pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहामा प्रशासनको निर्णय अनुसार निशेधाज्ञा हुने
जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गते सम्म निशेधाज्ञा थप गर्ने

1111111-1622630863.jpg

थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको १९ जेठमा बसेको बैठकले नगरमा अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गर्ने निर्देशन अनुसार नै निषेधाज्ञा हुने निर्णय गरेको छ । 

नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै अब हरेक संक्रमितको  स्वास्थ्य अवस्था बुझेर नगरमा जानकारी गराउन वडाहरुमा निर्देशन दिने निर्णय गरेको छ । घरघरमा पुग्ने प्रतिनिधिले कोरोना संक्रमित बिरामीलाई १५ वटा सर्जिकल मास्क र एउटा साबुन वितरण गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै मकवानपुर जिल्ला प्रशासन कार्यालयले भने जेठ ३१ गते सम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले निषेधाज्ञालाई ११ दिन थप गरी ३१ सम्म थप गर्ने निर्णय गरेको हो ।


त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका सामग्री बिक्री वितरण गर्ने पसल तथा व्यवसाय निश्चित समय सञ्चालन गर्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।


उहाँका अनुसार ती क्षेत्र विहान ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने खोपे गल्लीको तरकारी पसल र बसपार्कको तरकारी मण्डी पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।  बैठकले बैंक, मनी ट्रान्फरला हरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ र अन्य वित्तीय कारोवार गर्ने संघ संस्था तथा सहकारीहरू पूर्ण रुपमा बन्द गर्नुपर्ने निर्णय गरेको सुचना अधिकारी गर्तौलाले बताए ।

बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत, पशुपंछीको दाना, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने बैठकले निर्णय गरेको छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1111111-1622630866.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg