bipad-1691926127.jpg
Monday, 02 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

स्वास्थ्य

थाहाको वडा नम्बर २,३ र ४ पनि पुर्ण संस्थागत सुत्केरी वडा घोषँणा,

FB_IMG_1685975581820-1685975605.jpg

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर २,३ र ४  पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर २,३,४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरको तेश्रो वडा हो ।
यसअघि थाहा नगरपालिकाको वडा नम्बर ६ पुर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको भने ९ र १० गत बैशाख २७ गते  पुर्ण संस्थागत वडा घोषणा भैसकेको छ ।


 थाहा नगरपालिकामा रहेको जेसिज हलमा  एक समारोहको आयोजना गरी २२  जेष्ठमा थाहा  नगरपालिकाका  मेयर बिष्णु विष्टले प्राथमिक  स्वास्थ्य केन्द्र दोबाटो,पालुङ स्वास्थ्य चौकी र दामन सहरी स्वास्थ्य केन्द्रलाई  प्रमाणपत्र प्रदान गरि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख बिष्णु बिष्टले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै पुर्ण संस्थागत सुत्केरी घोषणा हुदै गर्दा अवसर संगै चुनौती थपिएको बताउनुभएको छ । 
वहाँले स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले काम गरिरहेको बताउनुभयो साथै नगर प्रमुख बिष्टले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन अभियान संचालन गरिएको बताउदै उहाँले २०७६ मा वडा नम्बर ६ लाई र गएको बैशाख २७ गते पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै स्वास्थ स्वयंसेविकाको र स्वास्थ्यकर्मीको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

वडा न ४ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र् पालुङको अध्यक्ष नारायण लामाको सभापतित्वमा सम्पन्न पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्णु बिष्ट बिशिस्ट अतिथी नगर उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल,वडा न ३ का हिरेन्द्र कुमार रायमाझी ,कृषि शाखा प्रमुख संजय तिवारी,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमाले नगर सचिब रामकृष्ण बस्नेत,थाहा नगर सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी  ,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख  डाक्टर शक्ति चौरासिया ,२,३,४ वडाका महिला स्वास्थ स्वयंसेविकाहरु,आमा समुहका सदस्यहरु,राजनैतिक दलका प्रतिनिधिहरु,नगर भित्र रहेका स्वास्थ्य चौकी प्रमुखहरु,जनप्रतिनिधि हरु,लगायतका उपस्थिति रहेको थियो।

थाहा नगरपालिकाले नगरका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप २,३र ४ नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।

बालमैत्री शासन युक्त  थाहानगर घोषणाको तयारी सहित आज बाट एक आधार थप भएको नगरपालिकाको भनाइ रहेको छ। 

कार्यक्रममा तीन वटा वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा सहयोग पुर्यायको तीन वटा स्वास्थ्य संस्था र ७ जना स्वास्थ्यकर्मी हरुलाई कदरपत्र सहित सम्मान गरियो।

सम्नानित हुनेमा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअनमी इनिलकुमारी राई ,अनमी संजिता मोक्तान ,अनमी आरती वर्तौला,अनमी कमला अधिकारी तथा पालुङ स्वास्थ्य चौकीका सिअनमी सुशीला श्रेष्ठ ,सिअनमी दुर्गा ढकाल र दामन सहरी स्वास्थ्य केन्द्रका अनमी मनिता घिमिरेलाई कदरपत्र सहित सम्मान गरियो।

 

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...