pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर

FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन कन्सल्टेटर उपलब्ध गराइएको छ । 
थाहा १० का स्थानीय युवाहरु बैकुण्ठ थापा ‘आशिष’ र कृष्ण कार्कीको पहलमा अक्सिजन कन्सल्टेटर उपलब्ध गराईएको हो ।
थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ¥याट विभाग प्रमुख हुन् भने कार्की नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति मकवानपुर सदस्य हुन् ।
अक्सिजन कन्सल्टेटर सोमबार एक कार्यक्रमबीच स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका वडा नं. १० का वडा सदस्य राजकुमार बस्नेतको उपस्थितिमा थापा र कार्कीले स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त अक्सिजन कन्सल्टेटरले स्थानीय स्तरमा असिजनको आवश्यक्ता पर्ने बिरामीहरुको उपचारको लागि सहजता भएकोले पहल गरिदिने युवाहरुलाई स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीले धन्यवाद ब्यक्त गरे ।
स्वास्थ्यचौकीको सेवा बिस्तार र स्थानीय बिरामीहरुको सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अक्सिजन कन्सल्टेटरको लागि पहल गरिएको बैकुण्ठ थापा ‘आशिष’ले बताए ।
अशक्त बिरामीहरुको स्थानीय तहमै उपचारको लागि आवश्यक अक्सिजन सहज रुपमा उपलब्ध गराउनको लागि अक्सिजन कन्सल्टेटर महत्वपूर्ण भएको र आगामी दिनमा समेत आवश्यक सहयोगको पहल गरिरहने कृष्ण कार्कीले बताए ।
थापा र कार्की सामाजिक कार्यमा सक्रिय युवाहरु हुन् । भूकम्प होस् या कोरोनाको कहर वा बाढी पहिरोको प्रकोप जहाँपनि थापा र कार्कीको समूह राहत र सहयोग गर्नमा सक्रिय हुन्छन् ।
२०७२ सालको भूकम्पमा परेका पीडितहरूका लागि उनीहरुले दाल, चामल, नुन, तेल, त्रिपाल जस्ता आवश्यक सामग्री वितरण गरेका थिए । त्यसपछि कोरोनाको महामारीका दौराने गाउँमा स्यानिटाइजर, मास्क, र साबुन वितरण गरेर समुदायलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याए । दोस्रो कोरोनाको बेला थाहा युथ इन्भेस्टमेन्ट ग्रुपमार्फत उनीहरुले ४७ दिनसम्म दैनिक ५०० जनालाई निःशुल्क भोजन उपलब्ध गराए । साथै, ३५० भन्दा बढी अक्सिजन सिलिन्डरहरूलाई घरघर पुर्याएर आवश्यक परेकालाई अक्सिजन उपलब्ध गराएका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा अक्सिजन कन्सल्टेटरको उपलब्ध हुँदा यस क्षेत्रका नागरिकलाई राहत पुगेको स्थानीयले बताए ।
थापा र कार्कीले थाहा नगरको स्वास्थ्य लगायतका बिभिन्न क्षेत्रको विकासमा क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...