pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगरको स्वास्थ्य स्थितिको वार्षिक समिक्षा गरियो।

Screenshot_20220825-21555-1661444256.png

आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र ८ र ९ गते शिखरकोटको विकास घरमा सम्पन्न भएको छ।थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख,उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत ,तथा नगरका वडा अध्यक्ष हरु र स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।


नगर भित्र रहेका १२ वटा स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था ,बजेट र खर्चको अवस्था,तथा बित्तिय प्रगति विवरण ,सम्पन्न हुन नसकेको कार्यक्रमहरु,स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था ,स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप,सुत्केरी ,गर्भपतन ,परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुख हरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको MDGP मेडिकल अधिकृत बाट सेवा प्रवाह गर्न जरुरी रहेको बताउदै,सामाजिक आर्थिक ,शैक्षिकत्व हरुलाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रबर्द्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताउदै बलामीले घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निशुल्क गर्नुपर्ने ,प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको,क्लिनिक ,वर्थिङ सेन्टर सबै स्वास्थ्यसंस्थामा रहेको,अक्सिजन प्लान्टको निर्माण अन्तिम चरणमा रहेको,गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा ILR को व्यबस्था रहेको बताए ।शाखा प्रमुख बलामीले स्वास्थ्य संस्थालाई पालिका बाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए ।
१२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य केन्द्र लाई आआफ्नो वडा बाट पनि सहयोग गर्नुपर्नेमा जोड दिदै जनताको आधारभुत आबश्यकता माथी ध्यान दिन वडा अध्यक्षहरुको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रम लाई थाहा ४ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यबस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण लामाले समापन गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...