pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि

Untitled-1-(1)-1696504140.jpg

दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट बढेर २७० रुपियाँ पुगेको छ । सो अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ । 

दैनिक भान्छामा प्रयोग हुने जिरा गेडा प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुद्रा व्यापार सङ्घले जनाएको छ । त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छ । 

कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालो बजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिबानाको व्यवस्था गरेको छ । 

सो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै हुन सक्ने छ तर व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् । 

व्यापार घट्यो

पछिल्लो महँगीले उपभोक्ता मात्रै होइन, व्यापारी पनि हैरान छन् । कलङ्की रोडमा किराना खाद्यवस्तुको व्यापार गर्दै आएका विनोद प्रधानले बजारभाउ महँगिँदा उपभोक्ताको किनमेल नै पातलिएको बताउनुभयो । उहाँको अनुभवमा पछिल्लो एक वर्षको बिचमा वस्तुको कारोबार ५० प्रतिशतले घटेको छ । विगतका वर्षमा चाडपर्वमा महँगो हुन्छ भन्दै पहिले नै किन्न आउने उपभोक्ताको भिड हुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अहिले कारोबार नै छैन, मान्छेसँग पैसा नभएर त होला, किन्नेले पनि थोरै मात्रै किन्छन् ।” 

दैनिक उपभोग्य वस्तु महँगिँदा सरकारका नियमकारी निकाय त्यति गम्भीर नभएको आरोप उपभोक्ता अधिकारकर्मीको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले चाडपर्वको मुखमा सबै खाद्यवस्तु महँगिँदा सरकारको चाडपर्वलक्षित अनुगमनको प्रभाव देखिन नसकेको बताउनुभयो । सरकारको चाडपर्वलक्षित अनुगमन खाली बजेट सकाउनेबाहेक केही हुन नसकेको उहाँको भनाइ छ । उहाँले चाडको मुखमा उपभोग्य वस्तुको मूल्य विगतका वर्षमा पनि बढ्ने गथ्र्यो तर उपभोक्ताको क्षमताले थेग्न नसक्ने गरी यस पटक बढेको बताउनुभयो । 

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको असोज १ देखि आफ्नो नेतृत्वमा संयुक्त बजार अनुगमन गर्दै आएको छ । 

विभागका महानिर्देशक तीर्थराज चिलवालले चाडपर्वलक्षित गरेर विभागको नेतृत्वमा दैनिक औसतमा ४०/४५ वटा व्यावसायिक फर्मको अनुगमन गरिरहेको जानकारी दिनुभयो । सरकारको संयुक्त बजार अनुगमनले आमउपभोक्ताको आकाङ्क्षा अनुसार नभए पनि धेरै सुधार भएको दाबी उहाँले गर्नुुभयो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार भने पछिल्लो समय खाद्यान्नको मूल्य वृद्धि हुनुमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कारण रहेको देखिएको छ । नेपालमा खाद्यवस्तु निर्यात गर्ने भारतमै उत्पादनमा कमी हुनु तथा पर्याप्त वर्षा नभएर नेपालमा पनि उत्पादनमा कमी आउनु पनि प्रमुख कारण रहेको राष्ट्र बैङ्कले जनाएको छ । अहिलेको अवस्था हेर्दा आगामी दिनमा यो सङ्कट झनै गम्भीर देखिन्छ । भारतले चामल र गहुँलगायत मुख्य खाद्यवस्तुमा निर्यात घटाउँदै छ । जसको हल्लाले पनि मूल्य बढ्न भूमिका खेल्छ ।    

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...