himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

अपडेट

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ

FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर ।
थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको घटना घटेको छ।  असार २२ गते दिउँसो २बजेदेखि ३बजेको बीचको समयमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद१ लाख ५ हजार  नगद सहित मोबाईल ,खुकुरी  समेतको जिन्सी चोरी भएको हो।

घटना सम्बन्धमा स्थानीयवासी र छरछिमेकले दिएको जानकारीका आधारमा संदेह गरिएका तीन जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरीपछि फरार अवस्थामा रहेका उनीहरूलाई सोही दिन पक्राउ गरिएपछि गरिएको र  शरीर तलासीमा चोरीसंग सम्बन्धित विभिन्न सामग्रीहरू फेला परेका छन्।

पक्राउ पर्नेहरूमा जिल्ला सर्लाही हरिवन नगरपालिका–९ बस्ने ३० वर्षीय संजिव परियार, मकवानपुर थाहा नगरपालिका–२ देउलाटोल बस्ने करिब ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे, र ललितपुर गोदावरी नगरपालिका–१३ झरासी बस्ने करिब ३० वर्षीय चमार भन्ने  बिमल नेपाली रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ नगद रू. ६८,९३१।विभिन्न कम्पनीका ५ थान मोबाइल Ncell सिमकार्ड १ थान सुनजस्तो देखिने पहेँलो धातुको औंठी १ थान खुकुरी, कटर चक्कु, एअरपोर्ट, घडी, मूर्ति, विड आदि अन्य सामग्री  फेला पारेको हो।
पीडित बलराम के.सी. र बासुदेव के.सी.ले ईलाका  प्रहरी कार्यालय पालुङमा  छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको छ। पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबू अर्यालले बताउनुभयो।

FB_IMG_1751894448091-1751894500.jpg

बरामद नगद तथा अन्य सामान

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...