pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा तिन दम्कीमा गाउँघर क्लिनिक उद्घाटन

61533675_1028814130839358-1559200623.jpg

थाहा नगरपालिका वडा नं ३ दम्कीमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । क्लिनिक सञ्चालन समितिका अध्यक्ष कमल कुमार के।सीको सभाध्यक्षतामा आज १५ जेट बुधबार औपचारिक कार्यक्रम गरि क्लिनिक उद्घाटन गरिएको हो । 
क्लिनिकको उद्घाटन थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यताबाट  व्यानर खोलेर गाउँघर क्लिनिकको उद्घाटन गरिएको हो  । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले शहरी स्वास्थ्य केन्द्र स्थापना नगरको अत्यावश्यक र विकट ठाउँलाई प्राथमिकता दिएर गरिरहेकोले विकट ठाउँमा स्थापना भैसकेपछि  आवश्यकता अनुसार वडाहरुमा स्थापन गर्ने योजना रहेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गा छनौट गरिराख्न स्थानियलाई अनुरोध गरेको छ । उनले ७०र३० को बजेट प्रणाली अन्तर्गत काम गर्न योजनाहरु नआएको प्रती दुखेसो गर्दै विकासका कामहरु गर्न योजना ल्याउन समेत अनुरोध गरे ।
 
प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर प्रविण पठकबाट कान्छी विष्टको स्वास्थ्य जाँच र प्राथमिक उपचार बाकसको हस्तान्तरण गरि गरिएको थियो ।
गाउँघर क्लिनिक मार्फत प्रेसर, घाउखटिरा, प्राथमिक स्वास्थ्य केन्द्र सम्म जान नसक्ने वृद्धहरुको स्वास्थ्य जाँच लगायतका सामान्य स्वास्थ्य सेवा प्रदान गरिने संचालन समितिका अध्यक्ष के। सीले बताए ।  डाक्टर वा सो सरहको एकजना र स्टाफको व्यवस्थापन हुनुपर्ने माग राख्दै उनले अहिले क्लिनिक महिनामा २ दिन खुल्ने सहमति भएको बताए  । उनले गाउँघर क्लिनिकको लागि ९९ प्रतिशत कुनै स्वार्थ नराखी सहयोग गर्ने र १ प्रतिशत आर्थिक सहयोज कतै बाट आए झन सहज हुने समेत बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठकले गाउँघर क्लिनिक प्राथमिक केन्द्रमा जान नसक्ने अवस्थामा उपचार गर्नका लागि खुलेको र त्यसलाई शहरी स्वास्थ्य केन्द्रमा परिणत गर्न पहल भए राम्रो हुने बताए   उनले स्थनियबासीले ठूलै अपेक्षा गर्न नहुने तर स्वास्थ केन्द्रले गर्न सक्ने सम्पुर्ण सहयोग गर्न तत्पर भएको बताए ।

वडा नं ३ का अध्यक्ष के।सीले गाउँघर क्लिनिकको लागि दिएको ३० हजार उपयोगी भएको बताए । उनले बाटाघाटा मात्र विकास नभएर शिक्षा स्वास्थ्यलाई पनि प्राथमिकतामा लानु पर्नेमा जोड दिए ।
कार्यक्रममा वडा नं ३  अध्यक्ष राजेश के।सी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रविण पाठक, विष्णु विष्ट, अरुण रायमाझी, हरिकृष्ण कार्की,  व्यवस्थापन समितिका सचीव राजकुमार कुइँकेल लगायतको संञ्चारकर्मीको  उपस्थिति रहेको थियो  ।

 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...