Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरमा  चुनाबी चहलपहल : को–को छन् आकांक्षी ?
 उमेद्वारको चर्चामा  पुराना र नयाँ अनुहार चर्चामा  

Election-1648874963.jpg

  
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा थाहा नगरको स्थानीयस्तरमा चुनावी चहलपहल बढ्दो छ । मकवानपुरमा हेटौंडा उपमहागरपालिका पछिको आकर्षणको रुपमा हेरिने थाहा नगरपालिकामा चुनावी तयारीका लागि राजनैतिक दलहरुले योजना सक्रियताकासाथ  अभियानका रुपमा  तिव्रता देखिन्छ ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेले थाहा नगरमा औपचारिक तथा अनौपचारिक कार्यक्रम मार्फत निर्वातन अभियानलाई तिव्रता दिएका छन् । 
गत स्थानीय चुनावमा थाहा नगरपालिकामा मेयर जितेको माओवादी केन्द्र यसपटक पनि जित दोहो¥यार्उे दाउमा छ । माओवादीले मेयरको लागि निर्णय गरिनसके पनि श्रोतका अनुसार ४ जनाको नाम अहिले चर्चामा छ । ०७४ को निर्वाचनमा  माओवादी केन्द्रबाट लबशेर बिष्टले मेयर जितेका थिए,राजनितिक र सामाजिक रुपमा सबै सङ राम्रो सम्बन्ध भएका बिष्टको कार्यकाल सफल भएको र थाहा नगरलाई देशको उत्कृष्ट भएको चिनाउन सफल भएको भए पनि विष्टले यो निर्वाचनमा  फेरि उमेदवार हुने इच्छा देखाएका छैनन । तर विष्टको लोकप्रियता पार्टी र सामाजमा देखिएकाले बिष्टनै दोहोरिने चर्चा चलको छ । तर विष्टले पार्टीका औपचारिक बैठकमै नदोहोरिने बताउदै आएका छन भने अगाडिको चुनावमा उठ्ने चर्चा हुदाहुदै अन्तिममा आएर लवशेरविष्टलाई समर्थन गरका माओवादीका प्रदेश सदस्य तथा थाहा नगर इन्चार्ज बिस्णु बिष्ट आदर्शको नाम माओवादी बृतमा चर्चामा छ । 
माओवादी भित्र त्यागी नेताका रुपमा चिनिने आदर्श पुर्ब जनमुक्ति सेना हुन भने थाहा नगरपालिका मेयरका राजनैतिक सल्लाहकार पनि हुन । पार्टीमा त्याग र बलिदानको हिसाबले आदर्शको सम्भावना बलियो छ । थाहा नगरका हालका मेयर लवशेर विष्ट सँग नजिक भएर नगरपालिका तथा बाह्य गतिविधी बुझेका विष्टलाई उनको यस अघिको त्याग र अनुभवलाई अघि सार्ने पनि देखिन्छ । 


श्रोतका अनुसार हाल माओवादीमा मेयरको उमेदवारमा बिस्णुहरी ढकाल जंगली र ज्योती रायमाझीको पनि चर्चा चलेको प्रदेश स्तरिय एक नेताले बताय । चर्चा चलेका बिष्णुहरि ढकाल जंगली थाहा नगरका बौद्धिक तथा भिजन र पहुँच भएका ब्यक्ति मानिन्छन् । माओवादी केन्द्रका केन्द्रिय सहकारी बिभागका केन्द्रिय सदस्य समेत रहेका जंगलीको हालका अर्थ मन्त्री जनार्दन शर्मा  सङ पहँुच र नजिक रहेका छ ।


उता अघिल्लो निर्वाचनमा  हारेको बदला लिने दाउमा रहेको नेकपा एमालेमा पनि मेयरको उमेदवार मा धेरैले चाहना देखाएको एमाले जिल्ला सदस्य सुरेन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार एमाले बाट नगर इन्चार्ज बिष्णु प्रसाद ढकाल,नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ,जिल्ला सदस्य सुरेन्द्रमान प्रधान ,बिमल कुमार ढकाल र वडा न ६ का अध्यक्ष शसिधर सुबेदीले इच्छा देखाएका छ्न । थाहा नगरपालिकामा अघिल्लोपटक एमालेको उपस्थिति मेयर उपमेयरमै नभए पछि यो निर्वाचनमा उपस्थिति देखाउने हिसाबले उमेद्वारी छान्ने दाउमा एमाले देखिन्छ ।  मेयरमा पराजित विष्णु प्रसाद ढकाल लामो समयसम्म पार्टीभित्रको विवादमा माधव नेपाल समूहमा रहनु भई पार्टी उपाध्यक्षकै हैसियतमा एमालेमै फर्कनु भए पनि अधिवेशनमा उम्मेदवार समेत हुन पाउनु भएन । हालसालै उहाँ जिल्ला सदस्य मनोनयन भएर थाहा इञ्चार्ज भए पछि फेरी  मेयर लड्ने मनसाय साथ थाहा नगरमा सक्रियता बढाएका छन् । थाहा नगरको ६ नं. वडाका वडा अध्यक्ष शशिधर सुवेदी वडामा नयाँ लाई प्राथमिकता दिई आफू नगरमै जाने सार्बजनिक रुपमै बतारहनु भएको छ भने बाँकी इच्छुक हरु पनि आ–आफ्नै लबिङ्गमा रहेको देखिन्छ । 


नेपाली काङ्ग्रेसमा अगाडिको चुनावमा उपमेयरमा आएपछी यो पल्ट आफू मेयरको दाबी प्रस्तुत गर्दै आइरहेको छ । हालका उपमेयर खड्गबहादुर गोपालीले आफ्नो मेयरमा दाबी हुने बताउदै आएका छन, थाहा नगरपालिकाको उपमेयर खड्ग गोपालीले आफू मेयर बन्ने दाबी गरेका छन् । काँग्रेसका गोपाली २०७४ सालको निर्वाचनबाट थाहा नगरपालिकाको उपमेयर पदका उम्मेदवार भएर निर्वाचित भएका थिए । उनले गठबन्धन हँुदा पनि पुनः उपमेयरमा उठ्ने चाहना नभएको भन्दै आफू मेयरमै उठ्ने बताए । ‘अघिल्लो निर्वाचनमा पनि मेयर भनेर भोट मागेर हिँडियो । गठबन्धन हुँदा उपमेयरमा परियो,’ उनले भने, ‘म फेरि पनि उपमेयरमा उठ्न चाहन्न । अब म मेयरमा उठ्ने हो । उता गठबन्धन हुँदा मेयर दावी गर्ने अन्यथा उपमेयरमा भरत लामाले दाबी गरेको पनि चर्चा छ । 
थाहा नगरमा प्रमुख दलहरुमा यो पटक पनि उपमेयरमा माओवादी भित्र महिलाको चर्चा छैन । सठबन्धनको समभावना रहकाले उप–मेयर काग्रेश लाई दिने वा समाजबादीलाई दिने सम्भावनाका कारण माहोवादी भित्र यो नामको चर्चा नभएको बुझिन्छ । तर एमाले बाट उपमेयरमा कल्पना बलामी र सुनिता दोङ्ग को चर्चा रहेको छ । बलामी अघिल्लो पटकको निर्वाचनमा गोपाली सङ्ग पराजित भएकी उमेदवार हुन् ।   थाहा नगरको महिला बृतमा परिचीत  बलामी ,सुनिता दोङ्ग दुवै एमाले मकवानपुर का जिल्ला सदस्य हुन ।


नेकपा एमाले सँग फुटेको एकिकृत समाजवादी पनि निर्वाचनमा सबै वडामा उपस्थिति देखाउने योजनामा रहेको नगर अध्यक्ष सानुकाजी गोपालीले बताए । सत्ता गठबन्धनमा रहेको समाजबादी नगरमा चौथो शक्ती मानिन्छ । माओवादी सँग चुनावी एकता भए उप मेयरमा किरणमान बल, डम्बर लामा,सानुकाजी गोपाली र कल्याण विक्रम घलानले ईच्छा देखाएका छन् । एमालेमा प्रभाव जमाएका हाल ११ नं. वडाका वडा अध्यक्ष वल सफल वडा अध्यक्ष मानिन्छन्  भने लामा ८ नं.मा थोरै मतले चुनाव हारेका नेता हुन् । चुनावी एकताको कुरा टुङ्गिएपछि नगरमा टुङ्ग्याउने तयारी रहेको समाजबादीले जनाएको छ । 


 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...