pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगरका विद्यालयहरुको एसईई नतिजा सार्वजनिक:- हेर्नुस नतिजा

FB_IMG_1751091906910-1751091940.jpg

थाहा नगरपालिका, मकवानपुर — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएपछि थाहा नगर क्षेत्रका विद्यालयहरुको समग्र परिणाम सार्वजनिक गरिएको छ। सार्वजनिक विवरण अनुसार निजी विद्यालयहरुले उच्च सफलता दर कायम गरेका छन् भने सार्वजनिक विद्यालयहरुको नतिजा तुलनात्मक रुपमा कमजोर देखिएको छ।

थाहा नगरपालिका अन्तर्गत १८ वटा माध्यमिक विद्यालयबाट ४९५ जना विद्यार्थी परीक्षा दिएका थिए। तीमध्ये २१७ जना मात्र ग्रेडसहित उत्तीर्ण भएका छन्। समग्र ग्रेडिङ प्रतिशत ४४.२९% मा सीमित रहेको छ।

सबैभन्दा राम्रो नतिजा पालुङ मोर्डन इङ्लिस स्कुल थाहा-१ ले हासिल गरेको छ। यहाँका ४ वटै विद्यार्थी उत्तीर्ण भई १०० प्रतिशत सफलता दर देखिएको छ। त्यसपछि पालुङ भ्याली हर्ट एकेडेमी, थाहा-३ ले ८५ प्रतिशत र इअन इङ्लिस स्कुल थाहा-६ ले ७५ प्रतिशत सफलता दर हासिल गरेका छन्।

निजी विद्यालयहरुमध्ये अधिकांशले ७० प्रतिशतभन्दा माथिको नतिजा ल्याएका छन्।

विपरीत, अधिकांश सार्वजनिक विद्यालयहरुको सफलता दर ५० प्रतिशतभन्दा तल देखिएको छ। सामुदायिक तर्फ झम्केश्वरी मावि, थाहा-१ मा ३१ विद्यार्थीमध्ये १३ जना मात्र उत्तीर्ण (४१.९३%), मत्स्यनारायण मावि, थाहा-२ मा ३२ मध्ये १४ जना (४३.७५%) र सुनौला मावि, थाहा-१ मा २१ मध्ये ९ जना (४२.८६%) मात्र ग्रेड प्राप्त गर्न सफल भएका छन्।
जनकल्याण मावि प्राविधिक धार तर्फ  १६ मध्ये ६ जना मात्र उत्तीर्ण (३७.५०%) र साधारण तर्फ ४१ मा १३ जना उतिर्ण भए ।

समग्रमा, यस वर्ष पनि निजी विद्यालयहरुको नतिजा सार्वजनिक विद्यालयभन्दा धेरै उत्कृष्ट देखिएको छ। थाहा नगरपालिकाका शिक्षा क्षेत्रका सरोकारवालाहरुले सार्वजनिक विद्यालयमा सुधारका लागि नीतिगत परिवर्तन र शैक्षिक लगानी आवश्यक रहेको बताएका छन्।

नगरपालिकाले सबै विद्यालयको विश्लेषणात्मक नतिजा आधारमा सुधारका कार्यक्रम अघि बढाउने तयारी गरेको जानकारी दिएको छ। हेर्नुस नतिजा

FB_IMG_1751091528032-1751091940.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg