himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

टाइफाइड विरुद्धको खोप आज बाट सुरु,थाहा नगरको सबै विद्यालयमा लगाइदै।

1649252731948-1649388766.jpg

मकवानपुरमा आज शुक्रबारदेखि दुई चरणमा टाईफाइड बिरुद्धको खोप अभियान सुरु हुँदैछ । जिल्ला खोप समन्वय समितिका अनुसार खोप अभियानको तयारी पूरा भएको छ ।मकवानपुरमा एक लाख जनालाई खोप लगाइने भएको हो । जिल्लामा भएको चारलाख ६१ हजार ५३ जनसंख्यामध्ये पालिकास्तरबाट प्राप्त एकलाख २६ हजार पाँचसय ६६ लक्षित जनसंख्या रहेको बताइएको छ । जसमध्ये एकलाख आठहजार चारसय ८६ जना बालबालिकामा खोप लगाउने तयारी भइरहेको जनाइएको छ । मकवानपुरमा छसय आठ खोप केन्द्र, आठसय ७० खोपकर्ता, एकहजार तीनसय ९० जना स्वयम्सेवकपरिचालन हुने जनाइएको छ ।

जिल्ला खोप फोकल पर्सन बासुदेब रिमालले मकवानपुरको ९ स्थानीय तहमा २५ चैतदेखि ६ वैशाखसम्म र बकैया गाँउपालिकामा वैशाख ५ गतेदेखि ९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । जिल्लास्थित थाहा नगरपालिका, मकवानपुरगढी, हेटौंडा, बागमती, कैलाश,मनहरी, राक्सिराङ, इन्द्रसरोबरर भीमफेदीले खोप कार्यक्रमको तयारी गरिसकेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले खोप अभियानबाट बालबालिकालाई छुटाउन नहुने बताए । बढ्दो संक्रमण दरका कारण बालबालिकालाई नछुटाई खोप लगाउनुपर्ने उनको भनाइ छ ।

बागमती प्रदेशको १३ वटै जिल्लामा लक्षित उमेर समूहलाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आज शुक्रबारदेखि प्रदेशभर टाइफाइडबिरुद्धको खोप अभियान सुरुवात गर्दैछ ।बागमतीका मुख्यमन्त्रीराजेन्द्रप्रसाद पाण्डेले बिहीवारअपरान्ह स्वास्थ्य मन्त्रालयमा खोप अभियानको उद्घाटन गरिसकेका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागमतीमा १५ महिनादेखि १५ वर्षसम्मका १२ लाख ५२ हजार पाँचसय ३९ जना बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउन लागिएको हो । जिल्लास्थित विद्यालयमा खोप केन्द्र स्थापना गरिएको निर्देशनालयका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उक्त उमेर समूहका बालबालिका विद्यालयमै भेटिने भएकाले खोप केन्द्र विद्यालयमा
राखिएको उनको भनाइ छ ।

२५ चैतदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने झाले बताए । खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको निर्देशनालयले जनाएको छ । प्रदेशभर छहजार पाँचसय २० खोप केन्द्र छन् । खोप केन्द्रमा आठ हजार आठसय ५८ जना खोपकर्मीपरिचालन हुने शाखा प्रमुख झाले जानकारी दिए । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढी स्वयम्सेवक परिचालन हुने जनाइएको छ । निर्देशनालयका खोप फोकल पर्सन पदमराज कैनीले ८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको जनाए । खोप अभियानलाई प्रभावकारी बनाउन समुदाय तहमा छलफल, विद्यालयहरुमा तथ्याड्ढ संकलन, स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत् जानकारी प्रवाह गरिएको बताइएको छ ।

खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको निर्देशनालयले जानकारी दिएको छ । नेपालमा पहिलोपटक टाइफाइडबिरुद्धको खोप अभियान सुरु हुँदैछ । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा खोप लगाउन सुरु हुने भएको हो । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको निर्देशनालयले जानकारी दिएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमण दर बढी देखिएकोलेसरकारले १५ महिनादेखि १५ वर्षबीचका बालबालिकालाई खोप अभियानमा समेटेको जनाइएको छ ।

सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । पाटन एकेडमी अफ हेल्थ साइन्सेजले गरेको एक अध्ययनमा प्रति एकलाख जनसंख्यामा एकहजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको थियो ।टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामकरोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्ने तीन वर्षयताको तथ्याड्ढले देखाएको छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्छ भने टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg