Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

निःशुल्क शिविरबाट दुई सय त्रीचालीस बाथरोगीहरु लाभान्वित

CamScanner-०४-१६-1681607945.jpg

उत्तरी मकवानपुरको थाहानगरस्थित ओखरबजारमा निशुल्क बाथरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ओखरबजार मकवानपुर र नेशनल बाथरोग सेन्टर काठमाडौंको संयुक्त आयोजनामा बैशाख २ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरबाट दुई सय त्रिचालिस बाथरोगवाट पीडित विमारीहरु लाभान्वित भएका छन् ।
शिविरमा नेशनल बाथरोग सेन्टरका विशेषज्ञ डा. बिनित बैद्य, डा. सुधिर कर्माचार्य र डा. विवेक के.सी.ले सहभागी विरामीहरुलाई बाथरोगको लक्षण र बच्ने उपाय सम्वन्धी भिडियोग्राफीको माध्यमबाट सहजीकरण गरेका थिए । 
बाथरोगको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी भएकोले जति सक्दो चाँडो उपचार सुरु गरियो त्यति नै छिटो जोर्नी बचाउन सकिने डा. बिनित बैद्यले जानकारी दिए । बाथको उपचार लक्षण सुरु भएको तीन महिनाबाट एक वर्षभित्र उपचार गरिएमा यसबाट नाकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने उनले बताए । 
शिविरमा विरामीहरुलाई निःशुल्क औषधि र ल्यावको समेत सुविधा दिएको सहकारीका अध्यक्ष अञ्जल प्रधानले जानकारी दिए  । पछिल्लो समय थाहा नगरमा बाथरोगमा विरामीहरु बढ्दो रुपमा देखिएकोेले सोका लागि निःशुल्क शिविर सञ्चालन गरेको उनले बताए । भविष्यमा समेत सहकारीले यस्ता प्रत्येक्ष जनहित हुने र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रधानले बताए । 
शिविरमा विशेषज्ञ डा. विनित बैद्य, डा. सुधिर कर्माचार्य, डा. विवेक के.सी. डा. पवन कार्की लगायतले सेवा प्रदान गरेको कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । 
शिविरको समापन कार्यक्रम नेशनल बाथरोग सेन्टर काठमाडौ, विशेषज्ञ डाक्टर तथा प्राविधिकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...