pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

दुर्घटनापछिको पीडामा मलम होइन, नारायणी संघको नाका बन्दीले थप पीडामा थाहा नगर

1748573657254-1748574529.jpg

थाहा नगरपालिका, जेठ १४ — जेठ १२ गते थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथको दोबाटो थानाबजार सडक खण्डमा पालुङ भ्याली हार्ट स्कुल नजिकै भएको भयानक सडक दुर्घटनाले तिन जनाको ज्यान गएपछि त्यसका आफन्तले न्यायको माग गर्दै आन्दोलन थालेका छन्। तर, घटनापछिको व्यवस्थापन र पीडित परिवारसँग संवादको अभावले नारायणी यातायात व्यवसायी संघप्रति सर्वसाधारणको आक्रोश चुलिएको छ।

दुर्घटनापछि आक्रोशित पीडितका आफन्तले नारायणी संघमा आबद्ध सवारीसाधनलाई चित्लाङ–थानकोट सडक खण्डमा गुड्न नदिने चेतावनी दिएपछि जेठ १३ गतेदेखि उक्त बाटो हुँदै चल्ने सार्वजनिक बस सेवा ठप्प भएको छ। तर, त्यसको प्रतिकारस्वरूप संघले हेटौंडा र त्रिभुवन राजपथ–नौबिसे हुँदै चल्ने सम्पूर्ण सवारी आफैं बन्द गरेको छ, जसले परीक्षामा सहभागी विद्यार्थी, बिरामी र दैनिक यात्रुहरूलाई ठूलो सास्ती परेको छ।

थाहाका युवा समाजसेवी यादव जंग रायमाझीले फेसबुकमार्फत नारायणी संघको भूमिकाप्रति कडा आक्रोश व्यक्त गर्दै लेखेका छन्, “पीडित परिवारको माग सुन्ने र समाधान गर्नुपर्नेको सट्टा उल्टै आम सर्वसाधारणलाई पीडित बनाउने निर्णयले थाहा, कैलाश र इन्द्रसरोवरका जनताको धैर्यताको परीक्षा लिएको छ कि हेपेको हो?”

उनले संघलाई चाँडै समस्या समाधान गरी यातायात सुचारु गर्न चेतावनी दिँदै भनेका छन्, “यदि पीडितको माग सम्बोधन नगर्ने हो भने नारायणी संघविरुद्ध अर्को आन्दोलनको सामना गर्न तयार होऔं।”

रायमाझीको पोस्टमा प्रतिक्रिया जनाउँदै फेसबुक प्रयोगकर्ता गौतम भद्रध्वज लेख्छन्, “नारायणी यातायातको चरम लापरबाही देखिएको छ। समस्याको समाधान गर्नुको सट्टा सर्वसाधारणलाई नै समस्या पारिएको छ। अब विकल्पको खोजी गर्नुपर्छ।”

तेस्तै अर्का प्रयोगकर्ता कृष्ण भोगटेले लेखेका छन्, “यदि संघले पीडितलाई क्षतिपूर्ति नदिई गुण्डागर्दी शैली अपनायो भने हामी सबै नारायणी संघविरुद्ध उत्रन बाध्य हुनेछौं।”

दुर्घटनामा ज्यान गुमाएकाको परिवारसँग संवाद गरी समाधानको बाटो खोज्नुपर्ने माग सर्वत्र उठिरहेको छ। तर, नारायणी संघको मौनता र कठोर कदमले स्थानीय जनताको रोष बढ्दो छ।

जेठ १२ गते साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु भएको थियो । 

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।

बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg