gumba-1715660528.jpg
Monday, 20 May, 2024
अपडेट

थाहामा रुदानेको ८४ औं जन्म जयन्ती मनाईदै, फरक सोचले विभिन्न व्यक्तीत्व सम्मान गर्दै

सामाजिक कार्यमा क्रियाशिल थाहा नगरको फरक सोच अभियानले विगतको वर्षमा झैं यस वर्ष पनि दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सव तथा तेस्रो थाहा दिवस आज मनाउदै छ । मकवानपुर क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्य विरोध खतिवडाको प्रमूख आतिथ्यमा थाहा नगरको विकास घरमा  भईरहेको कार्यक्रममा विगतका कार्यक्रमको निरन्तरता दिदै  फरक सोचले रुदानेको जन्मोत्सवको रुपमा तेस्रो थाहा दिवस तथा शैक्षिक क्षेत्रमा थाहा नगरको लागि अभियन्ता समेत रहेका तिर्थदास श्रेष्ठको स्मृतिमा यस वर्ष पनि विभिन्न शिर्षकमा चौंथो तिर्थदास स्मृति सामाजिक सम्मान कोष अन्र्तगत जनकल्याण मावि मा ३२ वर्ष देखि कार्यरत शिक्षक नरेन्द्र प्रसाद सिंह लाई सम्मान गर्ने  भएको छ । 
   सामाजिक सम्मान सहित स्थानिय निर्वाचनमा थाहा नगरको पहिलो निर्वाचित नगर प्रमूख  र उप प्रमूखलाई  अभिनन्दन गर्ने पनि फरक सोच अभियानले जनाएको छ ।  
तेस्रो थाहा दिवसकै दिन जिल्लामा कार्यरत पत्रकार मध्येबाट लामो समय देखि रेडियो तथा छापा पत्रकारिता गर्दै आउनु भएका कुमार नेगीलाई थाहा पत्रकारीता सम्मानबाट सम्मान गर्ने तयारी रहेको अभियान्ता सुरज कुमार भुजेलले बताउनु भयो ।   
    थाहा दिवसकै अवसरमा नारि शिक्षा कोष अन्र्तगत थाहा नगरका माध्यामिक तहका २० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरिने तयारी रहेको छ । 
   मकवानपुर क्षेत्र नं. २ प्रतिनिधि सभाको सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, जनप्रतिनिधी, संघ संस्था तथा कार्यलयका प्रतिनिधी लगाएत आम जनसमुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्न विभिन्न माध्यमबाट निमन्त्रणा गरिसकिएको र कार्यक्रम तयारी पुरा भएको फरक सोच अभियानता रामकुमार कार्कीले जानकारी दिनु भयो । 
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...