pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहाका सफल बिष्ट रियालिटी सो र्याप स्टारको अन्तिम १६ मा ,(कसरी दिने भोट?)

FB_IMG_1679753902854-1679753922.jpg

नेपालमा अहिले र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’ प्रसारण भैरहको छ जहाँ मकवानपुर थाहा नगरपालिकाका १९ वर्षीय युवक ७००० प्रतिष्पर्धीमध्ये टप १६ मा प्रवेश गर्न सफल भएका छन् ।

उनको नामै सफल अर्थात् सफल विष्ट । मकवानपुरको थाहा नगरपालिका–२ फाँटबजारका बासिन्दा उनी हाल काठमाडौँ, कलंकीमा १२ कक्षामा अध्ययनरत छन् । सानैदेखि  र्‍याप गायनमा शौखिन सफल विष्टलाई ओएसआर रियालिटी युट्युब च्यानलले शुरु गरेको र्‍याप स्टार रियालिटी शो एउटा ऐतिहासिक अवसर बनेको छ, जहाँ उनले अहिलेसम्म सफलता प्राप्त गरिरहेका छन् । 

थाहा टाइम्ससँग कुरा गर्दै विष्टले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेको र अब भोटिङ राउण्ड शुरु भएकोले भोटका लागि सम्पूर्णलाई आग्रह गरे ।
गत ६ फागुनबाट शुरु भएको र्‍याप रियालिटी शोको अहिलेसम्म १२ एपिसोड प्रशारण भइसकेको छ जहाँ ७००० बाट ३००, ३०० बाट १२०, १२० बाट ६० र ६० बाट १२ हुँदै सफल अब्बल सावित हुँदै गइरहेका छन् । उनी रियालिटी शोमा बि–सफको नामबाट परिचित छन् । 

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ । निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । तर, अबको राउण्ड भोटिङमा आधारित भएकोले सफललाई जजको भन्दा भोट गर्ने सहयोगीहरुको बढी आवश्यकता छ । 
‘भोटिङ राउण्डमा प्रत्येक हप्ता २ जना ‘आउट’ हुन्छ,’ सफलले जानकारी दिए । 

प्रतियोगितामा अहिलेसम्म प्रस्तुत गरेका गीतहरु सफल आफैले लेखेका छन् । उनको शब्द, भाव र प्रस्तुतीले निर्णायकहरुलाई बढी तानेको देखिन्छ । पछिल्लो प्रस्तुती थाहानगरका कृषकहरुले झेलिरहेको समस्यामा केन्द्रित हुने सफलले बताए । ‘म मकवानपुरेको छोरा हुँ, मलाई साथ दिनुस्’ थाहा टाइम्समार्फत् उनले भने । 

कसरी दिने भोट ?

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टाेरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि र्‍याप स्टार रियालिटी शोमा सफलको फोटो देखिन्छ । उक्त फोटोमा क्लिक गरेपछि भोट गर्ने प्रक्रिया अघि बढ्ने सफलको भनाइ छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...