jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

थाहामा मन्त्री फुयाँलको एकैदिन ४ वटा कार्यक्रम, चुनावी कोण सभाको झल्को

rameshowr-1605524172.jpg

कुमार नेगी
अहिले कुनै आम निर्वाचन भइरहेको छैन । न त कुनै राजनीतिक आन्दोलको घोषणा नै भएको छ । त्यसैले सामान्यतया कोण सभा/आम सभाका कार्यक्रमहरु पनि नहुने नै भए । तर, गत कात्तिक २७ गतेको बागमती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँल सहभागी थाहानगरका  कार्यक्रमहरु हेर्दा कतै कुनै निर्वाचन हुन लागिरहेको हो की भन्ने महसुस भने धेरैले गरे । सामान्यतया मानिसहरुले चुनावको बेलामा मात्र नेताहरु भ्याइनभ्याईसँग दौडेको र टोलटोलमा पुगेर कोण सभाहरु गरेको देखेका छन् । 


एकै दिन चारवटा कार्यक्रम
त्यसदिन विहान साँढे ८ बजे सीमभन्ज्याङमा कार्यक्रम तय गरिएको थियो । थाहानगरका प्रमुख लवशेर विष्ट, राजनीतिक सल्लाहकार विष्णु विष्ट, नेकपा थाहानगरका सचिवालय सदस्य विमलकुमार ढकाललगायत टोली सीमभन्ज्याङ पुग्नुअगावै हेटौंडाबाट भौतिक मन्त्री सीमभन्ज्याङ आइसक्नुभएको थियो । उहाँसँग मन्त्रालयका सचिब, डिभिजन खानेपानीका प्रमुख, डिभिजन सिँचाइका प्रमुखलगायत उच्च तहका अधिकारीहरु पनि थिए । त्यहाँ १ घण्टाजति कार्यक्रम भयो । त्यसपछि हुईंकिएको मन्त्रालय, मन्त्रालयअन्तर्गतका कार्यालय, थाहा नगरपालिका सहितको सरकारी गाडीहरुको लावालस्कर थाहा–३ गोपाली गाउँमा गएर रोकियो । त्यहाँ पनि १ घण्टाजति कार्यक्रम भयो । त्यसपछि थानाबजारमा हतारहतार खाना खाएर टोली थाहा–१ कुन्छाल पुग्यो । त्यहाँ अलि बढीसमय कार्यक्रम चल्यो । कुन्छालबाट थाहा–९ चित्लाङ पुग्दा झण्डै ५ बज्न लागेको थियो । घाम डुब्ने बेला चित्लाङको गुर्जुधारामा कार्यक्रम शुरु भयो । कार्यक्रम सकिँदा झण्डै झमक्क भैसकेको थियो । 

कोण सभाको झल्को
एकै दिन भएका चारवटै कार्यक्रमहरु लगभग एउटै प्रकृतिका थिए । सीमभन्ज्याङको कार्यक्रम अनौपचारिक प्रकृतिको भए पनि चारैवटा कार्यक्रममा प्रमुख वक्ता भौतिक मन्त्री रहनुभएको थियो । त्यसपछिको वक्ता थाहा नगरपालिकाको प्रमुख र उपप्रमुख रहनुभएको थियो । चित्लाङका कार्यक्रममा भने नगर प्रमुख÷उपप्रमुखले बोल्नु भएन । सबै कार्यक्रम स्थलमा प्रवेश गर्दा स्थानीयले गलाभरि  सयपत्री फूलको माला पहि¥याइदिएका थिए । दुई ठाउँमा बाजा बजाएर स्वागत गरिएको थियो । एकातिर अतिथिहरु र अर्कातिर सर्वसाधारण बस्नेगरी बसाई व्यवस्थापन गरिएको थियो । कुन्छालको कार्यक्रममा स्पिकर(साउण्ड सिस्टम)को पनि व्यवस्था गरिएको थियो । 

आश्वासन र ताली
मुख्य वक्ताको रुपमा भौतिक मन्त्रीले बोल्नुहुँदा बेलाबेला पररर ताली बज्थ्यो । अब गाउँमा साँच्चै विकास हुने भयो, केही राम्रो हुने भयो भन्ने भाव उपस्थित टोलबासीहरुमा झल्किएको देखिन्थ्यो । मन्त्री फुयाँलले सीमभन्ज्याङमा पर्वतीय ताल बनाउने, गोपाली गाउँमा सेतीगणेश मन्दिर र धारा संरक्षण, कुन्छालमा साँस्कृतिक सम्पदा संरक्षण र चित्लाङमा धारा संरक्षण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक बनाउने विषयमा बोल्नु भयो ।  हरेक कार्यक्रममा उहाँले भन्नुभयो, ‘एक खुट्टो स्थानीयको, एक खुट्टो नगरपालिकाको र अर्को दुई खुट्टो प्रदेश सरकारको ।’ उहाँले दुई खुट्टा प्रदेश सरकारको रहने आश्वासन दिनुभयो ।  थाहा नगरवासीलाई आश्वस्त  पार्दैै मन्त्री फुयाँलले कुन्छाल -कुुुुलेखानी सडक ४५ वर्ष पुराानो भएपनि अहिलेसम्म पिच हुुन नसकेकाेेमा अब पिच हुने बताउनुभयाेे । ' एकैपटक सबै पिच नहाेला, तर शुुरुवात हुुुुन्छ' उहाँले भन्नुुुुुुभयाे । उहाँले थप्नुभयो, ‘गाउँ र सहर बराबरी, महिला र पुरुष बराबरी, शारीरिक र मानसिक श्रम बराबरी ।’ यति भन्दै उहाँले सभामा महिलाहरु गन्नुहुन्थ्यो । उहाँले नगर प्रमुख लवशेर विष्टलाई आगामी दिनमा कार्यक्रम आयोजना गर्दा महिलालाई पनि वक्ता बनाउन आग्रह गर्नुभयो । 

लिच्वविपछिको स्वर्ण युग
कात्तिक २७ गतेको चारवटै कार्यक्रममा मन्त्री फुयाँलले नछुटाउनु भएको अर्को विषय हो, ‘दुई तिहाइको सरकार, राजनेता ओली र लिच्छविपछिको स्वर्ण युग ।’ कार्यक्रमहरुमा भौतिक मन्त्रीले तेलदेखि रेलसम्मको कार्यक्रममा सफल ‘राजनेता’ ओलीको कारण इतिहासमा लिच्छवि कालपछि अर्थात् १२ सयवर्षपछि फेरि स्वर्ण युग आएको बताउनुभयो । केन्द्रमा केपी ओली प्रधानमन्त्री, सरकारमा डोरमणि पौडेल मुख्य मन्त्री र स्थानीय तहमा लवशेर विष्ट÷खड्ग गोपालीहरुको नेतृत्व भएको बेला सफल नभए कहिले हुने ? इतिहासले मागेका पात्रहरु अहिले मुख्य भुमिकामा रहेकोले उहाँहरुबाटै विकास सम्भव हुनेमा मन्त्री फुयालको पूर्ण विश्वास छ । 

कुराले चिउरा भिज्दैन
तत्कालिन नेकपा एमालेका महासचिब स्व. मदन भण्डारीको भनाईलाई मन्त्री फुयाँलले चारवटै कार्यक्रममा सम्झिनुभयो । भाषणको अन्त्यतिर मन्त्री फुयाँलले भन्नुहुन्थ्यो, ‘कुराले चिउरा भिज्दैन ।’ उहाँले कामै गरेर देखाउने वाचा गर्नुभएको छ । आफ्नो गाउँको विकासमा गाउँकै मानिसहरु अघि सर्नुपर्छ भन्नेमा मन्त्रीको जोड रहेको थियो । 

फूल रोप्नुस्, विरुवा रोप्नुस्
कार्यक्रमहरुमा मन्त्री फुयाँलले प्रत्येक घरपरिवारले कम्तिमा २/२ फूल तथा विरुवा रोप्न आग्रह गर्नुभयो । सीमभन्ज्याङको कार्यक्रममा त अझ उहाँले पर्वतीय ताल निर्माणको प्रक्रियासँग एक महिनाभित्र फूल र विरुवा रोप्न स्थानीयहरुलाई समय नै तोकिदिनुभयो । उहाँले भन्नुभयो–‘एक महिनामा म आउँछु, तपाईंहरु प्रत्येकको घरमा दुईदुईवटा फूल र विरुवा रोपिएको हुनुपर्छ ।’ मन्त्री फुयाँलले यसो भनिरहँदा अहिले तुषारो पर्ने समयमा फूल र विरुवा दुबै रोप्ने काम उपयुक्त नभएको भन्दै एकअर्कामा कानेखुसी गरेका थिए । करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद लामाले त्यसैबखत भन्नुभयो, ‘पर्वतीय तालको विकासका लागि हाम्रो तर्फबाट अग्रसरता हुन्छ, तर मन्त्री ज्यूले भन्नुभए जस्तो फुल रोपेपनि तुषारोबाट जोगाउन गाह्रो छ ।’

अन्त्यमा,

विषय फरक भए पनि उही नेता, उही वक्ता, उस्तै संख्यामा सहभागिता, उस्तै  तामधाम, उस्तै शैलीको चारवटा कार्यक्रमको रिपोर्टिङ गरेर फर्किँदा रात छिप्पिन लागेको थियो । जिउ थकित भएको थियो । यो आलेख बिट मार्दै गर्दा मन्त्री फुयाँलले भनेको कुरा सम्झिरहेको छु, ‘कुराले चिउरा भिज्दैन ।’ मन्त्री फुयाँलले भन्नु भएजस्तै काम भयो भने कात्तिक २७ गतेका कार्यक्रमहरु विकासका लागि कोशे ढुङ्गा बन्नेछ, अन्यथा चुनावी कोण सभाभन्दा कुनै फरक हुने छैन । 

(नेगी थाहापाटी डटकमकाे सम्पादक हुनुहुन्छ ।)


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...