pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहाको ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

FB_IMG_1683719694630-1683719801.jpg

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ९ र १०  पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरकै दोस्रो वडा हो ।

यसअघि थाहा नगरपालिकाको वडा नम्बर ६ पुर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको छ ।
 वडा नम्बर ९ मा रहेको चित्लाङ स्वास्थ्य चौकीमा एक समारोहको आयोजना गरी २७ बैशाखमा थाहा  नगरपालिकाका  मेयर बिष्णु विष्टले चित्लाङ स्वास्थ्य चौकी र टौखेल स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख बिष्णु बिष्टले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै पुर्ण संस्थागत सुत्केरी घोषणा हुदै गर्दा अवसर संगै चुनौती थपिएको बताउनुभएको छ । 

वहाँले स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले काम गरिरहेको बताउनुभयो साथै नगर प्रमुख बिष्टले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन अभियान संचालन गरिएको बताउदै उहाँले २०७६ मा वडा नम्बर ६ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै स्वास्थ स्वयंसेविकाको र स्वास्थ्यकर्मीको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

वडा न ९ का वडा अध्यक्ष राजकुमार बलामीको सभापतित्वमा सम्पन्न पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्णु बिष्ट बिशिस्ट अतिथी नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल,वडा न १० का अध्यक्ष हिरा बहादुर गमाल,थाहा नगर सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर भूषण चौधरी ,९ र १० वडाका महिला स्वास्थ स्वयंसेविकाहरु,आमा समुहका सदस्यहरु,राजनैतिक दलका प्रतिनिधिहरु,नगर भित्र रहेका स्वास्थ्य चौकी प्रमुखहरु,जनप्रतिनिधि हरु,लगायतका उपस्थिति रहेको थियो।

थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामिका अनुसार "थाहामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हँुदै गएको छ, स्वास्थ्य शाखाले  यसमा विशेष चासोको रूपमा हेरेको र नगरका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनि सुधार भएको छ” बलामीले भने ।

अब वडा नम्बर ९ र १० मा कुनैपनि गर्भवती घरमा सुत्केरी हुनेछैनन् । वडा नम्बर ९ र १० लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सामाजिक विकास मन्त्रालय बागमती  प्रदेश ले गएको असोज महिनामा प्रमाणिकरण गरेको थियो ।

थाहा नगरपालिकाले नगरका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप ९ र १० नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।
बालमैत्री शासन युक्त  थाहानगर घोषणाको तयारी सहित आज बाट एक आधार थप भएको नगरपालिकाको भनाइ रहेको छ। 

चालु आर्थिक वर्षको हालसम्म वडा नं. ९ को चित्लाङ स्वास्थ्य चौकीमा १६ जना सुत्केरी भएका छन् भने वडा नं. १० को टौखेल सहरी स्वास्थ्य केन्द्रमा ३ जना सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा दुबै संस्थामा गरी २९ जना सुत्केरी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन सम्भव नभएका १४ जनालाई काठमाडौँ ‘रिफर’ गरिएकोमा सबैको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...