himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

अपडेट

थाहाका ज्योती रायमाझीलाई बागमती प्रदेशकै ‘उत्कृष्ट नवउद्यमी सम्मान’

InShot_20251126_212525645-1764171749.jpg

मकवानपुर थाहा नगरपालिकाका कृषि उद्यमी ज्योति रायमाझीले ‘उत्कृष्ट नवउद्यमी’को रुपमा सम्मानित भएकाछन् । थाहा नगरपालिका वडा नम्बर ४ को ज्योति दामन कृषि फार्मका सञ्चालक रायमाझीलाई बागमती प्रदेश सरकारले ९ मंसिरमा हेटौंडामा सम्मान गरेको हो । बागमती प्रदेश सरकारले प्रदेशभित्रका एक सर्वोत्कृष्टसहित १३ उत्कृष्ट नवउद्यमीलाई एक समारोहकाबीच सम्मान गरेको हो ।

११ औँ उद्योग दिवसका अवसरमा ९ मंसिरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेश भित्र विभिन्न उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको हो । नवप्रवर्तन उद्यमी सम्मान अन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी कुल १४ जना उद्यमीलाई नगदसहित सम्मान गरिएको हो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत कार्यक्रममा आधारित रही मंगलबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुखउपस्थितिमा जिल्लागत उद्यमीलाई सम्मान गरिएको हो । यसवर्षको सर्वोत्कृष्ट उद्यमीकारुपमा नुवाकोट, म्यागङ गाउँपालिका–३ देउरालीस्थित चिया कृषि फर्मका सेल्कर तामाङ सम्मानित भएका छन् । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठका अनुसार नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ बमोजिम आवेदन दिएकामध्ये प्रत्येक जिल्लाबाट सर्वाधिक अंक प्राप्त गरेका तीन उद्यमीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो ।
कार्यक्रममा मकवानपुरबाट ज्योति दामन कृषि फार्म थाहा, नमूना एग्रो प्रोडक्स काभ्रे, ग्यालेक्सी मौरी फार्म दोलखा, चम्पक पाउँ भक्तपुर, स्पेशल पुष्टकारी ललितपुर, नमुन्चेत कृषि फार्म ककनी नुवाकोट, उज्यालो साबुन उद्योग सिन्धुली, पवित्रा कृषि तथा पशुपंक्षी फार्म धादिङ, चितवन अर्वान बुटिक, द हाइल्याण्ड आर्ट फेसन डिजाइन काठमाडौं, जौडाँडा ढाका उद्योग सिन्धुपाल्चोक र रसुवाको राजेश कृषि तथा पशुपन्छी फार्मलाई उत्कृष्ट उद्यमीकारुपमा सम्मानित गरिएको छ ।
उत्कृष्ट भएका उद्यमीलाई जनही ४० हजारसहित सम्मान गरिएको थियो । अन्तिम छनोट मन्त्रालय स्तरीय समितिबाट अंकका आधारमै गरिएको उनले बताइन् । मन्त्री श्रेष्ठले उद्यमशीलता प्रवद्र्धनका लागि उद्योगमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । कार्यक्रमस्थलमा उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमीले आआफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्री गरेका थिए । स्टलको मुख्यमन्त्री सहित बागमती प्रदेशका मन्त्रीहरुले अवलोकन गरेका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...