pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा

FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ । 

उक्त वडामा तीन आर्थिक बर्ष यता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । 

अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि बिहिवार उक्त घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

 

असार २ गते आइतबार वडाको आग्रा स्वास्थ्य चौकीमा आयोजित एक समारोहका बिच नगर प्रमुख बिष्णु बिष्टले वडालाइ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।
थाहा नगरपालिकाका प्रमुख बिष्टले  थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका हरु धन्यवादका पात्र रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशाशक कृष्ण मिजारले शुभकामना दिदै अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताउदै , यस्ता सन्देश जिल्लाको वडावडामा पुग्नुपर्ने  उहाँको भनाइ थियो । 
आगामी आर्थिक वर्षभित्र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य लिइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए। 
 कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की- जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको गिरीको भनाइ छ।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्छ।
सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 
यस अघि थाहा नगरपालिकाको ९ वटा वडा पुर्ण सुत्केरी वडा घोषणा भैसकेको छ भने वडा न ८ भएपछि १० वटा वडा पुगेको छ।अब २ वटा वडा ७, र ५ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा हुन बाकी रहेको थाहा नगर स्वास्थ्य शाखाले जनाएको छ।
वडा न ८ का वडा अध्यक्ष समेत रहेका आग्रा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुख हरु,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की,दामन शहरी स्वास्थ केन्द्रका प्रकाश घिमिरे, आधारभुत स्वास्थ्य चौकिका चन्द्रदिप भुजेल,इन्द्रायणी माबिका विद्यालय नर्स सुस्मिता बस्नेत,नेकपा एकीकृत समाजवादीका नेता गौतम बुद्द लामा,स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी,जनप्रतिनिधि हरु महिला स्वयंसेविका,स्वास्थ्यकर्मी,लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी आग्रा स्वास्थ्य चौकीका स्वास्थ्य केन्द्रका अनमी बिद्या लामा र सजिता बिष्ट लाई सम्मानित गरिएको थियो।
स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य अर्जुन थापाले संचालन गरेको कार्यक्रमलाई संस्थाकी प्रमुख पुनम पाख्रीनले स्वागत गरेकी थिइन।

 

FB_IMG_1718556178944-1718556206.jpg
FB_IMG_1718556175536-1718556270.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg