Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगर स्वास्थ्य शाखाको नगर स्तरीय वार्षिक पोषण समिक्षा सम्पन्न 

1723818078848-1723818105.jpg

पोषण कार्यक्रम बारे नगरपालिका स्तरीय दुई दिने बार्षिक समिक्षा कार्यक्रम श्रावण ३२ मा थाहा  नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा थाहा नगरपालिकामा सम्पन्न पोषण कार्यक्रमको नगर स्तरीय वार्षिक समिक्षा गरिएको हो।
कुपोषणको वर्गीकरण,बालबालिकामा पोषणको अवस्था ,कुपोषणका कारण नेपालमा बाल मृत्युदर,पोषणको अवस्था सुधार गर्न थाहा नगरमा भएका पहलहरु,पोषण बारे दिर्घकालिन सोच,लक्ष्य र उद्धेश्यहरु, नगरपालिका स्तरीय पोषण समीतीको काम,कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराइएको थियो।
समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा थाहा नगरपालिका भित्र जन्मेका शिशुहरुको वृद्धि अनुगमन ०-२३ महिना सम्मको ८५ प्रतिशत रहेको छ भने जन्मेदेखी ६ महिना सम्म पुर्ण स्तनपान गराउने ९० प्रतिशत रहेको पाइएको छ ।तेसै गरि ६ -८ महिना देखि थप खाना खुवाएको बच्चा ८२ प्रतिशत रहेको समिक्षामा प्रस्तुत गरियो।
तेसैगरी थाहा नगरपालिकामा २०८० कार्तिक पहिलो साता खुवाइएको भिटामिन ए कार्यक्रम ११३ प्रतिशत दोस्रो चरणको भिटामिन ए २०८१ बैशाखमा ११० प्रतिशत,पहिलो चरण जुकाको औषधि ११४ प्रतिशत र दोस्रो चरणको जुकाको औषधि ११२ प्रतिशत,प्रोटोकल अनुसार ८ पटक गर्भवती जाँच गराएको गर्भवतीको संख्या ४३.७ प्रतिशत र प्रसुती पश्चात् सुत्केरी जाँच गराउनेको ४६ प्रतिशत रहेका छन।
नगरपालिकामा १० देखि १९ बर्षका ३१ सय २ किशोरी हरुलाइ आइरन चक्की वितरण गरिएको समिक्षा कार्यक्रममा जानकारी गराइयो।

सुआहाराले प्रवद्धन गरेका दश मुख्य ब्यवहारहरु,सुआहारा कार्यक्रमका आगामि योजनाहरु,पोषण सम्बन्धि सुचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा जानकारी गराइएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए।
समिक्षा कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।

1723818082596-1723818105.jpg
1723818087931-1723818120.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...