himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहामा प्रशासनको निर्णय अनुसार निशेधाज्ञा हुने
जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गते सम्म निशेधाज्ञा थप गर्ने

1111111-1622630863.jpg

थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको १९ जेठमा बसेको बैठकले नगरमा अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गर्ने निर्देशन अनुसार नै निषेधाज्ञा हुने निर्णय गरेको छ । 

नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै अब हरेक संक्रमितको  स्वास्थ्य अवस्था बुझेर नगरमा जानकारी गराउन वडाहरुमा निर्देशन दिने निर्णय गरेको छ । घरघरमा पुग्ने प्रतिनिधिले कोरोना संक्रमित बिरामीलाई १५ वटा सर्जिकल मास्क र एउटा साबुन वितरण गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै मकवानपुर जिल्ला प्रशासन कार्यालयले भने जेठ ३१ गते सम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले निषेधाज्ञालाई ११ दिन थप गरी ३१ सम्म थप गर्ने निर्णय गरेको हो ।


त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका सामग्री बिक्री वितरण गर्ने पसल तथा व्यवसाय निश्चित समय सञ्चालन गर्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।


उहाँका अनुसार ती क्षेत्र विहान ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने खोपे गल्लीको तरकारी पसल र बसपार्कको तरकारी मण्डी पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।  बैठकले बैंक, मनी ट्रान्फरला हरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ र अन्य वित्तीय कारोवार गर्ने संघ संस्था तथा सहकारीहरू पूर्ण रुपमा बन्द गर्नुपर्ने निर्णय गरेको सुचना अधिकारी गर्तौलाले बताए ।

बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत, पशुपंछीको दाना, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने बैठकले निर्णय गरेको छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1111111-1622630866.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg