमर ६ जनामा योनि भित्र ट्युमर ३ जनामा तथा उमेर ढल्के संगै योनिमा सक्रमण ३५ जनामा ९५ जना महिलामा सामान्य स्त्रीरोग समस्या तथा १९ जनामा दुरबिन बाट चेकजाँच गर्दा पाठेघर को क्यान्सर हुनसक्ने जटिलता र सम्भावना देखियको बताउदै उनिहरुलाइ निगरानिमा राखियको र उपचारका लागि भनियको बताउनुभयो।तेसैगरी छालारोग विशेषज्ञ डा पारस श्रेष्ठका अनुसार १०६ जना महिलाको छाला चेकजाँच गर्दा महिलाहरूमा चाया पोतो,सोरियासिस,सुख्खा पन,घामको एलर्जी तथा बोसोको पोका जस्ता समस्या देखियको बताउनुभयो।समस्या रहेका बिरामी महिलाहरुलाइ आबश्यक उपचारको लागि परामर्श तथा औसधि प्रयोग गर्न अनुरोध गरियको र जटिल उपचारका लागि सम्बन्धित स्वास्थ्य सस्थामा सम्पर्क राखी उपचार गर्न सल्लाह दिइएको स्त्रीरोग विशेषज्ञ डा रुपा पनेरुले बताउनुभयो।
शिविर समापन पछि महिलाहरुको लागि यस्ता खालका स्वास्थ्य शिविर हरु बेला बेलामा संचालन गरिरहने बताउदै ,सास्थ्य ,शिक्षा जस्ता कार्यक्रम हरु पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले गरिरहने बताउदै शिविर संचालन गर्न सहयोग गर्ने सम्पुर्ण टिमलाइ सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्टले धन्यबाद ब्यक्त गर्नुभयो।तेस्तै विङ्ग युथका अध्यक्ष वसन्त कार्किले आफ्नो सस्थाले बहुउद्देश्यीय सङ सहकार्य गरेर अन्य रोगको पनि शिविर थाहा नगरमा छिटो लेराउने बताउदै सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्नुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220309_152001_372-1646821243.jpg
IMG_20220309_150420_543-1646821324.jpg
IMG_20220309_150402_436-1646821325.jpg

world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...