Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहानगरको नाकामा ३८ सयको स्वास्थ्य परीक्षण

digital-laser-infrared-th-1591340313.jpg

थाहा नगरपालिकाले नगरका नाकाहरुमा स्थापना गरेको हेल्थ डेस्कमा अहिलेसम्म ३८ सय व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

गत चैत १३ गतेयता थाहा नगरको नाकाहरुमा राखिएको हेल्थ डेस्कमा बिहीबारसम्म ३८ सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको थाहा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले जनाएको छ । 

सचिवालयले उपलब्ध गराएको तथ्याङकअनुसार अहिलेसम्म थाहा नगरको चित्लाङ नाका भएर आउजाउ गर्ने सबैभन्दा धेरै व्यक्तिहरुको परीक्षण गरिएको छ । चित्लाङको पौवा हेल्थ डेस्कमा अहिलेसम्म २२ सय ३६ जनाको परीक्षण गरिएको छ । त्यस्तै, सीमभन्ज्याङ हेल्थ डेस्कमा नौ सय ९३ र इलाका प्रहरी कार्यालय हेल्थ डेस्कमा पाँच सय २७ जनाको परीक्षण गरिएको छ । आग्राको भोर्ले हेल्थ डेस्कमा ५६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । 

यी ४ वटै डेस्कहरुमा गरी विहीबार मात्र एक सय १५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चित्लाङमा ८, इलाका प्रहरीमा ५३ र सीमभन्ज्याङमा ५४ जनाको परीक्षण गरिएको सचिवालयले जनाएको छ । विहीबार परीक्षण गर्दा थाहानगर भित्रिने र बाहिरिने कसैमा पनि जरो नदेखिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 
 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...