himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहामा उकालो लाग्दै काेराेना संक्रमण दर

thaha-1605500348.jpg

–अम्बिका केसी/दामन एफ.एम.

थाहा नगरपालिकामा कोरोना भाइरसको संक्रमितको संख्या ६० पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विविध विधि अपनाइरहेको थाहानगरमा संक्रमणको विवरण ९डाटा० उकालो लागिरहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । शुरुका दुई महिना चैत्र र वैशाख महिनामा शुन्य संक्रमित रहेको थाहा नगरपालिकामा संक्रमणको पहिलो महिना जेठमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । 

थाहा नगरपालिमा महिनैपिच्छे संक्रमितको संख्या बढ्दै गइरहेको थाहानगर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयका संयोजक विवेक विडारीले जानकारी दिनुभयो । थाहामा असार र साउन महिनामा पाँचरपाँच जना संक्रमित थपिएकोमा भाद्र महिनामा उक्त तथ्याङ्क दुई अंकमा प्रवेश गरेको थियो । अर्थात, भाद्र महिनामा मात्र दश जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै असोजमा १५ र कात्तिक मसान्तसम्मको अद्यावधिक तथ्याङ्क अनुसार २३ जनामा संक्रमण पुष्टि भैसकेको छ । 

तीन वडामा शुन्य संक्रमण 

थाहा नगरपालिकाको तीन वटा वडामा कोरोना भाइरस संक्रमण शुन्य रहेको छ । थाहा नगरपालिकाको वडा नम्बर ५, ८, र १२ का कुनै पनि कोरोना संक्रमण नदेखिएको नगरपालिकाले जानाएको छ । पालिकाले दैनिक रुपमा सार्वजनिक गर्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयको रिपोर्ट अनुसार सबै भन्दा बढि वडा नम्बर ६ मा २२ जना संक्रमित छन् । 

दैनिक रिपोर्ट अनुसार वडा नम्बर १, १० र ११ मा १÷१ जना संक्रमित छन् भने वडा नम्बर २ मा ५ र ७ मा ४ जना संक्रमित रहेका छन् । वडा नम्बर ३ मा १० र ४ नम्बर वडामा १४ जनामा संक्रमण भएको थाहा नगरपालिकाले जनाएको  छ । 

यसैबीच संक्रमित भएका मध्ये अधिकांश पुरुष रहेका छन् । नगरभरी ६० जना संक्रमित भएकोमा ४० पुरुष र ११ जना मात्र महिला रहेका छन् । 

७ जना सक्रिय संक्रमित

थाहा नगरपालिकामा ७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेशनमा रहेका छन् । कुल ६० संक्रमित मध्ये ५१ जना निको भैसकेका छन् । नगरपालिकाको अभिलेख अनुसार २ जनाको कोरोना संक्रमणका कारण मत्यू भैसकेको छ । 

यद्यपि थाहा नगरपालिकामा स्थायी घर भई अन्यत्र उपचारको क्रममा अरु २ जनाको पनि ज्यान गएको जनाइएको  छ । यो तथ्याङ्लाई पनि आधार मान्ने हो भने थाहानगरमा ४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गैसकेको छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg