Wednesday, 08 May, 2024
स्वास्थ्य

थाहाको तीन स्थानमा शारीरिक अपांगतता चेकजाँच घुम्ती स्वास्थ शिविर सम्पन्न ।

FB_IMG_1687356227791-1687356318.jpg

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा विकलाङ्ग मित्र समूह तथा अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा काभ्रेको आयोजनामा र अपांग सरोकार केन्द्र थाहा नगरको सम्योजनमा थाहा नगरपालिकाका तीन स्थानमा शारीरिक अपांगतता चेकजाँच घुम्ती स्वास्थ  शिविर सञ्चालन गरियको छ।

शिविरमा १८ वर्ष भन्दामुनीका अपाङ्गता भएका  बालबालिका सहित अपांगतता भएका १ सय २१ जनाले  सेवा लियका छन।
शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी  तथा नसा रोग लगायतका रोगहरुको परिक्षण गरिएको शिविरका व्यवस्थापक अपांग बाल अस्पतालका रुद्र सापकोटाले जानकारी दिए ।

शिविरमा कृत्रिम अङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निशुल्क उपकरण बितरण गरिएको थियो । 
नगरको वडा न ११ र १२ को लागि टिस्टुङ स्वास्थ्य चौकिमा असार ४ गते वडा न ९ र १० र ६ को लागि चित्लाङ स्वास्थ्य चौकिमा ५ गते र बाकी वडाको लागि असार ६ गते प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा शिविर संचालन भएको थियो।
१२१ जनाको अपांग स्वास्थ्य परिक्षण गरिएको शिविरमा सहायक सामाग्री १६ जना लाई वितरण गरियको थियो भने १२ जना लाई अस्पताल भर्नाको लागि सिफारिस गरिएको छ साथै २० जना बालबालिका लाई लामो समयको उपचार गर्नुपर्ने भएकोले अस्पताल डाकियको र २ जनाको कृतिम खुट्टा नाप गरि २ जनाको खुट्टा तयार भैसकेको ले लिनको लागि चेकजाँच सहित अस्पताल बोलाएको शिविर व्यवस्थापक रुद्र सापकोटाले जानकारी दिए।
तीन दिने शिविर समापन कार्यक्रममा थाहा नगरपालिकाको महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचय वितरण शाखा प्रमुख प्रतिमा मोक्तान ,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,सामाजिक विकास समिती सदस्य पवित्रा सिंह ठकुरी,अपांग सरोकार केन्द्र थाहाका अध्यक्ष मनलाल गोपाली,पत्रकार शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

FB_IMG_1687356230737-1687356321.jpg
FB_IMG_1687356234853-1687356350.jpg
FB_IMG_1687356244734-1687356350.jpg
FB_IMG_1687356251315-1687356370.jpg

world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...