pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहाका ज्योती रायमाझीलाई बागमती प्रदेशकै ‘उत्कृष्ट नवउद्यमी सम्मान’

InShot_20251126_212525645-1764171749.jpg

मकवानपुर थाहा नगरपालिकाका कृषि उद्यमी ज्योति रायमाझीले ‘उत्कृष्ट नवउद्यमी’को रुपमा सम्मानित भएकाछन् । थाहा नगरपालिका वडा नम्बर ४ को ज्योति दामन कृषि फार्मका सञ्चालक रायमाझीलाई बागमती प्रदेश सरकारले ९ मंसिरमा हेटौंडामा सम्मान गरेको हो । बागमती प्रदेश सरकारले प्रदेशभित्रका एक सर्वोत्कृष्टसहित १३ उत्कृष्ट नवउद्यमीलाई एक समारोहकाबीच सम्मान गरेको हो ।

११ औँ उद्योग दिवसका अवसरमा ९ मंसिरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेश भित्र विभिन्न उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको हो । नवप्रवर्तन उद्यमी सम्मान अन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी कुल १४ जना उद्यमीलाई नगदसहित सम्मान गरिएको हो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत कार्यक्रममा आधारित रही मंगलबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुखउपस्थितिमा जिल्लागत उद्यमीलाई सम्मान गरिएको हो । यसवर्षको सर्वोत्कृष्ट उद्यमीकारुपमा नुवाकोट, म्यागङ गाउँपालिका–३ देउरालीस्थित चिया कृषि फर्मका सेल्कर तामाङ सम्मानित भएका छन् । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठका अनुसार नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ बमोजिम आवेदन दिएकामध्ये प्रत्येक जिल्लाबाट सर्वाधिक अंक प्राप्त गरेका तीन उद्यमीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो ।
कार्यक्रममा मकवानपुरबाट ज्योति दामन कृषि फार्म थाहा, नमूना एग्रो प्रोडक्स काभ्रे, ग्यालेक्सी मौरी फार्म दोलखा, चम्पक पाउँ भक्तपुर, स्पेशल पुष्टकारी ललितपुर, नमुन्चेत कृषि फार्म ककनी नुवाकोट, उज्यालो साबुन उद्योग सिन्धुली, पवित्रा कृषि तथा पशुपंक्षी फार्म धादिङ, चितवन अर्वान बुटिक, द हाइल्याण्ड आर्ट फेसन डिजाइन काठमाडौं, जौडाँडा ढाका उद्योग सिन्धुपाल्चोक र रसुवाको राजेश कृषि तथा पशुपन्छी फार्मलाई उत्कृष्ट उद्यमीकारुपमा सम्मानित गरिएको छ ।
उत्कृष्ट भएका उद्यमीलाई जनही ४० हजारसहित सम्मान गरिएको थियो । अन्तिम छनोट मन्त्रालय स्तरीय समितिबाट अंकका आधारमै गरिएको उनले बताइन् । मन्त्री श्रेष्ठले उद्यमशीलता प्रवद्र्धनका लागि उद्योगमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । कार्यक्रमस्थलमा उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमीले आआफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्री गरेका थिए । स्टलको मुख्यमन्त्री सहित बागमती प्रदेशका मन्त्रीहरुले अवलोकन गरेका थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg