Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

धन्यवाद थाहा नगरपालिकालाई, बधाई हामी नगरबासीलाई !

sanobhai-sir-1599308377.jpg

कोविड १९ ले अहिले विश्व आक्रान्त छ । अहिलेसम्म विश्व तथ्याङ्कमा पौने ३ करोड मानिस कोरोनाबाट संक्रमित भएको र हाराहारी पाउने दुई करोड भन्दा माथिका संक्रमितहरु उपचार पछि घर फर्केको खबर छ । यद्यपि साढे आठ लाख मानिसले ज्यान गुमाएको दुःखद समाचार पनि छ । विश्व सन्त्रासायुक्त छ ।यो महामारी हो ।दरविलो तरिकाले वकालत भइरहेको छ । अर्को तर्फ रोग गैलेको छ तर संक्रमण र मृत्यु हुनेको अनुपात नियाल्दा यो संक्रमण हो तर महामारी होइन । किनभने पहिलो कुरा ठूलो संख्यामा जसरी रोग फैलिएको छ ,भ्याक्सिन अहिलेसम्म पत्ता लागेको छैन तर फैलावटको अनुपातमा मृत्यु दर न्यून छ । दोश्रो बिना औषधि निको हुनेको संख्या उच्च छ । बिना औषधी निको हुनु संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता नैं हो । यसरी विश्लेषण गर्दा यो गम्भीर बहसको विषय बनेको छ । तर विश्वको बन्दा बन्दीले आर्थिक ,सामाजिक ,सांस्कृतिक र शैक्षिक क्रियाकलापहरू नराम्ररी प्रभावित बनेका छन् । । यसले सिश्वको जनजीवनलाई दीर्घकालीन असर पार्ने कुरामा एकमत रहेको पाइन्छ ।

 यस सन्दर्भले नेपाल पनि अछुतो रहने कुरा भएन । २०७६ चैत्र ११ गतेदेखि  लक डाउन  खेपेको नेपालमा अहिलेसम्म आइपुग्दा आधालाख भन्दा माथी संक्रमित भएका छन् भने हाराहारी  ५५ प्रतिशत निको भएका छन् र २ सय ८० जना मानिसले जीवन गुमाएका छन् । एकाथरीको तर्क छ जति बढी हुनु पर्ने हो मात्रात्मक रुपमा काम छ ,अर्काथरीको तर्क छ अब झन्झन् भयावह बन्दै छ ।
 यही समस्यालाई दृष्टिगत गरी थाहा नगरपालिकाले अपनाएको उच्च सतर्कतामा समुदायमा संक्रमित नहुनु खुशीको कुरा हो । रोगको प्रारम्भदेखि नै बाहिरबाट आउने नव आगन्तुकलाई बढी केयर गर्नु ,समय मैं क्वारेन्टाइन को प्रबन्ध व्यवस्थित गर्नु ,स्वास्थ्यकर्मीहरुलाई उचित समयमा परिचालन गर्नु लगायत सावधानी र उच्च सतर्कता नतिजा नै यसको परिणाम हो । अझै महत्वपूर्ण पक्ष त थाहा नगर पालिकाका सक्रियतामा आफ्नो १२ वटा नै वडामा जनसम्पर्क बढी हुने ,आवागमनमा सक्रिय रहने प्रकृतिका नागरिकहरुलाई छनौट गरी स्वाव परीक्षण गर्नुलाई सराहनीय मान्नु पर्दछ । यसो गर्दापनि झनै खुशीको कुरा समुदायका परीक्षण गरिएका सबै नागरिकहरूमा कोरोना  नेगेटिभ नतिजा आएको छ । यसबाट यो प्रमाणित भएको छ कि थाहा नगर पालिका अहिले सम्म सुरक्षित छ । यसो गर्न सहयोग पुराउने राजनेता ,समाजसेवी ,स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी लगायत सबै नागरिकहरू बढाईका पात्र छन् ।

यसबाट अब यहाका सबै पक्षले ध्यान दिनु पर्ने दायित्व र कर्तव्य यो रहेको छ कि :

  • उच्च सतर्कतामा ध्यान दिने । यसका लागि थाहानगरपालिका प्रवेशद्वार हरुमा चेकजाँच मा विशेष ध्यान दिने । नयावस्ती वा संक्रमित क्षेत्रबाट आउने नागरिकहरुलाई स्वाब परीक्षण गराउने र नतिजा न आएसम्म अवारेन्तिनमा राख्ने व्यवस्था मिलाउने ।
  • यसका द्धारहरुमा हेटौडाबाट थाहा नगर प्रवेश सिमभञ्ज्याङ ,काठमाण्डौबाट प्रवेश द्वार दामेचौर,चित्लाङ र मार्खु हुन सक्छ ।यसको प्रबंध नगरपालिकाले गर्ने ।
  • पैदल यात्रीहरूको आवागमनलाई हेरचाह गर्न वडाध्यक्षको नेतृत्वमा सामाजिक अगुवाहरूलाई सचेत र क्रियाशील राख्ने प्रबन्ध गर्ने ।
  • विद्यालयहरुमा संचालन गरिएका क्वारेन्टाईन बन्द गर्ने 
  • वडामा रहेको सामुदायीक भवनहरुलाई आवश्यकता अनुसार आइसोलेसन भावनाको लागि तयारी अवस्थामा राख्ने ।
  • नगर भित्रका सबै क्रियाकलापहरुलाई सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने 
  •  मूलतः शैक्षिक संस्थाहरूलाई स्थानीय ऐन अनुरूप कक्षा १२ सम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रयोग गरी सञ्चालन गर्ने ।

यसबाट प्राप्त हुने परिणाम के? 

  • सबै पक्षको दायित्व बोध हुन्छ ।
  • रोगाप्रतिको भय क्रमशः कम हुँदै जान्छ ।
  • आर्थिक ,शैक्षिक र अन्य गतिविधिहरूलाई गति प्राप्त हुन्छ ।
  • स्थानीय सरकारको संकटमा बन्द र सामान्य अवस्थामा सञ्चालन गर्न सक्ने जनउत्तरदायी कर्तव्य बोध हुन्छ ।
  • शक्ती विकेन्द्रिकरणको वास्तविकता सबैमा बोध हुन्छ ।

सानो भाइ कार्की
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg