pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नयाँ भाइरस फेला पर्‍याे 'विश्वव्यापी महामारीकाे रुप लिन सक्ने' चिन्ता

new_virus_from_pig_TwCyRX-1593515194.jpg

 

unn.prixa.net

काठमाण्डाै – चीनमा वैज्ञानिकहरुले महामारीको रुप लिन सक्ने नयाँ भाइरसको पहिचान गरेका छन् । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । 

यो फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सहजै सर्न सक्ने र महामारीको रुप लिन सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित बनेका छन् । 

मानिसमा सङ्क्रमण सर्न सक्ने सबै लक्षण यो भाइरसमा रहेको उनीहरुले बताएका छन् । यही कारण यो भाइरसप्रति सजग हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

यो नयाँ भाइरस भएकोले यसप्रति मानिसको रोग प्रतिरोधक क्षमता नहुने र अत्यन्तै कम मात्रामा हुने बताइएको छ ।

अहिले विश्व नै कोरोना महामारी समाप्त गर्ने अभियानमा लागिरहँदा शीर्ष रोज विशेषज्ञ इन्फ्लुएन्जाको नयाँ र खतरनाक फ्लु भाइरसलाई लिएर सचेत भएका छन् । 

सन् २००९ मा फैलिएको स्वाइन फ्लु महामारी मानिसहरुले सोचेकोजस्तो त्यति खतरनाक थिएन, किनकि त्यो भाइरस त्यसअघि आएका भाइरसजस्तै थिए । यही कारण मानिसहरुले त्यो भाइरससँग सङ्घर्ष गर्न क्षमता राखेका थिए ।

त्यो भाइरसको नाम A/H1N1pdm09 थियो र यसको खोप वार्षिक रुपमा दिइँदै आइएको छ । 

चीनमा अहिले जुन भाइरसको पहिचान गरिएको छ, त्यो सन् २००९ को स्वाइन फ्लुजस्तै छ तर केही नयाँ परिवर्तित रुपमा देखिएको छ । 

अहिलेसम्म यो भाइरसबाट कुनै खतरा उत्पन्न नभएको तर प्रोफेसर किन–चाओ चेङ्ग र उनका साथी यो भाइरसलाई नजरअन्दाज गर्न नसकिने बताउँछन् । 

G4 EA H1N1 नामको यो भाइरस मानिसको श्वासनलीमा फस्टाउने आफ्नो सङ्ख्या बढाउन सक्ने वैज्ञानिकहरु मान्छन् ।   

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...