Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

थाहा नगरको दोश्रो नगर सभा हिउदे अधिवेशन सम्पन्न ०७४।०७५ को संसोधित वजेट पेश

-शम्भु अधिकारी 

थाहा नगरपालिकाले आफ्नो दोश्रो नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाले जारी गरेको दुई ओटा ऐन र विभिन्न निर्णयहरुलाई कार्यपालिका मार्फत अनुमोदन गर्न हिउँदे अधिवेशन गरेको हो । थाहा नगरको विकास घरमा भएको नगरसभामा अधिवेशनको सभापतित्व नगरप्रमुख लवशेर विष्टले गरेका छन् । नगरसभामा उप–प्रमुख खड्ग गोपाली कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु जिल्ला समन्वय समितिका सदस्य चित्र वा. वलामी, नेकपा एमालेका जिल्ला सदस्य तथा थाहानगर इन्चार्ज विष्णु प्रसाद ढकाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा थाहानगर इन्चार्ज विष्णु विष्ट आदर्श, नेपाली कांग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठ, लगायतका उपस्थिति रहेको थियो नगरसभामा थाहानगरको आर्थिक वर्ष २०७४।०७५ को वजेट योजना तथा कार्यक्रम सहितको वजेट योजना पहिलो नगरसभामा पेश गरिएता पनि त्यसलाई संसोधन गर्न उप–प्रमुख खड्ग गोपालीले संसोधन प्रस्ताव नगरसभा समक्ष पेश गर्दै । प्रथम नगरसभाले छनोट गरेका र नगरपालिकाको योजनाहरु संचालन भैरहेको र तिस प्रतिशत योजनाहरु सम्पन्न भैसकेको भन्दै दोश्रो चौमासिक सम्मको प्रगति समिक्षा गर्दा योजनाहरुको काम र खर्च प्रतिशत सन्तोषजनक नदेखिएको बताउनु भयो । वहाँले पहिलो नगरसभामा वजेट निति र कार्यक्रम निर्माणमा अनुभवको कमिले गर्दा केहि कमीकमजोरी भएको स्वाकार्दै आर्थिक वर्ष २०७४।०७५ को लागि कुल वजेट ३७ करोड ४७ लाख ९६ हजार रहेकोमा विषयगत कार्यालय तर्फ प्राप्त ११ करोड ९ लाख ७७ हजारको शसर्त अनुदान समावेश गरी ४८ करोड ५३ लाख ८७ हजारको संसोधित अनुमानित वजेट पेश गर्नु भयो । जसमा विषयगत कार्यालयको रु. १४ करोड ५९ लाख ७७ हजार चालुखर्च तर्फ ५ करोड ५ लाख ६४ हजार पुँजीगत तर्फ २३ करोड २५ हजार र सामाजिक सुरक्षा तर्फ ५ करोड ८८ लाख २१ ह्जारको अनुमानित वजेट नगरसभाको वहुमतले पारित गरेको छ । बढाएको शिर्षकहरु ः कृषि प्रवद्र्धन १५ लाखबाट वढाएर ४७ लाख ५० हजार पु¥याएको छ भने पशु विकास कार्यक्रमलाई ४५ लाख छुट्टाइएको छ ।

त्यसै गरी नगरसभाले २ ओटा ऐनलाई पनि पारित गरेको छ , नगरसभाले सरोकारवालाहरुसँग लामो छलफल पश्चात संघ र प्रदेशले बनाएको ऐन संघ वाझिन गएको खण्डमा स्वत ः खारेज हुने गरी शिक्षा ऐन मस्यौदा समितिका संयोजक सशिधर सुवेदिले नगर शिक्षा ऐन २०७४ निर्णयार्थ पेश गरेका थिए । निजि विद्यालयलाई गुठिमा रुपान्तरण गर्न, कक्षा ३,५,८ र १० को परिक्षा नगर आफैले संचालन गर्ने, नगर शिक्षा समितिमा संस्थागत विद्यालयलाई पनि सदस्य राख्ने, नगरपालिकाले नै प्रधानध्यापक तोक्न सक्ने, ५ वर्ष भन्दा वढी एउटै विद्यालयमा सेवा दिएका शिक्षकलाइ आवश्यकता हेरी नगर भित्रैको अर्को विद्यालयमा सरुवा स्थानिय सरकारले नै गर्न सक्ने गरी परिमार्जित शिक्षा ऐनलाई पनि पारित गरियो । त्यसै गरी नगर सहकारी संयोजक किरणमान वलले पेश गरेको सहकारी ऐनमा पनि सुझाव सहित आयका सल्लाहलाई स्थान दिई सहकारीको दर्ता खारेजी नगरले गर्ने, वचत तथा ऋण सहकारीको कार्य क्षेत्र २ वटा ओडामा माग गर्ने, अन्तर सहकारीलाई प्रोत्साहन गर्ने, सहकारी कर्जको व्यवस्था गर्ने, विशिष्टकृत सहकारीको व्यवस्था, नगरस्तरिय सहकारी संघ खोल्न पाउने व्यवस्था, सहितको ऐन पनि नगरसभाले पास गरेको छ ।

          नगरसभामा पासिरत ऐन र संसोधित वजेटलाई सुझाव दिँदै अतिथि तथा माओवादी केन्द्रका नगर इन्चार्ज विष्णु विष्ट आदर्शले नयाँ संरचनामा जाँदा केहि अलमल हुनु स्वाभाविकै भएको भन्दै आम जनताको अपेक्षा अनुसार स्थानीय कार्यपालिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो साथै नगर सभामा आउँदा सभासदहरुको तयारी नपुगेकोमा गुनासो गर्दै सदस्यहरुले तालि मात्र बजाउने नभई छलफल सहित आउनु पर्ने बताउनु भयो साथै आफ्नो हैसियत अनुसारको वजेट र योजना सहित अगाडि बढ्न् पर्ने बताउनु भयो । त्यसै गरी नेकपा एमालेका थाहा इन्चार्ज विष्णु प्रसाद ढकालले थाहानगरका आशा र भरोसाको केन्द्र नै जनप्रतिनिधि भएकोले अरु नगरपालिका भन्दा नौलो नगर बनाउने जिम्मा प्रतिनिधीहरुलाइ आएको बताउनु भयो । साथै वहाँले २२ करोड भन्दा वढी विकास वजेट खर्च भैसक्दा सो वजेट कार्यान्वयन पक्ष कतिको सवल र सकल भएको छ अनुगमन गर्नुपर्ने बताउदै नगरको वजेट कृषि र पर्यटनमा जोड दिन सके शिक्षा, स्वास्थ्य रोजगारीमा परिवर्तन आउने बताउनु भयो । अर्का अतिथि जिल्ला समन्वय समिति सदस्य चित्र वा. वलामीले पहिला नगरको आवश्यकता पहिचान गरी वजेट प्राथमिकताको आधारमा वितरण गर्नुपर्ने भन्दै वजेट मात्र हालेर विकास नहुने भन्दै नगरको विकासको लागि जनता नै जागरुप भई लगानी सदुपयोग भएको छु की छैन भनेर खवरदारी सहित जनश्रमदानमा सहभागि कुनुपर्नेमा जोड दिनुभयो । साथै वहाँले जनप्रतिनिधिहरुलाई एउटा वडामा एउटा मात्र भएपनि नमुना काम गर्न आग्रह गर्दै अव थाहानगरकोृ १२ ओटै वडा हुनेगरी चक्रपथ निर्माणको अवधारणा ल्याउनुपर्नेमा जोड दिनु भयो ।

अधिवेशनमा नेपाली कांग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठले सवै वडाहरुलाई समान व्यवहार गर्न आग्रह गर्दै अरु ऐनहरु प्नि छिटो–छिटो बनाउन आग्रह गर्नु भयो । नगर सभामा महिला सदस्यहरु आइति तामाङ र जानुका ढकालले महिला विकास कार्यक्रममा पनि वजेट विनियोजन गर्नुपर्ने धारणा राखेका थिए । नगर सभालाई समापन गर्दै सभापति तथा नगर प्रमुख लवशेर विष्टले वजेट विनियोजन र फर्छौटमा हिजो देखि विग्रिएको संस्कार आज स्थानिय तह आएपछि अन्त भएको भन्दै जनताको आवश्यकता अनुसार योजना बनाएर नागरिकलाई सेवा दिन निरन्तर बृहत्तर ढंगले अगाडि बढ्ने भन्दै आगामि आर्थिक वर्षको वजेटमा जनताका उच्च आवश्यकता शिक्षा, स्वास्थ्य, कृषि पर्यटन रोजगारी श्रृजनामा वजेट निर्माणमा ध्यान दिइने बताउनु भयो ।

त्यसै गरी आगामी नगरसभा नहुन्जेल आवश्यक ऐन नियम, निर्देशिका निर्माण गर्न कार्यान्वयन गर्न गराउन नगरपालिकालाई अख्तियारी दिइयो भने नगरपालिकामा खुल्ला प्रतिस्पर्धाबाट वा आन्तरीक प्रतियोगिता मार्फत पदपूर्तिको व्यवस्था गर्न नगर स्तरिय पदपूर्ति समितिमा अध्यक्ष भुवन प्रकाश विष्टको कार्यवधि ५ वर्ष थप्ने निर्णय पन िपारित गरियो त्यसैगरी नगरको १२ ओटै वडामा आधारभुत स्वास्थ्य सेवा दिने उद्धेश्य अनुसार यसै आ.व. भित्र नै थाहा १० चित्तलाङमा  सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने तथा आगामी आ.व. ०७५।०७६ भित्र वडा नं. १,५ र १२ मा समेत सहरी स्वास्थ्य केन्द्र विस्तार गरिने निर्णय गरियो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png