pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

धन्यवाद थाहा नगरपालिकालाई, बधाई हामी नगरबासीलाई !

sanobhai-sir-1599308377.jpg

कोविड १९ ले अहिले विश्व आक्रान्त छ । अहिलेसम्म विश्व तथ्याङ्कमा पौने ३ करोड मानिस कोरोनाबाट संक्रमित भएको र हाराहारी पाउने दुई करोड भन्दा माथिका संक्रमितहरु उपचार पछि घर फर्केको खबर छ । यद्यपि साढे आठ लाख मानिसले ज्यान गुमाएको दुःखद समाचार पनि छ । विश्व सन्त्रासायुक्त छ ।यो महामारी हो ।दरविलो तरिकाले वकालत भइरहेको छ । अर्को तर्फ रोग गैलेको छ तर संक्रमण र मृत्यु हुनेको अनुपात नियाल्दा यो संक्रमण हो तर महामारी होइन । किनभने पहिलो कुरा ठूलो संख्यामा जसरी रोग फैलिएको छ ,भ्याक्सिन अहिलेसम्म पत्ता लागेको छैन तर फैलावटको अनुपातमा मृत्यु दर न्यून छ । दोश्रो बिना औषधि निको हुनेको संख्या उच्च छ । बिना औषधी निको हुनु संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता नैं हो । यसरी विश्लेषण गर्दा यो गम्भीर बहसको विषय बनेको छ । तर विश्वको बन्दा बन्दीले आर्थिक ,सामाजिक ,सांस्कृतिक र शैक्षिक क्रियाकलापहरू नराम्ररी प्रभावित बनेका छन् । । यसले सिश्वको जनजीवनलाई दीर्घकालीन असर पार्ने कुरामा एकमत रहेको पाइन्छ ।

 यस सन्दर्भले नेपाल पनि अछुतो रहने कुरा भएन । २०७६ चैत्र ११ गतेदेखि  लक डाउन  खेपेको नेपालमा अहिलेसम्म आइपुग्दा आधालाख भन्दा माथी संक्रमित भएका छन् भने हाराहारी  ५५ प्रतिशत निको भएका छन् र २ सय ८० जना मानिसले जीवन गुमाएका छन् । एकाथरीको तर्क छ जति बढी हुनु पर्ने हो मात्रात्मक रुपमा काम छ ,अर्काथरीको तर्क छ अब झन्झन् भयावह बन्दै छ ।
 यही समस्यालाई दृष्टिगत गरी थाहा नगरपालिकाले अपनाएको उच्च सतर्कतामा समुदायमा संक्रमित नहुनु खुशीको कुरा हो । रोगको प्रारम्भदेखि नै बाहिरबाट आउने नव आगन्तुकलाई बढी केयर गर्नु ,समय मैं क्वारेन्टाइन को प्रबन्ध व्यवस्थित गर्नु ,स्वास्थ्यकर्मीहरुलाई उचित समयमा परिचालन गर्नु लगायत सावधानी र उच्च सतर्कता नतिजा नै यसको परिणाम हो । अझै महत्वपूर्ण पक्ष त थाहा नगर पालिकाका सक्रियतामा आफ्नो १२ वटा नै वडामा जनसम्पर्क बढी हुने ,आवागमनमा सक्रिय रहने प्रकृतिका नागरिकहरुलाई छनौट गरी स्वाव परीक्षण गर्नुलाई सराहनीय मान्नु पर्दछ । यसो गर्दापनि झनै खुशीको कुरा समुदायका परीक्षण गरिएका सबै नागरिकहरूमा कोरोना  नेगेटिभ नतिजा आएको छ । यसबाट यो प्रमाणित भएको छ कि थाहा नगर पालिका अहिले सम्म सुरक्षित छ । यसो गर्न सहयोग पुराउने राजनेता ,समाजसेवी ,स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी लगायत सबै नागरिकहरू बढाईका पात्र छन् ।

यसबाट अब यहाका सबै पक्षले ध्यान दिनु पर्ने दायित्व र कर्तव्य यो रहेको छ कि :

  • उच्च सतर्कतामा ध्यान दिने । यसका लागि थाहानगरपालिका प्रवेशद्वार हरुमा चेकजाँच मा विशेष ध्यान दिने । नयावस्ती वा संक्रमित क्षेत्रबाट आउने नागरिकहरुलाई स्वाब परीक्षण गराउने र नतिजा न आएसम्म अवारेन्तिनमा राख्ने व्यवस्था मिलाउने ।
  • यसका द्धारहरुमा हेटौडाबाट थाहा नगर प्रवेश सिमभञ्ज्याङ ,काठमाण्डौबाट प्रवेश द्वार दामेचौर,चित्लाङ र मार्खु हुन सक्छ ।यसको प्रबंध नगरपालिकाले गर्ने ।
  • पैदल यात्रीहरूको आवागमनलाई हेरचाह गर्न वडाध्यक्षको नेतृत्वमा सामाजिक अगुवाहरूलाई सचेत र क्रियाशील राख्ने प्रबन्ध गर्ने ।
  • विद्यालयहरुमा संचालन गरिएका क्वारेन्टाईन बन्द गर्ने 
  • वडामा रहेको सामुदायीक भवनहरुलाई आवश्यकता अनुसार आइसोलेसन भावनाको लागि तयारी अवस्थामा राख्ने ।
  • नगर भित्रका सबै क्रियाकलापहरुलाई सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने 
  •  मूलतः शैक्षिक संस्थाहरूलाई स्थानीय ऐन अनुरूप कक्षा १२ सम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रयोग गरी सञ्चालन गर्ने ।

यसबाट प्राप्त हुने परिणाम के? 

  • सबै पक्षको दायित्व बोध हुन्छ ।
  • रोगाप्रतिको भय क्रमशः कम हुँदै जान्छ ।
  • आर्थिक ,शैक्षिक र अन्य गतिविधिहरूलाई गति प्राप्त हुन्छ ।
  • स्थानीय सरकारको संकटमा बन्द र सामान्य अवस्थामा सञ्चालन गर्न सक्ने जनउत्तरदायी कर्तव्य बोध हुन्छ ।
  • शक्ती विकेन्द्रिकरणको वास्तविकता सबैमा बोध हुन्छ ।

सानो भाइ कार्की
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg