himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

निशुल्क महिला स्वास्थ्य शिविरमा ३३७ महिलाले स्वास्थ्य चेकजाँच गराए,१९ महिलामा पाठेघरको मुखको क्यान्सर सम्भावना ।

IMG_20220308_114726_246-1646821243.jpg

११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा पालुङ बहुउद्देश्यीय सहकारी सस्था र विङ्ग युथको आयोजनामा थाहा नगरमा संचालित दुई दिने निशुल्क महिला स्वास्थ्य शिविर ,छाला रोग सम्बन्धि उपचार तथा पाठेघरको मुखको क्यानसर चेकजाँच कार्यक्रम समापन भएको छ।
दुइदिन सम्म चलेको शिविरमा खटिने स्वास्थ्यकर्मी हरुलाइ बिदाई गर्दै विङ्ग युथ र पालुङ बहुउद्देश्यीयले स्वास्थ्यकर्मी टोलिलाइ सम्मानपत्र सहित बिदाइ गरियको छ।
शिविरमा ३३७ जना महिलाहरु ले पाठेघर तथा १०६ जना महिलाहरुले छाला रोगको स्वास्थ्य चेकजाँच गरायको आयोजक विङ्ग युथका अध्यक्ष वसन्त कार्कीले थाहापाटिलाइ जानकारी दुनुभयो।
शिविरमा स्वास्थ्य चेकजाँच गर्ने स्त्री रोग विशेषज्ञ डा रुपा पनेरुका अनुसार धेरै महिलामा योनिको मुखको घाउ देखियको बताउदै योनिमा संक्रमण धेरैको देखियको ले उपचारको सल्लाह र औसधि खान सल्लाह दियको बताउनु भयो डा पनेरुका अनुसार चेकजाँच गर्ने महिलाहरु मध्य योनि को मुखको घाउ ११६ जनामा ,डिम्बासय ट्युमर १० जना महिलामा,पाठेघरमा ट्युमर ४६ जनामा ,निशन्तान को समस्या १० जना महिलामा,योनिको मुखमा ट्युमर ६ जनामा योनि भित्र ट्युमर ३ जनामा तथा उमेर ढल्के संगै योनिमा सक्रमण ३५ जनामा ९५ जना महिलामा सामान्य स्त्रीरोग समस्या तथा १९ जनामा दुरबिन बाट चेकजाँच गर्दा पाठेघर को क्यान्सर हुनसक्ने जटिलता र सम्भावना देखियको बताउदै उनिहरुलाइ निगरानिमा राखियको र उपचारका लागि भनियको बताउनुभयो।तेसैगरी छालारोग विशेषज्ञ डा पारस श्रेष्ठका अनुसार १०६ जना महिलाको छाला चेकजाँच गर्दा महिलाहरूमा चाया पोतो,सोरियासिस,सुख्खा पन,घामको एलर्जी तथा बोसोको पोका जस्ता समस्या देखियको बताउनुभयो।समस्या रहेका बिरामी महिलाहरुलाइ आबश्यक उपचारको लागि परामर्श तथा औसधि प्रयोग गर्न अनुरोध गरियको र जटिल उपचारका लागि सम्बन्धित स्वास्थ्य सस्थामा सम्पर्क राखी उपचार गर्न सल्लाह दिइएको स्त्रीरोग विशेषज्ञ डा रुपा पनेरुले बताउनुभयो।
शिविर समापन पछि महिलाहरुको लागि यस्ता खालका स्वास्थ्य शिविर हरु बेला बेलामा संचालन गरिरहने बताउदै ,सास्थ्य ,शिक्षा जस्ता कार्यक्रम हरु पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले गरिरहने बताउदै शिविर संचालन गर्न सहयोग गर्ने सम्पुर्ण टिमलाइ सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्टले धन्यबाद ब्यक्त गर्नुभयो।तेस्तै विङ्ग युथका अध्यक्ष वसन्त कार्किले आफ्नो सस्थाले बहुउद्देश्यीय सङ सहकार्य गरेर अन्य रोगको पनि शिविर थाहा नगरमा छिटो लेराउने बताउदै सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्नुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220309_152001_372-1646821243.jpg
IMG_20220309_150420_543-1646821324.jpg
IMG_20220309_150402_436-1646821325.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg