pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरका विद्यालयहरुको एसईई नतिजा सार्वजनिक:- हेर्नुस नतिजा

FB_IMG_1751091906910-1751091940.jpg

थाहा नगरपालिका, मकवानपुर — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएपछि थाहा नगर क्षेत्रका विद्यालयहरुको समग्र परिणाम सार्वजनिक गरिएको छ। सार्वजनिक विवरण अनुसार निजी विद्यालयहरुले उच्च सफलता दर कायम गरेका छन् भने सार्वजनिक विद्यालयहरुको नतिजा तुलनात्मक रुपमा कमजोर देखिएको छ।

थाहा नगरपालिका अन्तर्गत १८ वटा माध्यमिक विद्यालयबाट ४९५ जना विद्यार्थी परीक्षा दिएका थिए। तीमध्ये २१७ जना मात्र ग्रेडसहित उत्तीर्ण भएका छन्। समग्र ग्रेडिङ प्रतिशत ४४.२९% मा सीमित रहेको छ।

सबैभन्दा राम्रो नतिजा पालुङ मोर्डन इङ्लिस स्कुल थाहा-१ ले हासिल गरेको छ। यहाँका ४ वटै विद्यार्थी उत्तीर्ण भई १०० प्रतिशत सफलता दर देखिएको छ। त्यसपछि पालुङ भ्याली हर्ट एकेडेमी, थाहा-३ ले ८५ प्रतिशत र इअन इङ्लिस स्कुल थाहा-६ ले ७५ प्रतिशत सफलता दर हासिल गरेका छन्।

निजी विद्यालयहरुमध्ये अधिकांशले ७० प्रतिशतभन्दा माथिको नतिजा ल्याएका छन्।

विपरीत, अधिकांश सार्वजनिक विद्यालयहरुको सफलता दर ५० प्रतिशतभन्दा तल देखिएको छ। सामुदायिक तर्फ झम्केश्वरी मावि, थाहा-१ मा ३१ विद्यार्थीमध्ये १३ जना मात्र उत्तीर्ण (४१.९३%), मत्स्यनारायण मावि, थाहा-२ मा ३२ मध्ये १४ जना (४३.७५%) र सुनौला मावि, थाहा-१ मा २१ मध्ये ९ जना (४२.८६%) मात्र ग्रेड प्राप्त गर्न सफल भएका छन्।
जनकल्याण मावि प्राविधिक धार तर्फ  १६ मध्ये ६ जना मात्र उत्तीर्ण (३७.५०%) र साधारण तर्फ ४१ मा १३ जना उतिर्ण भए ।

समग्रमा, यस वर्ष पनि निजी विद्यालयहरुको नतिजा सार्वजनिक विद्यालयभन्दा धेरै उत्कृष्ट देखिएको छ। थाहा नगरपालिकाका शिक्षा क्षेत्रका सरोकारवालाहरुले सार्वजनिक विद्यालयमा सुधारका लागि नीतिगत परिवर्तन र शैक्षिक लगानी आवश्यक रहेको बताएका छन्।

नगरपालिकाले सबै विद्यालयको विश्लेषणात्मक नतिजा आधारमा सुधारका कार्यक्रम अघि बढाउने तयारी गरेको जानकारी दिएको छ। हेर्नुस नतिजा

FB_IMG_1751091528032-1751091940.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...