pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

दुग्घ संघले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा बुझायो

1747142144106-1747144084.jpg

राजकुमार के.सी.
मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक सहजिकरणका लागि अनुरोध गरेको छ ।
केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेको कार्यक्रम अन्तरगत मंगलबार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेलले बताए ।

केन्द्रीय दुग्ध सहकारी संघले गत बैशाख २६ गते घोषणा गरेको कार्यक्रम अन्तरगत मंगलवार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको हो ।

गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि गरेको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता गरेको थियो ।

उक्त सम्झौता हालसम्म कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह सहित आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

हाल मकवानपुरमा ६२ वटा सहकारी संस्था मार्फत करिव १३ हजार कृषकहरुले दैनिक ८५ हजार लिटर भन्दा बढी दुध उत्पादन गरी संकलन गर्दै मासिक १८ करोड भन्दा बढी रकम आम्दानी गर्दै आएकाछन् ।

मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघको सहजीकरणमा देशका बिभिन्न दुग्ध उद्योगहरुले मकवानपुरका सहकारस्हरुबाट कच्चा दुग्ध खरिद गर्दै आएकोमा उक्त उद्योगहरुले लामो समयदेखि २२ करोड भन्दा बढी रकम भुक्तानी नगरेको संघका निमित्त ब्यवस्थापक दामोदर आधिकारीले बताए । पटक पटकको ताकेता र आग्रह गर्दापनि उक्त उद्योगहरुले सम्झौता अनुसारको रकम भुक्तानी नगरेको निमित्त ब्यवस्थापक अधिकारीले बताए ।

सहकारी संघ प्रतिनिधिहरुसंगको छलफलमा मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानीय क्षेत्रमै दुधको विविधिकरणका लागि उद्योग स्थापना गर्न सुझाव दिईन् । उनले भुक्तानी दिन बाँकी उद्योगीहरुसंग आवश्यक समन्वय गर्ने पनि बताईन् ।

छलफल कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद देवकोटा, सञ्चालक बिदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हेमप्रसाद न्यौपाने लगायत बिभिन्न सहकारी संघ÷संस्थाका अध्यक्ष, ब्यवस्थापकको सहभागिता रहेको थियो ।

1747142147295-1747144084.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg