pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहानगरको सबै स्वास्थ्य संस्थामा विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली शुरु

FB_IMG_1690725097457-1690725116.jpg


मकवानपुरको थाहा नगरपालिका अन्तर्गत रहेको सबै १२ वटै स्वास्थ्य संस्थाले चालु आर्थिक वर्षबाट विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउने भएका छन् । प्रणाली संचालनका लागि १२ साउनबाट दिइएको तीनदिने तालिम सकिएको छ ।

पालिकाको आयोजनामा भएको तालिममा ५ स्वास्थ्य चौकी र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २-२ जना, तीन शहरी स्वास्थ्य केन्द्र तथा ३ आधारभूत स्वास्थ्य केन्द्रबाट १-१ जना गरी तालिममा १८ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई तीनदिनसम्म स्वास्थ्य निर्देशनालय बागमती प्रदेशकी विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली संयोजक ललितासिंह ठकुरीले सहजीकरण गरेकी थिइन् ।

यसअघि पालिकाबाट मात्र संचालन हुँदै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली अब प्रत्येक स्वास्थ्य संस्थाबाट संचालन हुने प्रशिक्षक ठकुरीले बताइन् । चालु आर्थिक वर्षबाट सबै स्वास्थ्य संस्थाहरुले औषधि तथा उपकरणको विवरण अनलाइन प्रणालीमै प्रविष्टी गर्ने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‘औषधि चाहिए पालिकालाई स्वास्थ्य संस्थाहरुले अनलाईन प्रणाली मार्फत नै माग गर्दछन्, पालिकाले पनि अनलाइनबाटै हस्तान्तरण फारम तयार गरी आपूर्ति गछौं’–शाखा प्रमुख बलामीले भने । आपूर्ति सम्बन्धी सम्पूर्ण सूचना प्रणाली मार्फत नै हुने बलामीको भनाइ छ ।

कार्यक्रम समापनको अवसरमा सूचना प्रविधिमैत्री हुँदै पालिकाले गर्ने हरेक क्रियाकलापलाई व्यवस्थित गर्दै जाने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । सोे अवसरमा प्रशिक्षक ठकुरी, बज्रवाराही स्वास्थ्य चौकीकी प्रमुख जिनु डंगोललगायतले तालिम र प्रणालीको प्रभावकारीताको विषयमा मन्तव्य व्यक्त गरेका थिए । मकवानपुरका अधिकांश स्थानीय तहहरुले पालिकास्तरमा मात्र प्रयोग गर्दै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली थाहा नगरसहित हेटौंडा उपमहानगरपालिका, भिमफेदी र राक्सिराङ गाउँपालिकाका भने सबै स्वास्थ्य संस्थामा प्रयोग गर्न थालेका छन् ।

FB_IMG_1690725094729-1690725116.jpg
FB_IMG_1690725091985-1690725133.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg