Thursday, 09 May, 2024
मनाेरञ्जन

द भ्वाइस किड्सको उपाधी मकवानपुरे जेनिस उप्रेतिलाइ ।

1642296827390-1642297120.jpg

सुमधुर स्वरका धनी जेनिश उप्रेती ले नेपालको पहिलो द भ्वाईस अफ किड्सको उपाधी उचालेका छन ।  हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनलमा जेनिशले द भ्वाईस अफ किड्सको उपाधी जित्न सफल हुनुभएको हो ।  सिजन वानमा शुरु देखि नै दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती नेपालको पहिलो भ्वाईस अफ किड्स बन्न सफल हुनुभएको हो । जेनिशले द भ्वाईस अफ किड्सको ट्रफी सङ्गै नगद १५ लाख र अन्य धेरै नगद विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहनु भएका जेनिशले उपाधी चुम्न सफल हुनुभएको हो । दर्शकले गरेको भोटको आधारमा जेनिश गत शाता उत्कृट ८ मा पर्नुभएको थियो ।  द भ्वाईस अफ किड्सको उपाधी जितेपछि  जेनिशले दर्शक र निर्णायकलाई आभार व्यक्त गर्नुभएको छ ।  को हुन् जेनिस ? जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उहाँको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा हुनुहुन्छ । चार बषकै उमेरमा गीत गाउन शुरु गर्नुभएको जेनिस अहिले ११ बर्षको हुनुभयो । जेनिशका बुबाु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आउनुभएको छ । उहाँ अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।  जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गर्नुभएको थियो । द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा परिचीत हुनुहुन्थ्यो । उहाँले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काउनु भएको थियो । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गनुभएको थियो ।  जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाउनु भएको थियो । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको .....यो कुरा गोप्य नैं राखौंला .... बोलको गित गाउनु भएको थियो भने सेमिफाईनल राउण्डमा जेनिशले आनन्द कार्कीले गाउनु भएको जनम जनम ज्युउला संगैं .... बोलको गित गाउनुभएको थियो । फाईनल राउन्डमा भने जेनिशले नारायण गोपालको गल्ती हजार हुन्छन् .... बोलको गित गाएर लाखौ दर्शकको मन जित्नुभएको थियो । हेटौडामा जन्मेको दुई बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर जानु भएको थियो । त्यसपछि जेनिशको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा जेनिशले संगीतको कक्षा पनि लिनुभएको थियो । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । जेनिशको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो ।  थाहा नेपाल डट कम 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...