pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहानगरका एक संक्रमितको कोरोना कथा
दुबईमा नेगेटिभ, नेपालमा पोजिटिभ


दुबई गएको एक वर्ष नवित्दै विश्वभर कोरोना फैलियो । नेपालमा लकडाउन घोषणा गरेको दुई दिनपछि अर्थात् मार्च २६ तारिखबाट दुबईमा लकडाउन शुरु भयो । म होटलमा काम गर्थें, लकडाउन घोषणा भएसँगै होटल बन्द भयो । त्यसपछि हामी बेरोजगारप्रायः भयौं । सरकारले बैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल ल्याउने भए पछि खुसी लाग्यो । त्यही मेसोमा मैले पनि आवेदन दिएँ । नेपाल आउनुअघि पिसिआर परीक्षण गराएँ । रिपोर्ट नेगेटिभ आयो । त्यही प्रमाण लिएर म अगष्ट ९ तारिख अर्थात् साउन २५ गते काठमाण्डौंस्थित बिमानस्थल ओर्लिएँ । केहीबेर होल्डिङ सेन्टर राखेपछि मलाई त्यही दिन मकवानपुरस्थित थाहा नगरपालिकाको क्वारेन्टाइनमा लगियो । 


म ३० वर्षीय युवक हुँ । मेरो घर थाहा नगरपालिकाको वडा नं. २ मा पर्दछ । क्वारेन्टाइनको सुविधा राम्रै थियो । क्वारेन्टाइनमा बसेको ४ दिनपछि डाक्टरहरु आएर स्वाब लिनुभयो । स्वाब लिएको एक हप्तापछि बल्ल रिपोर्ट आयो । रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएपछि मलाई क्वारेन्टाइनबाट विदा गरियो । रिपोर्ट नेगेटिभ आए पनि एक हप्तासम्म घरमै बस्न भनिएको थियो । सोही अनुसार घरमै बसिरहेको थिएँ । घरमै रहँदा केही साथीहरु विदेशबाट फर्किएको भन्दै भेट्न आएका थिए । घर आएको भोलिपल्टै मलाई फोन आयो, सायद डाक्टरले नै गरेको हुनुपर्छ । ‘तपाईंको रिपोर्टमा कोरोना पोजिटभ आएको छ, हिजो तपाईंकै नामको अर्को व्यक्तिको रिपोर्ट आएको रहेछ, अब तपाई आइसोलेसनमा जानु पर्ने भयो, तयार रहनुस्’ फोनमा भनेको केही बेरमा घरमा प्रहरीहरु आइपुगे । म आइसोलेसनमा जान तयार भएँ । मेरो सम्पर्कमा रहनुभएका मेरो बुबा र अरु साथीभाइ तथा आफन्त गरी ६ जनालाई कन्ट्याक्ट ट्रेसिङको आधारमा क्वारेन्टाइनमा लैजाने तयारी गरियो । क्वारेन्टाइनबाट नेगेटिभ भनेर विदाइ गरेपछि म घरसम्म आउँदा दुईवटा अटो चढेको थिएँ, उनीहरुलाई पनि सम्पर्क गरेर क्वारेन्टाइनमा लैजाने तयारी गरियो ।

 
आइसोलेसनमा ‘रुम’ खचाखच, हामी हलमा
अहिलेसम्म थाहा नगरपालिकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन छैन । त्यसैले अरु संक्रमितहरुलाईजस्तै मलाई पनि हेटौंडा लगियो । हेटौंडाको गौरीटार भन्ने ठाउँमा केही दिन अघिबाट मात्र आइसोलेसन संचालन गरिएको रहेछ । मसँगै दुबइबाट आएका अर्को एकजना कोरोना पोजिटिभ व्यक्ति पनि हुनुहुन्थ्यो । आइसोलेसनमा रुम खचाखच भएको भन्दै हामीलाई हलकै बेडमा राखियो । एउठा टूलो हल छ, हलमा ३ वटा बेडमा छन् । बेडमा दुईवटा तह छन् । हामी यही हलमा बसेका छौं । अहिले हामी एउटै हलमा ३ जना छौं, एक दिन त ५ जनालाई राखिएको थियो । हेटौंडा आइसोलेसनमा बसेको आज ९ दिन भयो । 


उपचार ? दूध–बेसार
आइसोलेसनमा बसेको ९ दिन वित्दा शुरुमा एकपटक ज्वरो जाँचिएको बाहेक अहिलेसम्म उपचार केहो भन्ने थाहा पाउन सकिएको छैन । कहिलेकाहिँ नर्सहरुले १५ मिटरजति टाढैबाट सोध्नहुन्छ । केही समस्या भए त्यही समयमा भन्ने हो । खाने, बस्ने र सुत्ने काम मात्र भएको छ । थाहा नगरबाट आएयता अहिलेसम्म यहाँ फेरि स्वाब लिइएको छैन । विहान ८ बजे खाजा, १० बजे खाना, ३ बजे खाजा र बेलुका ८ बजेतिर खानाको व्यवस्था छ । हेटौंडाकै संक्रमित साथीहरुको घर नजिकै भएकोले कहिलेकाहिँ घरबाट बेसार ल्याइदिँदा रहेछन् । साथीहरु दूध र बेसार सेवन गर्छन् । 

सौचालय साझा, सरसफाइ आलोपालो
आइसोलेसनमा एउटा प्mलोरको लागि एउटा सौचालय छ । महिला र पुरुषको अलग अलग छ । हाम्रो हलको लागि पनि एउटै साझा सौचालय र बाथरुम छ । सबैले त्यही प्रयोग गर्ने हो । सरसफाइको काम हाम्रै हो । सरसफाइका लागि हामीले नै पालो सिस्टम राखेका छौं । पानीको अभाव छैन । सावुनलगायतको सरसफाइ सामग्री आइसोलेसन व्यवस्थापनले उपलब्ध गराउँछ । 

घरमै भर, आइसोलेसनमा डर
दुबईबाट नेपाल आएर क्वारेन्टाइन हुँदै आइसोलेसनमा बसेको यतिका दिन हुँदासम्म मलाई न खोकी, न ज्वरो । कोरोना संक्रमणको लक्षणहरु कुनै छैनन् । मलाई अहिले पनि केही संक्रमण भएकै छैन भन्ने लागिरहेको छ । म स्वस्थ छु, समय तालिका अनुसार खाना खाएर आराम गरेर बसेको छु । बरु आइसोलेसनको यो हलमा संक्रमितहरुको बीचमा दुरी कायम नहुँदा केही समस्या होला कि भन्ने डर लाग्छ । कसैले फोन गरेर ‘तिमीलाई कोरोना देखियो रे नि’ भन्दा साँच्चै होकि जस्तो लाग्छ । एउटै शौचालय प्रयोग गर्दा र आइसोलेसनमा संक्रमितहरु आउनेजाने भइरहँदा उनीहरुबाट समस्या होला कि जस्तो लाग्छ । यसरी लक्षण नै नदेखिएको व्यक्तिलाई अरु संक्रमितहरुकै साथमा राखिदिँदा र मनमा अनेक कुरा खेल्दा अब चाहिँ लक्षण देखिएला कि जस्तो लागेको छ । यतिकै मापदण्डमा घरमा बस्ने हो भने घरघरबाटै कोरोना ठीक पार्न सकिन्छ भन्ने लागिरहेको छ । 
(कुराकानीमा आधारित)

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg