Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरबाट टिष्टुङका ३६० जना महिलाहरु लाभान्वित

FB_IMG_1685977718500-1685977734.jpg

वीङ युथ, थाहा नगरपालिकाको कार्यालय र थाहा नगरपालिका वडा नं. ११ र १२ को सयुक्त आयोजनामा जेठ २२ गते थाहा ११ र १२ का महिलाहरुलाई लक्षित गरी संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३६० जना महिलाहरु लाभान्वित भएका छन । 

स्वास्थ्य शिविरमा ३४० जना महिलाहरुको निःशुल्क भिडियो एक्सरे र ९७ जनाको पाठे घरको मुखको क्यान्सर जाँच गरेको वीङ युथको कार्यक्रम संयोजन आशिका बस्न्यातले बताए । सो शिविरमा ९ जना महिलाहरुको पाठेघर खस्ने समस्या देखिएको हुँदा रिङ पेसरी राखी उपचार गरेको र २ जना महिलाको पूर्ण रुपमा पाठेघर खसेको हुँदा काठमाडौं पठाइएको डा. पवन कार्कीले जानकारी दिए । शिविरमा ३० देखि ५० वर्षका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर जाँच गरिएको कार्कीले बताए ।

सो शिविरमा बरिष्ट स्त्री रोग विशेषज्ञ डा. विना श्रेष्ठ, बरिष्ट रेडियोलोजिष्ट डा. अनुज बज्राचार्य, डा. गगन कार्की, डा. पवन कार्की, रजिष्टर नर्स जस्मिन गुरुङ, रजिष्टर नर्स सस्मिता राई, रजिष्टर नर्स सुजता गुरुङ, अनुसा लामा, फार्मेसिस्ट सुमन खड्का, नर्सिङ स्वय्सेवक आशिका के.सी., गरिमा बस्नेत लगायतको स्वास्थ्यकर्मीहरुले सहभागिता रहेको थियो । 

यस अघि पनि वीङ युथ र थाहा नगरपालिकाको आयोजनामा थाहा ७ र ८ का महिलाहरुलाई लक्षित गर्दै निःशुल्क शिविर भएको थियो । थाहा नगरपालिका महिलाहरुलाई पाठेघरको क्यान्सर सम्वन्धी समस्यालाई निराकरण गर्ने उद्देश्यले शिविरलाई निरन्तरता दिदै आइरहेको र आउँदा दिनहरुमा अन्य वडाहरुमा शिविर संचालन गर्दै जाने वीङ युथको संयोजक बस्न्यातले जानकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...