pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा फागुन १३ गते देखि दादुरा रुबेला खोप अभियान संचालन हुँदै,(हेर्नुस खोप केन्द्रहरु)

khop1-1708260997.jpg

थाहा नगरपालिकामा यहि फागुन १३ गते देखि १७ गते सम्म दादुरा रुवेला खोप सञ्चालन हुने भएको छ।
थाहा नगरपालिका स्वास्थ्य शाखाले आइतबार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीहरू सँगको अभिमुखिकरण गोष्ठीमा सो विषयमा जानकारी गराइएको छ ।

जन्मेको ९ महिना देखि ५ बर्ष सम्मका  बालबालिकालाई थाहा नगरपालिकाको ४७ वटा खोप केन्द्रबाट दादुरा रुवेला खोप लगाउने कार्यक्रम रहेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिएका छन् । थाहाका २७ सय १५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख बलामीले जानकारी दिएका छन् ।

देशका विभिन्न जिल्लाहरुमा जस्तै मकवानपुर  जिल्ला पनि दादुरा महामारी देखिएको जिल्ला हो। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो र‍ोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको शाखा प्रमुख बलामीले जानकारी दिएका छन् ।

साथै बागमती प्रदेशको ९ जिल्लामा ९ महिना दखि ५ वर्ष उमेर समुहका र काठमाडौं उपत्यकाका ३ जिल्ला र चितवनमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको छ।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिती र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन हुन समेत बलामीले सवैमा अनुरोध गरेका छन् । दादुरा कोभिड – १९ भन्दा पनि तिब्र गतिले फैलन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने भएकोले सम्पुर्ण अभिभावकहरूलाई दादुरा रूवेला खोप लगाउन बलामीले आग्रह गरेका छन् ।
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु, बिरामीलाई “भिटामिन ए ” अनिवार्य रुपमा खुवाउनु, दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीले बताए।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, जनप्रतिनिधिहरु , खोप समन्वय समितिका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मी तथा विद्यालयका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्न पछि गरिएको सर्भेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९ को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरुमा दादुरा रुबेलाको महामारी देखिएको छ । 
थाहामा खोपकेन्द्र कहाँ कहाँ ?
थाहा वडा न १
सुनौलो डाँडा कुन्छाल,१३ गते 
ओखरबजार लालीगुराँस भवन,१४ गते 
टाखेल पन्चकन्या स्कुल,१५ गते 
नयाँबस्ती आधारभुत स्वास्थ्य केन्द्र,१६ गते 

थाहा वडा न २ 
स्मृति खोप क्लिनिक,१३ गते 
मत्स्यनारायण माबी सोल्टु,१४ गते 
सरस्वती आधारभुत विद्यालय,१५ गते 
पालुङ स्वास्थ्य चौकी,१६ गते 

थाहा वडा न ३ र ४ 
सेतीगणेश आधारभुत विद्यालय,१३ गते 
जनकल्याण माबी,१३ गते 
घर्तिखोला,बाघेखोला खोप केन्द्र,१४ गते 
रुप्से महांकाल प्राबी,१५ गते 
हिमालयन बोर्डिङ,पालुङ भ्याली,१६ गते
किटेनी घलेडाँडा,१७ गते 
प्राथमिक स्वास्थ्य केन्द्र दोबाटो १८
कल्याण प्रावी थाहा ५,१३ गते 
ऋषेश्वर प्राबी दामन,१४ गते 
दामन शहरी स्वास्थ्य केन्द्र,१५ गते 

बालकुमारी स्कुल ठूलो फाकल,१४गते

थाहा ५ 
फुर्के वसन्त वसन्त खोप केन्द्र,१४ गते 
भुमिस्थान आधारभुत स्वास्थ्य केन्द्र,१५ गते 

थाहा ६ 
सरस्वती बोर्डिङ,१३ गते 
इअन इङ्लिस स्कुल,१३ गते 
वडा कार्यालय,१३ गते 
बज्रबाराही माबी,१४ गते 
दुर्गादेवी आधारभुत विद्यालय तसर,१५ गते 
बज्रबाराही स्वास्थ्य चौकी,१६ गते 

थाहा ७ 
डाँडाबास खोप केन्द्र,१३ गते 
देउखेल स्वास्थ्य केन्द्र,१४ गते 
पोखरी डाँडा खोप केन्द्र,१५ गते 
चिसापानी खोपकेन्द्र,१६ गते 
देउखेल स्वास्थ्य केन्द्र,१७ गते 

थाहा ८ 
लामाचौर खोपकेन्द्र,१३ गते 
दामगाडे खोपकेन्द्र,१४ गते 
बुद्द आधारभुत विद्यालय,१५ गते 
आग्रा स्वास्थ्य चौकी,१६ गते 

थाहा ९ 
क्लिफटन एकेडेमी,१३ गते 
जलदेवी प्राबी,१४ गते 
प्रहरी चौकी चित्लाङ,१५ गते 
चित्लाङ स्वास्थ्य चौकी,१६ गते 

थाहा १०
नाट्यश्वर माबी,१३ गते 
चम्पाकेश्वर आबि,१४ गते 
टौखेल शहरी स्वास्थ्य केन्द्र,१५ गते 

थाहा ११ 
मनकामना स्कुल,१३ गते 
महांकाल स्कुल,१४ गते 
टिस्टुङ स्वास्थ्य चौकी,१५ गते 

थाहा १२ 
दोभानखोला तरकारी संकलन केन्द्र,१३ गते 
लिति आधारभुत स्वास्थ्य संस्था,१४ गते 

जगडाडा,रामसिंह चौर,१६ गते 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...