Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

मनाेरञ्जन

टिस्टुङमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत् सांस्कृतिक कार्यक्रम

329102213_691680959306250-1675433531.jpg

सोनाम ल्होसारको अवसरमा थाहा नगरको टिस्टुङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

टिस्टुङ सोनाम ल्होसार मुल समारोह समितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ११ स्थित वागेश्वरी माबिको प्रांगणमा माघ २० गते सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरियको हो ।

तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरियको आयोजकले बतायो। कार्यक्रम लाई मकवानपुर क्षेत्र न २ का प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले उद्घाटन गरेका थिय। उद्घाटन समारोहलाई संबोधन गर्दै प्रमुख अतिथी बर्तौलाले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने बताउनुभयो । भाषा धर्म संस्कृति हराए हामी रहनुको कुनै अर्थ नरहने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ हाम्रो पुर्खाले आर्जेको भाषा धर्म संस्कृति रह्यो भने हामी रहेको सार्थकता रहन्छ , हाम्रो परम पुज्यहरुले आर्जेको थिति नै रहेन भने हामी रहनुको कुनै अर्थ रहदैँन ।’भाषा, धर्म, संस्कार र संंस्कृति बचाउन आफु सधै भरि लागीरहेको र लागी रहने प्रतिवद्धता जनाउँदै उहाँले आफ्नो धर्म संस्कृति बचाउन त्यो वा यो पार्टी नभनी राजनितिबाट माथि उठेर सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले नेपाल वहु धार्मिक, वहु साँस्कृतीक देश भएकोले यहाँको संस्कृती एवम् परम्पराहरुलाई संरक्षण,संवद्र्धन गर्न आवश्यक रहेको बताउदै स्थानीय पाठ्यक्रममा तामाङ भाषामा अध्यापन गराउन पाठ्यक्रम तयारीको लागि नगरले बजेट समेत बिनियोजन गरिसकेको बताए ।

तेसै गरि अर्का अतिथी उपप्रमुख भरत गोपालीले सवै जात जाती भाषा भाषिहरुको संरक्षण गर्ने योजना, थाहा नगरपालिकाको रहेको बताउनुभयो । उहाँले पाश्चात्य संगित तर्फ वर्तमान पुस्ताको आकर्षण रहेको भन्दै आफ्नो मौलिक संस्कृतिकको पनि उत्तिकै जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो साथै वहाँले यस्ता विभिन्न जातजातीका आ-आफ्नो सँस्कार सँस्कृतीलाई पर्यटन प्रवद्र्धन सँग जोड्न सके थाहाको पर्यटन विकासमा सहयोग पुग्ने वताउनुभयो । दुई दिन सम्म चल्ने सांस्कृतिक कार्यक्रममा हास्यकलाकार रजनी खड्का ,रोहित कार्की ,केशव सापकोटा,गायक जीवन बोम्जन,संगितकार बिश्व दोङ,गायक संजिव वाइवा,अविराम मोक्तान ,अशोक लामा,गायिका रेश्मा बोम्जन लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

टिस्टुङ सोनाम ल्होछार मुल समारोह समितिका अध्यक्ष राजिव कुमार लामाको अध्यक्षतामा सम्पन्न सांस्कृतिक कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथी संघिय सांसद महेश कुमार वर्तौला,बिशिस्ट अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,वडा न ११ का अध्यक्ष दिनेश बल,१२ का अध्यक्ष टिकाराम स्याङ्तान,नेपाल तामाङ घेदुङ संघका सह अध्यक्ष कुमार घिसिङ ,घेदुङका मकवानपुर जिल्ला सचिवालय सदस्य किरणमान बल ,लगायतका उपस्थिति रहेको थियो। तामाङ समुदायले नयाँ पर्वको रुपमा सोनाम पर्व मनाउँदै आएका छन् । हयोयी÷ल्हो बिरालो बर्षका रुपमा मनाईन्छ । अहिलेसम्म तामाङ समुदायले २५५९औँ बर्षका रुपमा यसपटक यो पर्व मनाउँदै छन् । सोही अवसरमा विगतका बर्षमा झै यसपटक सांस्कृतिक कार्यक्रम सहित सोनाम पर्व मनाउन लागिएको आयोजक समितिका मंगल तामाङले जानकारी दिनुभयो। 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
thahapaati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...