Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहाको ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

FB_IMG_1683719694630-1683719801.jpg

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ९ र १०  पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरकै दोस्रो वडा हो ।

यसअघि थाहा नगरपालिकाको वडा नम्बर ६ पुर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको छ ।
 वडा नम्बर ९ मा रहेको चित्लाङ स्वास्थ्य चौकीमा एक समारोहको आयोजना गरी २७ बैशाखमा थाहा  नगरपालिकाका  मेयर बिष्णु विष्टले चित्लाङ स्वास्थ्य चौकी र टौखेल स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख बिष्णु बिष्टले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै पुर्ण संस्थागत सुत्केरी घोषणा हुदै गर्दा अवसर संगै चुनौती थपिएको बताउनुभएको छ । 

वहाँले स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले काम गरिरहेको बताउनुभयो साथै नगर प्रमुख बिष्टले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन अभियान संचालन गरिएको बताउदै उहाँले २०७६ मा वडा नम्बर ६ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै स्वास्थ स्वयंसेविकाको र स्वास्थ्यकर्मीको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

वडा न ९ का वडा अध्यक्ष राजकुमार बलामीको सभापतित्वमा सम्पन्न पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्णु बिष्ट बिशिस्ट अतिथी नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल,वडा न १० का अध्यक्ष हिरा बहादुर गमाल,थाहा नगर सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर भूषण चौधरी ,९ र १० वडाका महिला स्वास्थ स्वयंसेविकाहरु,आमा समुहका सदस्यहरु,राजनैतिक दलका प्रतिनिधिहरु,नगर भित्र रहेका स्वास्थ्य चौकी प्रमुखहरु,जनप्रतिनिधि हरु,लगायतका उपस्थिति रहेको थियो।

थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामिका अनुसार "थाहामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हँुदै गएको छ, स्वास्थ्य शाखाले  यसमा विशेष चासोको रूपमा हेरेको र नगरका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनि सुधार भएको छ” बलामीले भने ।

अब वडा नम्बर ९ र १० मा कुनैपनि गर्भवती घरमा सुत्केरी हुनेछैनन् । वडा नम्बर ९ र १० लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सामाजिक विकास मन्त्रालय बागमती  प्रदेश ले गएको असोज महिनामा प्रमाणिकरण गरेको थियो ।

थाहा नगरपालिकाले नगरका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप ९ र १० नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।
बालमैत्री शासन युक्त  थाहानगर घोषणाको तयारी सहित आज बाट एक आधार थप भएको नगरपालिकाको भनाइ रहेको छ। 

चालु आर्थिक वर्षको हालसम्म वडा नं. ९ को चित्लाङ स्वास्थ्य चौकीमा १६ जना सुत्केरी भएका छन् भने वडा नं. १० को टौखेल सहरी स्वास्थ्य केन्द्रमा ३ जना सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा दुबै संस्थामा गरी २९ जना सुत्केरी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन सम्भव नभएका १४ जनालाई काठमाडौँ ‘रिफर’ गरिएकोमा सबैको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg