pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहानगरका एक संक्रमितको कोरोना कथा
दुबईमा नेगेटिभ, नेपालमा पोजिटिभ


दुबई गएको एक वर्ष नवित्दै विश्वभर कोरोना फैलियो । नेपालमा लकडाउन घोषणा गरेको दुई दिनपछि अर्थात् मार्च २६ तारिखबाट दुबईमा लकडाउन शुरु भयो । म होटलमा काम गर्थें, लकडाउन घोषणा भएसँगै होटल बन्द भयो । त्यसपछि हामी बेरोजगारप्रायः भयौं । सरकारले बैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल ल्याउने भए पछि खुसी लाग्यो । त्यही मेसोमा मैले पनि आवेदन दिएँ । नेपाल आउनुअघि पिसिआर परीक्षण गराएँ । रिपोर्ट नेगेटिभ आयो । त्यही प्रमाण लिएर म अगष्ट ९ तारिख अर्थात् साउन २५ गते काठमाण्डौंस्थित बिमानस्थल ओर्लिएँ । केहीबेर होल्डिङ सेन्टर राखेपछि मलाई त्यही दिन मकवानपुरस्थित थाहा नगरपालिकाको क्वारेन्टाइनमा लगियो । 


म ३० वर्षीय युवक हुँ । मेरो घर थाहा नगरपालिकाको वडा नं. २ मा पर्दछ । क्वारेन्टाइनको सुविधा राम्रै थियो । क्वारेन्टाइनमा बसेको ४ दिनपछि डाक्टरहरु आएर स्वाब लिनुभयो । स्वाब लिएको एक हप्तापछि बल्ल रिपोर्ट आयो । रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएपछि मलाई क्वारेन्टाइनबाट विदा गरियो । रिपोर्ट नेगेटिभ आए पनि एक हप्तासम्म घरमै बस्न भनिएको थियो । सोही अनुसार घरमै बसिरहेको थिएँ । घरमै रहँदा केही साथीहरु विदेशबाट फर्किएको भन्दै भेट्न आएका थिए । घर आएको भोलिपल्टै मलाई फोन आयो, सायद डाक्टरले नै गरेको हुनुपर्छ । ‘तपाईंको रिपोर्टमा कोरोना पोजिटभ आएको छ, हिजो तपाईंकै नामको अर्को व्यक्तिको रिपोर्ट आएको रहेछ, अब तपाई आइसोलेसनमा जानु पर्ने भयो, तयार रहनुस्’ फोनमा भनेको केही बेरमा घरमा प्रहरीहरु आइपुगे । म आइसोलेसनमा जान तयार भएँ । मेरो सम्पर्कमा रहनुभएका मेरो बुबा र अरु साथीभाइ तथा आफन्त गरी ६ जनालाई कन्ट्याक्ट ट्रेसिङको आधारमा क्वारेन्टाइनमा लैजाने तयारी गरियो । क्वारेन्टाइनबाट नेगेटिभ भनेर विदाइ गरेपछि म घरसम्म आउँदा दुईवटा अटो चढेको थिएँ, उनीहरुलाई पनि सम्पर्क गरेर क्वारेन्टाइनमा लैजाने तयारी गरियो ।

 
आइसोलेसनमा ‘रुम’ खचाखच, हामी हलमा
अहिलेसम्म थाहा नगरपालिकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन छैन । त्यसैले अरु संक्रमितहरुलाईजस्तै मलाई पनि हेटौंडा लगियो । हेटौंडाको गौरीटार भन्ने ठाउँमा केही दिन अघिबाट मात्र आइसोलेसन संचालन गरिएको रहेछ । मसँगै दुबइबाट आएका अर्को एकजना कोरोना पोजिटिभ व्यक्ति पनि हुनुहुन्थ्यो । आइसोलेसनमा रुम खचाखच भएको भन्दै हामीलाई हलकै बेडमा राखियो । एउठा टूलो हल छ, हलमा ३ वटा बेडमा छन् । बेडमा दुईवटा तह छन् । हामी यही हलमा बसेका छौं । अहिले हामी एउटै हलमा ३ जना छौं, एक दिन त ५ जनालाई राखिएको थियो । हेटौंडा आइसोलेसनमा बसेको आज ९ दिन भयो । 


उपचार ? दूध–बेसार
आइसोलेसनमा बसेको ९ दिन वित्दा शुरुमा एकपटक ज्वरो जाँचिएको बाहेक अहिलेसम्म उपचार केहो भन्ने थाहा पाउन सकिएको छैन । कहिलेकाहिँ नर्सहरुले १५ मिटरजति टाढैबाट सोध्नहुन्छ । केही समस्या भए त्यही समयमा भन्ने हो । खाने, बस्ने र सुत्ने काम मात्र भएको छ । थाहा नगरबाट आएयता अहिलेसम्म यहाँ फेरि स्वाब लिइएको छैन । विहान ८ बजे खाजा, १० बजे खाना, ३ बजे खाजा र बेलुका ८ बजेतिर खानाको व्यवस्था छ । हेटौंडाकै संक्रमित साथीहरुको घर नजिकै भएकोले कहिलेकाहिँ घरबाट बेसार ल्याइदिँदा रहेछन् । साथीहरु दूध र बेसार सेवन गर्छन् । 

सौचालय साझा, सरसफाइ आलोपालो
आइसोलेसनमा एउटा प्mलोरको लागि एउटा सौचालय छ । महिला र पुरुषको अलग अलग छ । हाम्रो हलको लागि पनि एउटै साझा सौचालय र बाथरुम छ । सबैले त्यही प्रयोग गर्ने हो । सरसफाइको काम हाम्रै हो । सरसफाइका लागि हामीले नै पालो सिस्टम राखेका छौं । पानीको अभाव छैन । सावुनलगायतको सरसफाइ सामग्री आइसोलेसन व्यवस्थापनले उपलब्ध गराउँछ । 

घरमै भर, आइसोलेसनमा डर
दुबईबाट नेपाल आएर क्वारेन्टाइन हुँदै आइसोलेसनमा बसेको यतिका दिन हुँदासम्म मलाई न खोकी, न ज्वरो । कोरोना संक्रमणको लक्षणहरु कुनै छैनन् । मलाई अहिले पनि केही संक्रमण भएकै छैन भन्ने लागिरहेको छ । म स्वस्थ छु, समय तालिका अनुसार खाना खाएर आराम गरेर बसेको छु । बरु आइसोलेसनको यो हलमा संक्रमितहरुको बीचमा दुरी कायम नहुँदा केही समस्या होला कि भन्ने डर लाग्छ । कसैले फोन गरेर ‘तिमीलाई कोरोना देखियो रे नि’ भन्दा साँच्चै होकि जस्तो लाग्छ । एउटै शौचालय प्रयोग गर्दा र आइसोलेसनमा संक्रमितहरु आउनेजाने भइरहँदा उनीहरुबाट समस्या होला कि जस्तो लाग्छ । यसरी लक्षण नै नदेखिएको व्यक्तिलाई अरु संक्रमितहरुकै साथमा राखिदिँदा र मनमा अनेक कुरा खेल्दा अब चाहिँ लक्षण देखिएला कि जस्तो लागेको छ । यतिकै मापदण्डमा घरमा बस्ने हो भने घरघरबाटै कोरोना ठीक पार्न सकिन्छ भन्ने लागिरहेको छ । 
(कुराकानीमा आधारित)

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...