pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

दुग्घ संघले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा बुझायो

1747142144106-1747144084.jpg

राजकुमार के.सी.
मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ ।
केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेको कार्यक्रम अन्तरगत मंगलबार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेलले बताए ।

केन्द्रीय दुग्ध सहकारी संघले गत बैशाख २६ गते घोषणा गरेको कार्यक्रम अन्तरगत मंगलवार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको हो ।

गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि गरेको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता गरेको थियो ।

उक्त सम्झौता हालसम्म कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह सहित आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

हाल मकवानपुरमा ६२ वटा सहकारी संस्था मार्फत करिव १३ हजार कृषकहरुले दैनिक ८५ हजार लिटर भन्दा बढी दुध उत्पादन गरी संकलन गर्दै मासिक १८ करोड भन्दा बढी रकम आम्दानी गर्दै आएकाछन् ।

मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघको सहजीकरणमा देशका बिभिन्न दुग्ध उद्योगहरुले मकवानपुरका सहकारस्हरुबाट कच्चा दुग्ध खरिद गर्दै आएकोमा उक्त उद्योगहरुले लामो समयदेखि २२ करोड भन्दा बढी रकम भुक्तानी नगरेको संघका निमित्त ब्यवस्थापक दामोदर आधिकारीले बताए । पटक पटकको ताकेता र आग्रह गर्दापनि उक्त उद्योगहरुले सम्झौता अनुसारको रकम भुक्तानी नगरेको निमित्त ब्यवस्थापक अधिकारीले बताए ।

सहकारी संघ प्रतिनिधिहरुसंगको छलफलमा मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानीय क्षेत्रमै दुधको विविधिकरणका लागि उद्योग स्थापना गर्न सुझाव दिईन् । उनले भुक्तानी दिन बाँकी उद्योगीहरुसंग आवश्यक समन्वय गर्ने पनि बताईन् ।

छलफल कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद देवकोटा, सञ्चालक बिदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हेमप्रसाद न्यौपाने लगायत बिभिन्न सहकारी संघ÷संस्थाका अध्यक्ष, ब्यवस्थापकको सहभागिता रहेको थियो ।

1747142147295-1747144084.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...