Tuesday, 14 May, 2024
विचार / अन्तरवार्ता

थाहानगरमा व्यावसायीहरुलाई मास्क पञ्जा अनिवार्य
जोखिम न्यूनिकरणकालागि पसल आलोपालो संचालन गरिने

thaha-1597548100.jpg

थाहा नगर उद्योग वाणिज्य संघले व्यवसायी तथा उपभोक्ताहरुलाई सुरक्षाका उपाय अपनाएर मात्र व्यापार व्यबसाय तथा कारोबार गर्न आग्रह गरेको छ । थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले दामन एफ.एम. को कार्यक्रम सवाल जवाफमा कुरा गर्दै नगरभित्रका सबै व्यापारीलाई अनिवार्य मास्क, सेनिटाईजर, पन्जा लगाई भौतिक दुरी कायम गरेर मात्र व्यपार व्यासय गर्न आग्रह गर्नुभएको हो ।

नगर भित्र यत्र तत्र मास्क नलगाई खुलेआम हिँडडुल भईरहेको देखिएकाले कोरोनाको जोखिम बढेको प्रति चिन्ता व्यक्त गर्दै आम उपभोक्ता तथा सर्वसाधरण पनि चनाखो हुनुपर्ने पनि खत्रीले बताउनु भयो । अध्यक्ष खत्रीले कोरोना महामारीको जोखिम नगरमा पनि बढेकाले संघले आवश्यक्ता हेरेर आलोपालो बजार तथा पसल खोल्ने व्यवस्थाको सुरुवात गर्न पहल कदमी शुरु गरिसकेको र अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि बताउनु भयो ।

थाहानगरको अधिकांश बजार एसियन हाई–वे सँग जोडिएको बजार भएकाले त्रिभुवन राजपथ भएर हिड्ने अत्यावश्यक तथा भन्सार छुटेका सवारी साधनलाई नगर भित्र नरोक्ने तथा सिमभन्ज्याङ्ग मा चेक जाँच गर्ने व्यवस्था गर्न माग गरेको र कार्यान्वयनकालागि आजै नगर प्रमुख लगाएत सरोकारवाला निकाय सँग आवश्यक छलफल गर्ने बनाउनु भयो ।

कोरोनाको जोखिम मानव स्वास्थ्य सँग जोडिएकाले सबैले सचेत भई आफुपनि सुरक्षित भई अत्यावश्यक काममा मात्र घरबाहिर निस्कन र पसल जानुपर्दा अनिवार्य मास्क पञ्जा प्रयोग गरेर भौतिक दुरी कायम गरेर मात्र जान र व्यावसायीलाई पनि सुरक्षाका उपाय अपनाई व्यापार व्यवसाय गर्न आग्रह गर्दै त्यसको अनुगमन उद्योग बाणिज्य संघले गर्ने पनि बताउनु भयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...