pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नगर स्तरीय नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न ।

swasthy2-1693401984-1693402193.jpg

पाँच बर्ष भन्दा मुनिका बालबालिकाहरुमा देखापर्ने मुख्य स्वास्थ्य समस्या वा रोगहरुको एकीकृत रूपमा मुल्यांकन र वर्गीकरण गरि त्यसैको आधारमा उक्त समस्या वा रोगको उपचार तथा व्यवस्थापन  गर्न थाहा नगरपालिकामा संचालित नगर स्तरीय नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन IMNCI कार्यक्रमको वार्षिक समिक्षा थाहा नगरमा सम्पन्न भएको छ।


थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कार्यक्रमको उद्देश्य अनुरुप पाँच बर्ष मुनिका बालबालिकाकामा देखिने रोगको उपचार तथा पहिचान गरि त्यसबाट हुने बाल मृत्यु दर घटाउनु रहेकाले सुरक्षित तवरले सुत्केरी र नवजात शिशुहरुको अत्यावश्यक स्याहारमा बिशेष महत्व दिन स्वास्थ्यकर्मी लाई अनुरोध गरे।
थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरपालिकामा यस कार्यक्रम लागू भएसंगै थाहा नगरपालिकामा बालबालिकामा निमोनिया र झाडापखालाको दरमा सुधार  आएको बताउदै १२ वटै वडाहरुको मुल्यांकनको आधारमा थाहा नगरपालिका भित्र नवशिशु स्याहारमा सुधार भएको र बालरोग व्यवस्थापन कार्यक्रम प्रभावकारी भएको बताएका थिय।
कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की ,कार्यक्रम संयोजक प्रदिम्न हमाल,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी लगायत नगर भित्र कार्यरत स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...