Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहामा उकालो लाग्दै काेराेना संक्रमण दर

thaha-1605500348.jpg

–अम्बिका केसी/दामन एफ.एम.

थाहा नगरपालिकामा कोरोना भाइरसको संक्रमितको संख्या ६० पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विविध विधि अपनाइरहेको थाहानगरमा संक्रमणको विवरण ९डाटा० उकालो लागिरहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । शुरुका दुई महिना चैत्र र वैशाख महिनामा शुन्य संक्रमित रहेको थाहा नगरपालिकामा संक्रमणको पहिलो महिना जेठमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । 

थाहा नगरपालिमा महिनैपिच्छे संक्रमितको संख्या बढ्दै गइरहेको थाहानगर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयका संयोजक विवेक विडारीले जानकारी दिनुभयो । थाहामा असार र साउन महिनामा पाँचरपाँच जना संक्रमित थपिएकोमा भाद्र महिनामा उक्त तथ्याङ्क दुई अंकमा प्रवेश गरेको थियो । अर्थात, भाद्र महिनामा मात्र दश जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै असोजमा १५ र कात्तिक मसान्तसम्मको अद्यावधिक तथ्याङ्क अनुसार २३ जनामा संक्रमण पुष्टि भैसकेको छ । 

तीन वडामा शुन्य संक्रमण 

थाहा नगरपालिकाको तीन वटा वडामा कोरोना भाइरस संक्रमण शुन्य रहेको छ । थाहा नगरपालिकाको वडा नम्बर ५, ८, र १२ का कुनै पनि कोरोना संक्रमण नदेखिएको नगरपालिकाले जानाएको छ । पालिकाले दैनिक रुपमा सार्वजनिक गर्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयको रिपोर्ट अनुसार सबै भन्दा बढि वडा नम्बर ६ मा २२ जना संक्रमित छन् । 

दैनिक रिपोर्ट अनुसार वडा नम्बर १, १० र ११ मा १÷१ जना संक्रमित छन् भने वडा नम्बर २ मा ५ र ७ मा ४ जना संक्रमित रहेका छन् । वडा नम्बर ३ मा १० र ४ नम्बर वडामा १४ जनामा संक्रमण भएको थाहा नगरपालिकाले जनाएको  छ । 

यसैबीच संक्रमित भएका मध्ये अधिकांश पुरुष रहेका छन् । नगरभरी ६० जना संक्रमित भएकोमा ४० पुरुष र ११ जना मात्र महिला रहेका छन् । 

७ जना सक्रिय संक्रमित

थाहा नगरपालिकामा ७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेशनमा रहेका छन् । कुल ६० संक्रमित मध्ये ५१ जना निको भैसकेका छन् । नगरपालिकाको अभिलेख अनुसार २ जनाको कोरोना संक्रमणका कारण मत्यू भैसकेको छ । 

यद्यपि थाहा नगरपालिकामा स्थायी घर भई अन्यत्र उपचारको क्रममा अरु २ जनाको पनि ज्यान गएको जनाइएको  छ । यो तथ्याङ्लाई पनि आधार मान्ने हो भने थाहानगरमा ४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गैसकेको छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg