Saturday, 04 May, 2024
स्वास्थ्य

थाहामा समुदाय स्तरमा कोरोना फैलिन नदिनेबारे छलफल

korona-xalfal-1597306856.jpg

थाहानगरमा कोरोना भाइरस रोकथाम र निरन्त्रणबारे थाहा नगर उद्योग  बाणिज्य संघले सरोकारवालाको सहभागितामा छलफल कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरू, होटल एसमेसियसन, प्रहरी लगायतको सहभागितामा बिहीबार दिउँसो छलफल भएको हो ।

छलफलकै क्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरमा कोरोना संक्रमित भेटिएमा आइसोलेशनको अभावले व्यवस्थापनको समस्या भएको बताउनुभयो । थाहानगरमा पनि लकडाउन या निषेधाज्ञा जारी गर्नुपर्ने चर्चा  चलिरहेको बेला उहाँले केही दिनको लागि लकडाउन गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो । ‘एकदिन त बाहिर निस्कनै पर्छ, त्यसैले लकडाउन स्थायी समाधान होइन’ उहाँले भन्नुभयो ।

‘हामी आइसोलेशन त बनाउन सक्छौं, तर भेन्टिलेटरको सम्भावना छैन, जनशक्तिको पनि अभाव छ,’ उहाँले भन्नुभयो  । सदरमुकाममा भेन्टलेटरसहितको आइसोलेशन बनाउने र स्थानीय तहहरुमा कम्तिमा १० सिटको आइसोलेशन वार्ड बनाउने गरी प्रदेश कोभिड व्यवस्थापन केन्द्रमा छलफल गर्नेे उहाँले बताउनुभयो । 

हरेक वडामा कम्तिमा ७० जनाको स्वाब संकलन गर्नेगरी तयारी भइरहेको नगरप्रमुख बिष्टले जानकारी दिनुभयो ।  ‘त्यसपछि के रिपोर्ट आउँछ, सोही अनुसार निर्णय गर्छाैँ,’ उहाँले भन्नुभयो । भेन्टिलेटर र लक्षण देखिएका कोरोना संक्रमितहरुको जिम्मा प्रदेशले लिनुपर्ने उहाँको भनाइ रहेको छ ।

थाहाका उपप्रमुख खड्ग गोपालीले सबैको सुझावलाई समेटेर नगरपालिका अघि बढ्ने बताउनुभयो । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विकासराज तामाङले डरका कारण शुरुमा मानसहरु घर बाहिर ननिस्किएको र बिस्तारै त्यो अनुशासन पालना हुन छाडेको बताउनुभयो । 

भीडभाड भैरहने हुनाले प्रहरी आफै पनि जोखिममा रहेको उहाँले बताउनुभयो । शुरुमा जनचेतनाको कार्यक्रम गर्ने र अटेर भएमा मास्क नलगाउनेलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा सहभागीहरुले फ्रन्टलाइनमा बसेकाहरुको पिसिआर परीक्षण गर्नुपर्ने, आइसोलेसन निर्माण गर्नुपर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने लगायतको धारणा राखेका थिए ।

कार्यक्रममा  त्रिभुवन राजपथ भई संचालन हुने सवारीसाधन, पदल यात्रुलगायतमा सचेतना फैलाउनु पर्नेसमेत छलफल भएको थियो । 

संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको छलफलमा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।   
 


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...