Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहा तिन दम्कीमा गाउँघर क्लिनिक उद्घाटन

61533675_1028814130839358-1559200623.jpg

थाहा नगरपालिका वडा नं ३ दम्कीमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । क्लिनिक सञ्चालन समितिका अध्यक्ष कमल कुमार के।सीको सभाध्यक्षतामा आज १५ जेट बुधबार औपचारिक कार्यक्रम गरि क्लिनिक उद्घाटन गरिएको हो । 
क्लिनिकको उद्घाटन थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यताबाट  व्यानर खोलेर गाउँघर क्लिनिकको उद्घाटन गरिएको हो  । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले शहरी स्वास्थ्य केन्द्र स्थापना नगरको अत्यावश्यक र विकट ठाउँलाई प्राथमिकता दिएर गरिरहेकोले विकट ठाउँमा स्थापना भैसकेपछि  आवश्यकता अनुसार वडाहरुमा स्थापन गर्ने योजना रहेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गा छनौट गरिराख्न स्थानियलाई अनुरोध गरेको छ । उनले ७०र३० को बजेट प्रणाली अन्तर्गत काम गर्न योजनाहरु नआएको प्रती दुखेसो गर्दै विकासका कामहरु गर्न योजना ल्याउन समेत अनुरोध गरे ।
 
प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर प्रविण पठकबाट कान्छी विष्टको स्वास्थ्य जाँच र प्राथमिक उपचार बाकसको हस्तान्तरण गरि गरिएको थियो ।
गाउँघर क्लिनिक मार्फत प्रेसर, घाउखटिरा, प्राथमिक स्वास्थ्य केन्द्र सम्म जान नसक्ने वृद्धहरुको स्वास्थ्य जाँच लगायतका सामान्य स्वास्थ्य सेवा प्रदान गरिने संचालन समितिका अध्यक्ष के। सीले बताए ।  डाक्टर वा सो सरहको एकजना र स्टाफको व्यवस्थापन हुनुपर्ने माग राख्दै उनले अहिले क्लिनिक महिनामा २ दिन खुल्ने सहमति भएको बताए  । उनले गाउँघर क्लिनिकको लागि ९९ प्रतिशत कुनै स्वार्थ नराखी सहयोग गर्ने र १ प्रतिशत आर्थिक सहयोज कतै बाट आए झन सहज हुने समेत बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठकले गाउँघर क्लिनिक प्राथमिक केन्द्रमा जान नसक्ने अवस्थामा उपचार गर्नका लागि खुलेको र त्यसलाई शहरी स्वास्थ्य केन्द्रमा परिणत गर्न पहल भए राम्रो हुने बताए   उनले स्थनियबासीले ठूलै अपेक्षा गर्न नहुने तर स्वास्थ केन्द्रले गर्न सक्ने सम्पुर्ण सहयोग गर्न तत्पर भएको बताए ।

वडा नं ३ का अध्यक्ष के।सीले गाउँघर क्लिनिकको लागि दिएको ३० हजार उपयोगी भएको बताए । उनले बाटाघाटा मात्र विकास नभएर शिक्षा स्वास्थ्यलाई पनि प्राथमिकतामा लानु पर्नेमा जोड दिए ।
कार्यक्रममा वडा नं ३  अध्यक्ष राजेश के।सी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठक, विष्णु विष्ट, अरुण रायमाझी, हरिकृष्ण कार्की,  व्यवस्थापन समितिका सचीव राजकुमार कुइँकेल लगायतको संञ्चारकर्मीको  उपस्थिति रहेको थियो  ।

 


 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg