kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

स्वास्थ्य

थाहा नगर स्वास्थ्य शाखाको वार्षिक समिक्षा सम्पन्न।

FB_IMG_1724339054249-1724339077.jpg

आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र ५ र ६ गते थाहा नगरपालिकाको हलमा सम्पन्न भएको छ।
थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार,स्वास्थ्य कार्यालय मकवानपुरका तथ्यांक अधिकृत भागिरथ प्रसाद रौनियारका साथै वडा अध्यक्षहरु,कार्यपालिका सदस्य र स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।

नगर भित्र रहेका १२ वटा स्वास्थ्य संस्था,सहरी स्वास्थ्य किल्निक,आर्युवेद औषधालय,तिलगंगा आँखा केन्द्र तथा निजि पोलिकिल्निक थाहा पोलिकिल्निक,अक्युपन्चर सेवा,सहित विद्यालय नर्सहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था ,बजेट र खर्चको अवस्था,तथा बित्तिय प्रगति विवरण ,सम्पन्न हुन नसकेको कार्यक्रमहरु,स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था ,स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप,सुत्केरी ,गर्भपतन ,परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुख हरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको MDGP मेडिकल अधिकृत बाट सेवा प्रवाह गर्न जरुरी रहेको बताउदै,सामाजिक आर्थिक ,शैक्षिकत्व हरुलाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रबर्द्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताउदै  घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निशुल्क गर्नुपर्ने ,प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको,क्लिनिक ,वर्थिङ सेन्टर सबै स्वास्थ्यसंस्था १२ वटै वडामा रहेको,अक्सिजन प्लान्ट सुरु गरिएको,पुर्ण खोप पालिका घोषणा,घरमा शून्य सुत्केरी घोषणा कार्यक्रम सहित गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा ILR को व्यबस्था रहेको बताए ।
शाखा प्रमुख बलामीले स्वास्थ्य संस्थालाई पालिका बाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए ।

थाहा नगरको स्वास्थ्य शाखा बाट भएका नवीनतम कार्यहरु 


१२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरु र निजि स्वास्थ्य संस्थाका प्रमुख र विद्यालय नर्सले जनताको आधारभुत आबश्यकता माथी ध्यान दिन वडा अध्यक्षहरुको ध्यानाकर्षण गरेका थिए ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्णु  बिष्टले बार्षिक रुपमा गरेको कामको समिक्षा संगै स्वास्थ्य सेवालाई प्रवाभकारी बनाउनु पर्नेमा जोड दिनु  भयो। उहाले आमनागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताउदै  उहाले आमनागरिकले स्थानीय तहमै औषधी उपचार गर्न सकुन भनेर थाहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य विमाको पहिलो विन्दुको रुपमा स्थापित गरेको बताउनु भयो।
समिक्षा कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले वार्षिक समिक्षामा नगरपालिका मार्फत् स्वास्थ्य संस्थासम्म भएका  गरेका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुप्रती नागरिकको विश्वास बढाउन सबैको पहलहुनुपर्नेमा जोड  दिए।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले स्वास्थ्यकर्मीले राम्रो काम गरेको बताए । थाहा नगरका स्वास्थ्य संस्थाहरुको गतिविधि विश्वसनीय र सेवाग्राहीप्रति प्रभावकारी रहेको उहाँको भनाइ छ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...