pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगरको दोश्रो नगर सभा हिउदे अधिवेशन सम्पन्न ०७४।०७५ को संसोधित वजेट पेश

-शम्भु अधिकारी 

थाहा नगरपालिकाले आफ्नो दोश्रो नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाले जारी गरेको दुई ओटा ऐन र विभिन्न निर्णयहरुलाई कार्यपालिका मार्फत अनुमोदन गर्न हिउँदे अधिवेशन गरेको हो । थाहा नगरको विकास घरमा भएको नगरसभामा अधिवेशनको सभापतित्व नगरप्रमुख लवशेर विष्टले गरेका छन् । नगरसभामा उप–प्रमुख खड्ग गोपाली कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु जिल्ला समन्वय समितिका सदस्य चित्र वा. वलामी, नेकपा एमालेका जिल्ला सदस्य तथा थाहानगर इन्चार्ज विष्णु प्रसाद ढकाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा थाहानगर इन्चार्ज विष्णु विष्ट आदर्श, नेपाली कांग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठ, लगायतका उपस्थिति रहेको थियो नगरसभामा थाहानगरको आर्थिक वर्ष २०७४।०७५ को वजेट योजना तथा कार्यक्रम सहितको वजेट योजना पहिलो नगरसभामा पेश गरिएता पनि त्यसलाई संसोधन गर्न उप–प्रमुख खड्ग गोपालीले संसोधन प्रस्ताव नगरसभा समक्ष पेश गर्दै । प्रथम नगरसभाले छनोट गरेका र नगरपालिकाको योजनाहरु संचालन भैरहेको र तिस प्रतिशत योजनाहरु सम्पन्न भैसकेको भन्दै दोश्रो चौमासिक सम्मको प्रगति समिक्षा गर्दा योजनाहरुको काम र खर्च प्रतिशत सन्तोषजनक नदेखिएको बताउनु भयो । वहाँले पहिलो नगरसभामा वजेट निति र कार्यक्रम निर्माणमा अनुभवको कमिले गर्दा केहि कमीकमजोरी भएको स्वाकार्दै आर्थिक वर्ष २०७४।०७५ को लागि कुल वजेट ३७ करोड ४७ लाख ९६ हजार रहेकोमा विषयगत कार्यालय तर्फ प्राप्त ११ करोड ९ लाख ७७ हजारको शसर्त अनुदान समावेश गरी ४८ करोड ५३ लाख ८७ हजारको संसोधित अनुमानित वजेट पेश गर्नु भयो । जसमा विषयगत कार्यालयको रु. १४ करोड ५९ लाख ७७ हजार चालुखर्च तर्फ ५ करोड ५ लाख ६४ हजार पुँजीगत तर्फ २३ करोड २५ हजार र सामाजिक सुरक्षा तर्फ ५ करोड ८८ लाख २१ ह्जारको अनुमानित वजेट नगरसभाको वहुमतले पारित गरेको छ । बढाएको शिर्षकहरु ः कृषि प्रवद्र्धन १५ लाखबाट वढाएर ४७ लाख ५० हजार पु¥याएको छ भने पशु विकास कार्यक्रमलाई ४५ लाख छुट्टाइएको छ ।

त्यसै गरी नगरसभाले २ ओटा ऐनलाई पनि पारित गरेको छ , नगरसभाले सरोकारवालाहरुसँग लामो छलफल पश्चात संघ र प्रदेशले बनाएको ऐन संघ वाझिन गएको खण्डमा स्वत ः खारेज हुने गरी शिक्षा ऐन मस्यौदा समितिका संयोजक सशिधर सुवेदिले नगर शिक्षा ऐन २०७४ निर्णयार्थ पेश गरेका थिए । निजि विद्यालयलाई गुठिमा रुपान्तरण गर्न, कक्षा ३,५,८ र १० को परिक्षा नगर आफैले संचालन गर्ने, नगर शिक्षा समितिमा संस्थागत विद्यालयलाई पनि सदस्य राख्ने, नगरपालिकाले नै प्रधानध्यापक तोक्न सक्ने, ५ वर्ष भन्दा वढी एउटै विद्यालयमा सेवा दिएका शिक्षकलाइ आवश्यकता हेरी नगर भित्रैको अर्को विद्यालयमा सरुवा स्थानिय सरकारले नै गर्न सक्ने गरी परिमार्जित शिक्षा ऐनलाई पनि पारित गरियो । त्यसै गरी नगर सहकारी संयोजक किरणमान वलले पेश गरेको सहकारी ऐनमा पनि सुझाव सहित आयका सल्लाहलाई स्थान दिई सहकारीको दर्ता खारेजी नगरले गर्ने, वचत तथा ऋण सहकारीको कार्य क्षेत्र २ वटा ओडामा माग गर्ने, अन्तर सहकारीलाई प्रोत्साहन गर्ने, सहकारी कर्जको व्यवस्था गर्ने, विशिष्टकृत सहकारीको व्यवस्था, नगरस्तरिय सहकारी संघ खोल्न पाउने व्यवस्था, सहितको ऐन पनि नगरसभाले पास गरेको छ ।

          नगरसभामा पासिरत ऐन र संसोधित वजेटलाई सुझाव दिँदै अतिथि तथा माओवादी केन्द्रका नगर इन्चार्ज विष्णु विष्ट आदर्शले नयाँ संरचनामा जाँदा केहि अलमल हुनु स्वाभाविकै भएको भन्दै आम जनताको अपेक्षा अनुसार स्थानीय कार्यपालिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो साथै नगर सभामा आउँदा सभासदहरुको तयारी नपुगेकोमा गुनासो गर्दै सदस्यहरुले तालि मात्र बजाउने नभई छलफल सहित आउनु पर्ने बताउनु भयो साथै आफ्नो हैसियत अनुसारको वजेट र योजना सहित अगाडि बढ्न् पर्ने बताउनु भयो । त्यसै गरी नेकपा एमालेका थाहा इन्चार्ज विष्णु प्रसाद ढकालले थाहानगरका आशा र भरोसाको केन्द्र नै जनप्रतिनिधि भएकोले अरु नगरपालिका भन्दा नौलो नगर बनाउने जिम्मा प्रतिनिधीहरुलाइ आएको बताउनु भयो । साथै वहाँले २२ करोड भन्दा वढी विकास वजेट खर्च भैसक्दा सो वजेट कार्यान्वयन पक्ष कतिको सवल र सकल भएको छ अनुगमन गर्नुपर्ने बताउदै नगरको वजेट कृषि र पर्यटनमा जोड दिन सके शिक्षा, स्वास्थ्य रोजगारीमा परिवर्तन आउने बताउनु भयो । अर्का अतिथि जिल्ला समन्वय समिति सदस्य चित्र वा. वलामीले पहिला नगरको आवश्यकता पहिचान गरी वजेट प्राथमिकताको आधारमा वितरण गर्नुपर्ने भन्दै वजेट मात्र हालेर विकास नहुने भन्दै नगरको विकासको लागि जनता नै जागरुप भई लगानी सदुपयोग भएको छु की छैन भनेर खवरदारी सहित जनश्रमदानमा सहभागि कुनुपर्नेमा जोड दिनुभयो । साथै वहाँले जनप्रतिनिधिहरुलाई एउटा वडामा एउटा मात्र भएपनि नमुना काम गर्न आग्रह गर्दै अव थाहानगरकोृ १२ ओटै वडा हुनेगरी चक्रपथ निर्माणको अवधारणा ल्याउनुपर्नेमा जोड दिनु भयो ।

अधिवेशनमा नेपाली कांग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठले सवै वडाहरुलाई समान व्यवहार गर्न आग्रह गर्दै अरु ऐनहरु प्नि छिटो–छिटो बनाउन आग्रह गर्नु भयो । नगर सभामा महिला सदस्यहरु आइति तामाङ र जानुका ढकालले महिला विकास कार्यक्रममा पनि वजेट विनियोजन गर्नुपर्ने धारणा राखेका थिए । नगर सभालाई समापन गर्दै सभापति तथा नगर प्रमुख लवशेर विष्टले वजेट विनियोजन र फर्छौटमा हिजो देखि विग्रिएको संस्कार आज स्थानिय तह आएपछि अन्त भएको भन्दै जनताको आवश्यकता अनुसार योजना बनाएर नागरिकलाई सेवा दिन निरन्तर बृहत्तर ढंगले अगाडि बढ्ने भन्दै आगामि आर्थिक वर्षको वजेटमा जनताका उच्च आवश्यकता शिक्षा, स्वास्थ्य, कृषि पर्यटन रोजगारी श्रृजनामा वजेट निर्माणमा ध्यान दिइने बताउनु भयो ।

त्यसै गरी आगामी नगरसभा नहुन्जेल आवश्यक ऐन नियम, निर्देशिका निर्माण गर्न कार्यान्वयन गर्न गराउन नगरपालिकालाई अख्तियारी दिइयो भने नगरपालिकामा खुल्ला प्रतिस्पर्धाबाट वा आन्तरीक प्रतियोगिता मार्फत पदपूर्तिको व्यवस्था गर्न नगर स्तरिय पदपूर्ति समितिमा अध्यक्ष भुवन प्रकाश विष्टको कार्यवधि ५ वर्ष थप्ने निर्णय पन िपारित गरियो त्यसैगरी नगरको १२ ओटै वडामा आधारभुत स्वास्थ्य सेवा दिने उद्धेश्य अनुसार यसै आ.व. भित्र नै थाहा १० चित्तलाङमा  सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने तथा आगामी आ.व. ०७५।०७६ भित्र वडा नं. १,५ र १२ मा समेत सहरी स्वास्थ्य केन्द्र विस्तार गरिने निर्णय गरियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg