Thursday, 09 May, 2024
मनाेरञ्जन

थाहा कला केन्द्रले नयाँ वर्षमा नयाँ अभियान घोषणा गर्दै 

55437890_580512902452725_-1553490775.png


थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा कार्यक्रम गर्ने भएको छ । थाहा कलाकेन्द्रको अफिसियल फेसबुक पेज मार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो । सामाजिक सञ्जाल फेसबुक पेजमा ुुनयाँ वर्ष २०७६ सालको पावन अवसरमा यहि वैशाख १ गते यस थाहा कलाकेन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभिको उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएकोले समस्त थाहा कलाकेन्द्रका सदस्य तथा सम्पूर्ण सरोकारवालाहरुलाई उक्त कार्यक्रममा सरिक भैदिनुहुन विनम्र अनुरोध छ ुु भनेर लेखिएको सुचनामा शिखरकोट थाहा कलाकेन्द्रको आफ्नै कार्यालयमा उपस्थितिको लागि आह्वान गरेको छ । Image may contain: 4 people
कार्यक्रममा हाल थाहा नगरपालिकामा केन्द्रित रहेर विविध कार्यक्रम प्रसारण गर्दै आएको युटुभ च्यानल ईसरोकार टिभिले थोरै समयमै पनि अत्यन्तै लोकप्रियता जमाउँदै १० हजार भन्दा बढि सब्स्क्राईब सदस्य, पाएकोमा विषेश खुसी साँटासाँट कार्यक्रम सहित विषेश सामारोहको विचमा केक काटेर भावि निति तथा योजना तय गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले थाहा पाटिलाई जानकारी दिएका छन् ।
 २०७२ साल जेष्ठ ९ गते औपचारिक घोषणा गरि स्थापना गरिएको थाहा कला केन्द्र विगत देखि वर्तमानसम्म फरक फरक अभियानको रुपमा प्रस्तुत हुँदै आईरहेको छ । थाहा कला केन्द्रले आयोजना गरेको मकवानपुर जिल्लामै पहिलो पटक अडिसनहरु सहितको जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल कला केन्द्रको चिनारी बनेको थियो । 
त्यस लगत्तै थाहा केन्द्रले, कला संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने आफ्नो मूल नारालाइ आत्मसाथ गर्दै कला र संस्कृति जगतमा अत्यधिक क्रियाशिलता जगाउँदै यसै माध्यमबाट समाजमा विद्यमान समस्या आत्महत्या, बालबिवाह, सामाजिक विकृति विसंगति लगायतका समस्याहरु न्युनिकरण प्रयास स्वरुप उत्तरी मकवानपुर मै पहिलो पटक नेपाली कथानक चलचित्र परिवर्तित मनको संवाहक कल्चर नामक चलचित्र निर्माण गर्न समेत सफल भईसकेको छ । 
आफ्नो सम्पूर्ण सदस्यहरुलाई निशुल्क रुपमा कलाकारिताका कक्षाहरु सञ्चालन गर्दै आईरहेको थाहा कला केन्द्रले हालससम्म उक्त चलचित्र मकवानपुर जिल्लाको विभिन्न १३ स्थानमा १७ औ पटक च्यारिटि शो समेत गरिसकेको छ । विभिन्न नयाँ समाजिक अभियानहरु सञ्चालन गर्दै आईरहेको कला केन्द्रले आगामी अभियान भने खुलाएको छैन  । आगामि अभियान वैशाख १ गतेकै समारोहमा घोषणा गरिने कला केन्द्रको सञ्चार संयोजक कौशिला वाईवाले जानकारी दिएका छन् । 
थाहा कला केन्द्र मकवानपुर जिल्लाकै स्थापित, व्यवस्थित अनि फरक ढंकको अभियान चाल्ने एक मात्रै कला केन्द्र हो जसको आफ्नै परिचय गीत समेत रहेको छ ।


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...