pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहामा शहरी स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

1743169259614-1743170297.jpg

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत एक दिने नसर्ने रोग सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गरेको छ । 

जनप्रतिनिधि र सरोकारवालालाई नसर्ने रोगबारे अभिमुखीकरण गर्नु हुदै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले आफु स्वास्थ्य भए आफ्नौ घर आगाँन देखि परिवार र समाज स्वास्थ्य रहने भएकाले यहाँका स्थानीय सरकारले आफ्नौ क्षेत्रका नसर्ने रोग र सर्ने रोग बारे जनचेतना गरिएको बताए । राज्यले बागमती प्रदेशका जनतालाई मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत  यहाँका नागरिकलाई स्वास्थ्य क्षेत्रमा लाभ मिलेको र यहाँका नागरिकले  नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर यहाँका नागरिकलाई नसर्ने रोगबाट मुक्त गर्न बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका रोग बारे सचेतीकरण गरिएको उनले बताए ।
कार्यक्रमबारे जानकारी दिदै स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पहिले सर्ने रोगहरुलाई मात्र प्राथमिकतामा राखी अभिलेख राख्दै आएको भएपनी अहिले सरकारले नसर्ने रोगको बारेमा जनचेतना दिइरहेको बताउनु भयो । नसर्ने रोग भनेको मुटु रोग ,मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास रोगहरु पर्ने स्वास्थ शाखा प्रमुख बलामीले जानकारी दिनुभयो ।

 स्वास्थकर्मी तथा सरोकारवालाहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा विश्वभरमा ८०% मानिसहरुको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक रहेको रहेको जनस्वास्थ्य प्रमुख मिजारले बताउनु भयो ।
कार्यक्रममा तीन बर्षको आयोजनाको अन्तिम बर्ष भएकोले शहरी स्वास्थ्य कार्यक्रम अब स्थानीय तह र स्वास्थ्य संस्थाहौलाइ कार्यक्रम हस्तान्तरण सहित शहरी स्वास्थ्य कार्यक्रमलाई स्थानिय स्वास्थ्य प्रणालीमा समाहित गर्ने र जनस्वास्थ्य कार्यक्रम हरुमा जोड दिने बताइयो।

अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर,लक्ष्मण घिमिरे,खोप तथा बालस्वास्थ्य फोकल पर्सन बासुदेव रिमाल  थाहा नगरपालिका भित्र रहेका ७ वटा शहरी स्वास्थ्य संस्थाका प्रमुख हरु,महिला स्वास्थ्य स्वयंसेविका हरु,जनप्रतिनिधि,स्थानीय युवा क्लवका प्रतिनिधि,संचारकर्मी,स्वास्थ्यकर्मी,लगायतका सहभागी रहेको थियो।

कार्यक्रममा सहभागी हरुले बढ्दो शहरीकरण संगै नसर्ने रोगको चुनौती बढ्दै गैरहेकोमा सरोकारवाला हरुले चिन्ता व्यक्त गर्दै रोकथामको उपायहरु अपनाउनुपर्नेमा जोड दिएका थिए।

1743169254010-1743170297.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg