Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको जगरघारी जंगलमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला

1752156126802-1752156136.jpg

थाहा, मकवानपुर —
मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ जुरेथुमस्थित जगरघारी जंगलमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ।
स्थानीय बासिन्दाले असार २६ गते दिउँसो करिब १:१५ बजेतिर जंगलमा शव देखेपछि सिमभन्ज्याङ प्रहरी चौकीलाई खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी सिमभन्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। शव पूर्ण रूपमा सडेको र गलेको अवस्थामा रहेको र मृतक जंगलमा उत्तानो अवस्थामा फेला परेको थियो। घटनास्थल नजिकै करिब ५–७ मिटर दूरीमा निलो ट्राउजर, कालो अण्डरवेयर र सेतो धर्का भएको सर्ट फेला परेको छ। त्यसैगरी घटनास्थलबाट करिब २००–३०० मिटर टाढा एक जोर चप्पल पनि भेटिएको प्रहरीले जनाएको छ।
शवको पहिचान खुल्न नसकेकाले अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रकृयासहित मुचुल्का तयार पार्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।
अहिलेसम्म मृत्युको कारणबारे यकिन खुल्न सकेको छैन भने शव पोष्टमार्टमका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...