pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर

FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन कन्सल्टेटर उपलब्ध गराइएको छ । 
थाहा १० का स्थानीय युवाहरु बैकुण्ठ थापा ‘आशिष’ र कृष्ण कार्कीको पहलमा अक्सिजन कन्सल्टेटर उपलब्ध गराईएको हो ।
थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ¥याट विभाग प्रमुख हुन् भने कार्की नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति मकवानपुर सदस्य हुन् ।
अक्सिजन कन्सल्टेटर सोमबार एक कार्यक्रमबीच स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका वडा नं. १० का वडा सदस्य राजकुमार बस्नेतको उपस्थितिमा थापा र कार्कीले स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त अक्सिजन कन्सल्टेटरले स्थानीय स्तरमा असिजनको आवश्यक्ता पर्ने बिरामीहरुको उपचारको लागि सहजता भएकोले पहल गरिदिने युवाहरुलाई स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीले धन्यवाद ब्यक्त गरे ।
स्वास्थ्यचौकीको सेवा बिस्तार र स्थानीय बिरामीहरुको सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अक्सिजन कन्सल्टेटरको लागि पहल गरिएको बैकुण्ठ थापा ‘आशिष’ले बताए ।
अशक्त बिरामीहरुको स्थानीय तहमै उपचारको लागि आवश्यक अक्सिजन सहज रुपमा उपलब्ध गराउनको लागि अक्सिजन कन्सल्टेटर महत्वपूर्ण भएको र आगामी दिनमा समेत आवश्यक सहयोगको पहल गरिरहने कृष्ण कार्कीले बताए ।
थापा र कार्की सामाजिक कार्यमा सक्रिय युवाहरु हुन् । भूकम्प होस् या कोरोनाको कहर वा बाढी पहिरोको प्रकोप जहाँपनि थापा र कार्कीको समूह राहत र सहयोग गर्नमा सक्रिय हुन्छन् ।
२०७२ सालको भूकम्पमा परेका पीडितहरूका लागि उनीहरुले दाल, चामल, नुन, तेल, त्रिपाल जस्ता आवश्यक सामग्री वितरण गरेका थिए । त्यसपछि कोरोनाको महामारीका दौराने गाउँमा स्यानिटाइजर, मास्क, र साबुन वितरण गरेर समुदायलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याए । दोस्रो कोरोनाको बेला थाहा युथ इन्भेस्टमेन्ट ग्रुपमार्फत उनीहरुले ४७ दिनसम्म दैनिक ५०० जनालाई निःशुल्क भोजन उपलब्ध गराए । साथै, ३५० भन्दा बढी अक्सिजन सिलिन्डरहरूलाई घरघर पुर्याएर आवश्यक परेकालाई अक्सिजन उपलब्ध गराएका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा अक्सिजन कन्सल्टेटरको उपलब्ध हुँदा यस क्षेत्रका नागरिकलाई राहत पुगेको स्थानीयले बताए ।
थापा र कार्कीले थाहा नगरको स्वास्थ्य लगायतका बिभिन्न क्षेत्रको विकासमा क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg