Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

थाहा नगरले गर्यो सहकारी संस्थाका सरोकारहरुसग अन्तर क्रिर्यात्मक कार्यक्रम

शम्भु अधिकारी - आज सहकारि संस्थाका सरोकारवालाहरु सग नगरले एक दिने अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । पालुग बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा उक्त कार्यक्रम सञ्चालन भएको हो । जसको थाहा नगरपालिकाले आयोजना गरेको थियो भने पालुग बहुउद्देश्यीय सहकारी संस्थाले समन्वयात्मक भुमिका निर्वाह गरेको थियो । थाहा नगर स्तरिय स्थानिय सहकारी एेन बने पछि, सो सहकारी ‌एेनमा भएका निमावलि तथा प्रावधानका बारेमा जानकारि दिने उदेश्यले उक्तकार्यक्रम सञ्चालन गरिएको नगर पालिका का ना. सु. अनिल लामिछानेले बताउदै कार्यक्रमको अचित्य प्रस्टाउनु भयो । उक्त कार्यक्रममा सहकारि गतिबिधि एेन कानुनले श्रृजना गरेका प्राबधान र सहकारि सरोकारवलाहरुले बिचार पुर्याउनु पर्ने बिधि र प्रक्रियाका बारेमा नगरका कार्यकारि अधिकृत पुरिले प्रस्टाउनु भयो। साथै डिभिजन सहकारिका अधिकृत तिलक राम पोखरेले आजको आधुनिक युगमा मासिक रिपोट COPOMIS अनलाइन सफ्टवोयर मार्फत आफ्ना आथिक प्रगति बिबरण सम्बन्धित बिभाग तथा साखामा पठाउन सकिने छ जसले पुराना हुलाक धाउने तथा सम्बन्धित शाखा सम्म पुगेर बुझाउनु पर्ने झनझटलार्इ सहजिकरण गरेको छ भनेर सहकारि सफ्टबेयरको वारेमा जानकारी दिनु भयो । साथै अधिकृत असोक बिष्टले अब नगरले हरेक सहकारिको निगरानि गर्ने, सहकारिले उदेश्य अनुरुपको काम गरे नगरेको अनुगमन गर्नुका साथै अनलार्इन सफ्टवेयरको सबै सहकारिले अनिवार्य रुपमा प्रयोग गरे सम्बन्धित निकायले छिटो छरितो माध्यम सहकारि गतिबिधि हेर्न सकिने छ भनेर प्रस्ट पार्नु भयो ।अब सबै सहकारि सरोकारवाला हरुले एक सदस्य एक सहकारिको अवधारणा बाट अगि बढ्नु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख लवसेर बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा डिभिजन सहकारीका अधिकृत तिलक राम पोखरेल , उपमेयर खडक गोपाली, वडा न १० का वडा अध्यक्ष किरणमान बल, ६ का शशिधर सुवेदी, नगरका कार्यकारी अधिकृत हरिलाल पुरी, नगर सहकारी बिभागका शाखा अधिकृत असोक बिष्ट, नगरका ना सु अनिल लामिछाने लगायत स्थानिय पत्रकार तथा नगरका बिभिन्न सहकारि संस्थाका अध्यक्ष तथा ब्यवस्थापक तथा सरोकार सदस्यहरुको उपस्थिति रहेको थियो ।

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png