Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहामा चलचित्र कर्मीको अवलोकन भ्रमणः अब बन्ने चलचित्र थाहामा छायांकन गर्ने ।

sha1-1701271616.jpg

“पर्यटनको लागि फ्लिम“ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजना संचालित थाहा फ्लिम फेस्टिभलमा मंसिर ९ गते देखि नै चलचित्रकर्मी र अवलोकन कर्ताको घुइँचो छ । गज्जब को कुरा त फ्लिम फेस्टिभल अवधी भर प्रदर्शन हुने सबै चलचित्र, लघु चलचित्र र वृत्तचित्रमा चलचित्रको प्रोडुसर, निर्देशक तथा अन्य कलाकार र दर्शक एकैठाउँ रहनेछन्। सप्ताहव्यापी रुपमा मंसिर ९ गते देखि १५ गते सम्म चलिरहेको थाहा फ्लिम फेस्टिभलमा नेपाली कथानक चलचित्र बुलबुल, राधा, प्रकाश, डेशान, म अलप हुन चाहन्छु लगायत लघु चलचित्र र वृत्तचित्र हरु प्रदर्शन भइरहेको छ ।
 
यही शिलसिलामा थाहा नगर आएका चलचित्रकर्मी लाई आयोजकले थाहा नगरपालिकाको पर्यटकिय स्थानहरुको अवलोकन भ्रमण गराएको छ । अवलोकन पस्चात चर्चित लघु चलचित्र “जुनुको जुत्ता“ को निर्देशक केदार श्रेष्ठले अब बन्ने आफ्नो चलचित्रको लागि थाहा नगर उपयुक्त स्थान रहेको बताए । प्रोडक्सन डिजाइनर राम खड्का र साउन्ड डिजाइनर बिपिन स्थापितले आफ्नो छायांकनको लागि तयारी अवस्थामा रहेको चलचित्र थाहा नगरको सिम भञ्ज्याङ् र आग्रामा गर्न उपयुक्त स्थान छनोट गरेको र सोही स्थानमा आफ्नो चलचित्र छायांकन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । त्यस्तै चलचित्र विश्लेषक तथा चलचित्र पत्रकार समर्पण श्री ले यस्ता ठाउँमा बन्ने चलचित्रको कथावस्तुले दर्शकमा आनन्द र धैर्यता प्रदान गर्ने हुँदा थाहा नगरपालिका चलचित्र छायांकनको लागि उपयुक्त स्थान रहेको बताए ।
 
थाहा फ्लिम फेस्टिभलको उद्घाटन सत्रको पहिलो दिन थाहा नगरपालिकाको पर्यटन वृत्तचित्र । दोस्रो दिन बुलबुल, सेनाको चेली, म अलप हुन चाहन्छु ।  तेस्रो दिन ऐना झ्यालको पुतली, युद्दको बाछिटा ।  चौँथो दिन प्रकाश, जुनुको जुत्ता, जालगेडी, सनाई र पाँचौ दिन, डेशान र अन्य लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्सन गरिएको छ । भने छैटौं दिन द सेक्रेट अफ राधा र मलामी तथा सातौं दिन पुनः डेशान चलचित्र प्रदर्शन गर्ने र समापन सत्र रहने फेस्टिभल आयोजक समितिका उप– संयोजक राजिव स्याङ्तानले बताए । 
 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...