pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा समुदाय स्तरमा कोरोना फैलिन नदिनेबारे छलफल

korona-xalfal-1597306856.jpg

थाहानगरमा कोरोना भाइरस रोकथाम र निरन्त्रणबारे थाहा नगर उद्योग  बाणिज्य संघले सरोकारवालाको सहभागितामा छलफल कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरू, होटल एसमेसियसन, प्रहरी लगायतको सहभागितामा बिहीबार दिउँसो छलफल भएको हो ।

छलफलकै क्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरमा कोरोना संक्रमित भेटिएमा आइसोलेशनको अभावले व्यवस्थापनको समस्या भएको बताउनुभयो । थाहानगरमा पनि लकडाउन या निषेधाज्ञा जारी गर्नुपर्ने चर्चा  चलिरहेको बेला उहाँले केही दिनको लागि लकडाउन गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो । ‘एकदिन त बाहिर निस्कनै पर्छ, त्यसैले लकडाउन स्थायी समाधान होइन’ उहाँले भन्नुभयो ।

‘हामी आइसोलेशन त बनाउन सक्छौं, तर भेन्टिलेटरको सम्भावना छैन, जनशक्तिको पनि अभाव छ,’ उहाँले भन्नुभयो  । सदरमुकाममा भेन्टलेटरसहितको आइसोलेशन बनाउने र स्थानीय तहहरुमा कम्तिमा १० सिटको आइसोलेशन वार्ड बनाउने गरी प्रदेश कोभिड व्यवस्थापन केन्द्रमा छलफल गर्नेे उहाँले बताउनुभयो । 

हरेक वडामा कम्तिमा ७० जनाको स्वाब संकलन गर्नेगरी तयारी भइरहेको नगरप्रमुख बिष्टले जानकारी दिनुभयो ।  ‘त्यसपछि के रिपोर्ट आउँछ, सोही अनुसार निर्णय गर्छाैँ,’ उहाँले भन्नुभयो । भेन्टिलेटर र लक्षण देखिएका कोरोना संक्रमितहरुको जिम्मा प्रदेशले लिनुपर्ने उहाँको भनाइ रहेको छ ।

थाहाका उपप्रमुख खड्ग गोपालीले सबैको सुझावलाई समेटेर नगरपालिका अघि बढ्ने बताउनुभयो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विकासराज तामाङले डरका कारण शुरुमा मानसहरु घर बाहिर ननिस्किएको र बिस्तारै त्यो अनुशासन पालना हुन छाडेको बताउनुभयो । 

भीडभाड भैरहने हुनाले प्रहरी आफै पनि जोखिममा रहेको उहाँले बताउनुभयो । शुरुमा जनचेतनाको कार्यक्रम गर्ने र अटेर भएमा मास्क नलगाउनेलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा सहभागीहरुले फ्रन्टलाइनमा बसेकाहरुको पिसिआर परीक्षण गर्नुपर्ने, आइसोलेसन निर्माण गर्नुपर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने लगायतको धारणा राखेका थिए ।

कार्यक्रममा  त्रिभुवन राजपथ भई संचालन हुने सवारीसाधन, पदल यात्रुलगायतमा सचेतना फैलाउनु पर्नेसमेत छलफल भएको थियो । 

संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको छलफलमा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।   
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...