himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

टिस्टुङमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत् सांस्कृतिक कार्यक्रम

329102213_691680959306250-1675433531.jpg

सोनाम ल्होसारको अवसरमा थाहा नगरको टिस्टुङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

टिस्टुङ सोनाम ल्होसार मुल समारोह समितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ११ स्थित वागेश्वरी माबिको प्रांगणमा माघ २० गते सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरियको हो ।

तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरियको आयोजकले बतायो। कार्यक्रम लाई मकवानपुर क्षेत्र न २ का प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले उद्घाटन गरेका थिय। उद्घाटन समारोहलाई संबोधन गर्दै प्रमुख अतिथी बर्तौलाले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने बताउनुभयो । भाषा धर्म संस्कृति हराए हामी रहनुको कुनै अर्थ नरहने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ हाम्रो पुर्खाले आर्जेको भाषा धर्म संस्कृति रह्यो भने हामी रहेको सार्थकता रहन्छ , हाम्रो परम पुज्यहरुले आर्जेको थिति नै रहेन भने हामी रहनुको कुनै अर्थ रहदैँन ।’भाषा, धर्म, संस्कार र संंस्कृति बचाउन आफु सधै भरि लागीरहेको र लागी रहने प्रतिवद्धता जनाउँदै उहाँले आफ्नो धर्म संस्कृति बचाउन त्यो वा यो पार्टी नभनी राजनितिबाट माथि उठेर सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले नेपाल वहु धार्मिक, वहु साँस्कृतीक देश भएकोले यहाँको संस्कृती एवम् परम्पराहरुलाई संरक्षण,संवद्र्धन गर्न आवश्यक रहेको बताउदै स्थानीय पाठ्यक्रममा तामाङ भाषामा अध्यापन गराउन पाठ्यक्रम तयारीको लागि नगरले बजेट समेत बिनियोजन गरिसकेको बताए ।

तेसै गरि अर्का अतिथी उपप्रमुख भरत गोपालीले सवै जात जाती भाषा भाषिहरुको संरक्षण गर्ने योजना, थाहा नगरपालिकाको रहेको बताउनुभयो । उहाँले पाश्चात्य संगित तर्फ वर्तमान पुस्ताको आकर्षण रहेको भन्दै आफ्नो मौलिक संस्कृतिकको पनि उत्तिकै जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो साथै वहाँले यस्ता विभिन्न जातजातीका आ-आफ्नो सँस्कार सँस्कृतीलाई पर्यटन प्रवद्र्धन सँग जोड्न सके थाहाको पर्यटन विकासमा सहयोग पुग्ने वताउनुभयो । दुई दिन सम्म चल्ने सांस्कृतिक कार्यक्रममा हास्यकलाकार रजनी खड्का ,रोहित कार्की ,केशव सापकोटा,गायक जीवन बोम्जन,संगितकार बिश्व दोङ,गायक संजिव वाइवा,अविराम मोक्तान ,अशोक लामा,गायिका रेश्मा बोम्जन लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

टिस्टुङ सोनाम ल्होछार मुल समारोह समितिका अध्यक्ष राजिव कुमार लामाको अध्यक्षतामा सम्पन्न सांस्कृतिक कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथी संघिय सांसद महेश कुमार वर्तौला,बिशिस्ट अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,वडा न ११ का अध्यक्ष दिनेश बल,१२ का अध्यक्ष टिकाराम स्याङ्तान,नेपाल तामाङ घेदुङ संघका सह अध्यक्ष कुमार घिसिङ ,घेदुङका मकवानपुर जिल्ला सचिवालय सदस्य किरणमान बल ,लगायतका उपस्थिति रहेको थियो। तामाङ समुदायले नयाँ पर्वको रुपमा सोनाम पर्व मनाउँदै आएका छन् । हयोयी÷ल्हो बिरालो बर्षका रुपमा मनाईन्छ । अहिलेसम्म तामाङ समुदायले २५५९औँ बर्षका रुपमा यसपटक यो पर्व मनाउँदै छन् । सोही अवसरमा विगतका बर्षमा झै यसपटक सांस्कृतिक कार्यक्रम सहित सोनाम पर्व मनाउन लागिएको आयोजक समितिका मंगल तामाङले जानकारी दिनुभयो। 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png