pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगर स्वास्थ्य शाखाको वार्षिक समिक्षा सम्पन्न।

FB_IMG_1724339054249-1724339077.jpg

आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र ५ र ६ गते थाहा नगरपालिकाको हलमा सम्पन्न भएको छ।
थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार,स्वास्थ्य कार्यालय मकवानपुरका तथ्यांक अधिकृत भागिरथ प्रसाद रौनियारका साथै वडा अध्यक्षहरु,कार्यपालिका सदस्य र स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।

नगर भित्र रहेका १२ वटा स्वास्थ्य संस्था,सहरी स्वास्थ्य किल्निक,आर्युवेद औषधालय,तिलगंगा आँखा केन्द्र तथा निजि पोलिकिल्निक थाहा पोलिकिल्निक,अक्युपन्चर सेवा,सहित विद्यालय नर्सहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था ,बजेट र खर्चको अवस्था,तथा बित्तिय प्रगति विवरण ,सम्पन्न हुन नसकेको कार्यक्रमहरु,स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था ,स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप,सुत्केरी ,गर्भपतन ,परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुख हरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको MDGP मेडिकल अधिकृत बाट सेवा प्रवाह गर्न जरुरी रहेको बताउदै,सामाजिक आर्थिक ,शैक्षिकत्व हरुलाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रबर्द्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताउदै  घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निशुल्क गर्नुपर्ने ,प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको,क्लिनिक ,वर्थिङ सेन्टर सबै स्वास्थ्यसंस्था १२ वटै वडामा रहेको,अक्सिजन प्लान्ट सुरु गरिएको,पुर्ण खोप पालिका घोषणा,घरमा शून्य सुत्केरी घोषणा कार्यक्रम सहित गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा ILR को व्यबस्था रहेको बताए ।
शाखा प्रमुख बलामीले स्वास्थ्य संस्थालाई पालिका बाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए ।

थाहा नगरको स्वास्थ्य शाखा बाट भएका नवीनतम कार्यहरु 


१२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरु र निजि स्वास्थ्य संस्थाका प्रमुख र विद्यालय नर्सले जनताको आधारभुत आबश्यकता माथी ध्यान दिन वडा अध्यक्षहरुको ध्यानाकर्षण गरेका थिए ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्णु  बिष्टले बार्षिक रुपमा गरेको कामको समिक्षा संगै स्वास्थ्य सेवालाई प्रवाभकारी बनाउनु पर्नेमा जोड दिनु  भयो। उहाले आमनागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताउदै  उहाले आमनागरिकले स्थानीय तहमै औषधी उपचार गर्न सकुन भनेर थाहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य विमाको पहिलो विन्दुको रुपमा स्थापित गरेको बताउनु भयो।
समिक्षा कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले वार्षिक समिक्षामा नगरपालिका मार्फत् स्वास्थ्य संस्थासम्म भएका  गरेका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुप्रती नागरिकको विश्वास बढाउन सबैको पहलहुनुपर्नेमा जोड  दिए।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले स्वास्थ्यकर्मीले राम्रो काम गरेको बताए । थाहा नगरका स्वास्थ्य संस्थाहरुको गतिविधि विश्वसनीय र सेवाग्राहीप्रति प्रभावकारी रहेको उहाँको भनाइ छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...