Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

थाहामा त्याग निष्ठा र आशाका आधारशिला "आदर्श" 

cover-final-1651911495.jpg

राजनिको सुरुवात देखि अहिलेसम्म निरन्तर अविचलित रुपमा लागिरहनु पर्छ भन्ने मान्यता बोक्दै अघि बढिरहेका पात्र अहिले थाहा नगरपालिकाको मेयरको उमेद्वार बने पछि विष्णु बहादुर बिष्टको अदर्शताको प्रशंसा थाहामा चुलिएको छ ।

 

राजनीतिमा सबैभन्दा ठूलो मूल्य हुन्छ, निष्ठाको । त्यसमा अडेर रहन सजिलो छैन । त्याग, कठिन बाटोमा हिँड्न नसकेकैले कैयौं ठूलाठूला सम्भावना बोकेकाहरू पनि बीचबीचमै तुहेका छन् । तर राजनिको सुरुवात देखि अहिलेसम्म निरन्तर अविचलित रुपमा लागिरहनु पर्छ भन्ने मान्यता बोक्दै अघि बढिरहेका पात्र अहिले थाहा नगरपालिकाको मेयरको उमेद्वार बने पछि विष्णु बहादुर बिष्टको अदर्शताको प्रशंसा थाहामा चुलिएको छ । सामान्य जीवनशैली र सामान्य व्यवहार आदर्शका पहिचान हुन् । पटक पटक निर्वाचनमा आदर्शका उमेद्वारीका चर्चा यस अघि पनि नचलेका होईनन् । उमेद्वारको चर्चा हुँदै गर्दा उनको समाज,पार्टी र राजनितिलाई हेर्ने दृष्टिकोणका कारण गर्ने त्याग थाहा वासीकालागि उनलाई मतदान गर्ने अवसर पाईन्छ कि पाईदैन भनेर चिन्ता र प्रतिक्षाको विषय बनेको पनि थियो । तर परिवर्तन पछिको दोस्रो स्थानिय तहको निर्वातनमा थाहा नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्दले गठबन्धनको तर्फबाट उेमेद्वार बन्दैगर्दा थाहा नगरवासीमा उत्साहा छाएको देखिन्छ । 

शान्त, शालीन र खदिलो विचार प्रस्तुत गर्ने आदर्श मान्छेको मनोविज्ञानलाई छिटै बुझेर समस्याको समाधान तत्काल दिन सक्ने खुबी राख्छन् ।

 

किन भए आशाका पात्र आदर्श ? 
सामान्य जीवनशैली,सामान्य परिवार सरल जीवनशैली अपनाउने आदर्श त्यागी नेता मानिन्छन । पूर्णकालीन रुपले पार्टीमा होमिएपछि उनले तल्लो तहबाटै नेतृत्व विकास गर्दै संगठनमा परिणाम ल्याउने गरी आफ्नो क्षमता देखाउने अवसर पाएका थिए । शान्त, शालीन र खदिलो विचार प्रस्तुत गर्ने आदर्श मान्छेको मनोविज्ञानलाई छिटै बुझेर समस्याको समाधान तत्काल दिन सक्ने खुबी राख्छन् । पार्टी र आन्दोलनमा सर्मपणभावले लाग्ने उनी काममा परिणाम दिन सक्ने नेताको रुपमा परिचय बनाएका छन् । शो पीसमा देखिनेभन्दा बढी योजना बनाएर त्यसलाई सफल पार्ने काममा रमाउन खोज्ने आदर्शले परिपक्व युवा नेताको रुपमा आफ्नो परिचयलाई बलियो बनाएका छन् । पहिलो संविधान सभाको निर्वाचन देखि हाल सम्म आँउदा उनले पाटी र समाजका निम्ती पटक पटक पद त्यागेको छर्लङ्ग छ । उनको त्याग र ईमानादारिताले पनि उनी प्रतिको  आशा सबैमा जगाएको छ  । 

वर्तमान कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचितहरु पालिका प्रमुख बनेका पालिकाहरुमा राम्रो काम भएको र अब्बल सावित भएको र थाहा नगरपालिका पनि देशमै उत्कृष्ट भई चर्चा चुलिरहँदा त्यो चर्चा कमाउन सफल थाहा नगरपालिकाका पहिलो मेयर लवशेर विष्टको नाम आँउछ ।

 

थाहाको नेत्तृत्वमा निरन्तर आशाका पात्र 
देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शाषन व्यवस्था अंगाल्न परिवर्तनको सम्बाहक बनेको माओवादी केन्द्रले गाँउ गाँउमा सिंहदरबार पु¥याउने सपना साकार पार्दै स्थानिय सरकार जनता प्रति उत्तरदायि हुनु पर्छ भन्ने मान्यात बोक्दा जनप्रतिनिधि छनौटमा पनि अब्बल छान्दा वर्तमान कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचितहरु पालिका प्रमुख बनेका पालिकाहरुमा राम्रो काम भएको र अब्बल सावित भएको र थाहा नगरपालिका पनि देशमै उत्कृष्ट भई चर्चा चुलिरहँदा त्यो चर्चा कमाउन सफल थाहा नगरपालिकाका पहिलो मेयर लवशेर विष्टको नाम आँउछ । नदिको एउटै भंगालोबाट निष्कने पानीको भेल फरक हुदैन भने झै यो पटक पनि थाहा नगरमा  जनताका आशाका पात्र आदर्श मेयरमा आएपछि थाहानगरको भोलीको कार्य सम्पादन र परिणामकालागि आदर्शलाई रोज्ने जमात धेरै छन्  । 

“राजनीति गर्नु भनेको कमाउनु होइन” राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले् जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनुपर्छ राजनीति गर्ने मान्छेले त समाज बनाउन तयार हुनुपर्छ । अनि बल्ल समाज हामीले सोचे जस्तो समाारत्मक परिवर्तन हुन्छ । 

 

राजनीति गर्नु भनेको कमाउनु होइन
थाहा नगरका मेयरका प्रत्यासी आदर्श जहाँ गए पनि भन्छन् “राजनीति गर्नु भनेको कमाउनु होइन” राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले् जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनुपर्छ राजनीति गर्ने मान्छेले त समाज बनाउन तयार हुनुपर्छ । अनि बल्ल समाज हामीले सोचे जस्तो समाारत्मक परिवर्तन हुन्छ । 
धैर्यता, शालीनता, धीरता, निष्ठा र इमानलाई पहिचान बनाएका आदर्श थाहाको नेत्तृत्व सम्हाल्न चुनावी मैदानमा होमिदै गर्दा जन–जनले भनेका छन् यो यो नेता चिन्ने र चुन्ने अवसर हो । स्थानिय निर्वाचन नजिकैदै जाँदा सर्वसाधारण यतिखेर स्थानिय सरकारका प्रतिनिधि छान्न तुलो बोकेर उमेद्वार तौलिरहेकाछन्  र आदर्शको आदर्शतानै निर्वाचनमा पल्ला भारी हुने सर्वसाधरणको आकलन छ । 


 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg