pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहा नगरको स्वास्थ्य स्थितिको वार्षिक समिक्षा गरियो।

Screenshot_20220825-21555-1661444256.png

आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र ८ र ९ गते शिखरकोटको विकास घरमा सम्पन्न भएको छ।थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख,उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत ,तथा नगरका वडा अध्यक्ष हरु र स्वास्थ्यकर्मी हरुको उपस्तिथि रहेको थियो।


नगर भित्र रहेका १२ वटा स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था ,बजेट र खर्चको अवस्था,तथा बित्तिय प्रगति विवरण ,सम्पन्न हुन नसकेको कार्यक्रमहरु,स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था ,स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप,सुत्केरी ,गर्भपतन ,परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुख हरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको MDGP मेडिकल अधिकृत बाट सेवा प्रवाह गर्न जरुरी रहेको बताउदै,सामाजिक आर्थिक ,शैक्षिकत्व हरुलाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रबर्द्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताउदै बलामीले घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निशुल्क गर्नुपर्ने ,प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको,क्लिनिक ,वर्थिङ सेन्टर सबै स्वास्थ्यसंस्थामा रहेको,अक्सिजन प्लान्टको निर्माण अन्तिम चरणमा रहेको,गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा ILR को व्यबस्था रहेको बताए ।शाखा प्रमुख बलामीले स्वास्थ्य संस्थालाई पालिका बाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए ।
१२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य केन्द्र लाई आआफ्नो वडा बाट पनि सहयोग गर्नुपर्नेमा जोड दिदै जनताको आधारभुत आबश्यकता माथी ध्यान दिन वडा अध्यक्षहरुको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रम लाई थाहा ४ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यबस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण लामाले समापन गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg