himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहानगरको सबै स्वास्थ्य संस्थामा विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली शुरु

FB_IMG_1690725097457-1690725116.jpg


मकवानपुरको थाहा नगरपालिका अन्तर्गत रहेको सबै १२ वटै स्वास्थ्य संस्थाले चालु आर्थिक वर्षबाट विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउने भएका छन् । प्रणाली संचालनका लागि १२ साउनबाट दिइएको तीनदिने तालिम सकिएको छ ।

पालिकाको आयोजनामा भएको तालिममा ५ स्वास्थ्य चौकी र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २-२ जना, तीन शहरी स्वास्थ्य केन्द्र तथा ३ आधारभूत स्वास्थ्य केन्द्रबाट १-१ जना गरी तालिममा १८ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई तीनदिनसम्म स्वास्थ्य निर्देशनालय बागमती प्रदेशकी विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली संयोजक ललितासिंह ठकुरीले सहजीकरण गरेकी थिइन् ।

यसअघि पालिकाबाट मात्र संचालन हुँदै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली अब प्रत्येक स्वास्थ्य संस्थाबाट संचालन हुने प्रशिक्षक ठकुरीले बताइन् । चालु आर्थिक वर्षबाट सबै स्वास्थ्य संस्थाहरुले औषधि तथा उपकरणको विवरण अनलाइन प्रणालीमै प्रविष्टी गर्ने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‘औषधि चाहिए पालिकालाई स्वास्थ्य संस्थाहरुले अनलाईन प्रणाली मार्फत नै माग गर्दछन्, पालिकाले पनि अनलाइनबाटै हस्तान्तरण फारम तयार गरी आपूर्ति गछौं’–शाखा प्रमुख बलामीले भने । आपूर्ति सम्बन्धी सम्पूर्ण सूचना प्रणाली मार्फत नै हुने बलामीको भनाइ छ ।

कार्यक्रम समापनको अवसरमा सूचना प्रविधिमैत्री हुँदै पालिकाले गर्ने हरेक क्रियाकलापलाई व्यवस्थित गर्दै जाने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । सोे अवसरमा प्रशिक्षक ठकुरी, बज्रवाराही स्वास्थ्य चौकीकी प्रमुख जिनु डंगोललगायतले तालिम र प्रणालीको प्रभावकारीताको विषयमा मन्तव्य व्यक्त गरेका थिए । मकवानपुरका अधिकांश स्थानीय तहहरुले पालिकास्तरमा मात्र प्रयोग गर्दै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली थाहा नगरसहित हेटौंडा उपमहानगरपालिका, भिमफेदी र राक्सिराङ गाउँपालिकाका भने सबै स्वास्थ्य संस्थामा प्रयोग गर्न थालेका छन् ।

FB_IMG_1690725094729-1690725116.jpg
FB_IMG_1690725091985-1690725133.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg