himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा

FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ । 

उक्त वडामा तीन आर्थिक बर्ष यता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । 

अध्ययन प्रतिवेदनअनुसार ‘जिरो होम डेलिभरी’ वडा भएको पाइएपछि बिहिवार उक्त घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

 

असार २ गते आइतबार वडाको आग्रा स्वास्थ्य चौकीमा आयोजित एक समारोहका बिच नगर प्रमुख बिष्णु बिष्टले वडालाइ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।
थाहा नगरपालिकाका प्रमुख बिष्टले  थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका हरु धन्यवादका पात्र रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशाशक कृष्ण मिजारले शुभकामना दिदै अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताउदै , यस्ता सन्देश जिल्लाको वडावडामा पुग्नुपर्ने  उहाँको भनाइ थियो । 
आगामी आर्थिक वर्षभित्र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य लिइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए। 
 कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की- जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको गिरीको भनाइ छ।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्छ।
सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 
यस अघि थाहा नगरपालिकाको ९ वटा वडा पुर्ण सुत्केरी वडा घोषणा भैसकेको छ भने वडा न ८ भएपछि १० वटा वडा पुगेको छ।अब २ वटा वडा ७, र ५ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा हुन बाकी रहेको थाहा नगर स्वास्थ्य शाखाले जनाएको छ।
वडा न ८ का वडा अध्यक्ष समेत रहेका आग्रा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हेम कुमार थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुख हरु,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की,दामन शहरी स्वास्थ केन्द्रका प्रकाश घिमिरे, आधारभुत स्वास्थ्य चौकिका चन्द्रदिप भुजेल,इन्द्रायणी माबिका विद्यालय नर्स सुस्मिता बस्नेत,नेकपा एकीकृत समाजवादीका नेता गौतम बुद्द लामा,स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी,जनप्रतिनिधि हरु महिला स्वयंसेविका,स्वास्थ्यकर्मी,लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी आग्रा स्वास्थ्य चौकीका स्वास्थ्य केन्द्रका अनमी बिद्या लामा र सजिता बिष्ट लाई सम्मानित गरिएको थियो।
स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य अर्जुन थापाले संचालन गरेको कार्यक्रमलाई संस्थाकी प्रमुख पुनम पाख्रीनले स्वागत गरेकी थिइन।

 

FB_IMG_1718556178944-1718556206.jpg
FB_IMG_1718556175536-1718556270.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg