pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

झोलामा साबुन राखेर हिँड्न नगरप्रमुखकाे आग्रह

labsher-dai-1588689627-1597052268.jpg

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले कोरोना भाइरससँगको लडाईंमा जीत हासिल गर्न घरबाट निस्किनु पर्दा झोलामा सावुन राखेर मात्र हिँड्न आग्रह गर्नु भएको छ । ‘सकेसम्म घरमै रहनुस्, अत्यावश्यक काम परेर निस्किनु परेमा झोलामा साबुन राखेर मात्र निस्किनुस्’ उहाँले आग्रह गर्नुभयो ।

दामन एफ. एम.बाट प्रशारण हुने सवालजवाफमा बाेल्दै आज विहान उहाँले  यस्तो आग्रह गर्नुभएको हो ।

मकवानपुरमा हिजो(आइतबार) मात्र २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र जिल्ला कमाण्ड पोष्टले हेटौंडा उपमहानगरपालिका र मनहरी बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिरहँदा थाहा नगरका प्रमुख विष्टले यस्तो अपिल गर्नुभएको हो ।

‘हामी काठमाण्डौंबाट अत्यन्त नजिक छौं, तराईबाट काठमाण्डौं जोड्ने भरपर्दो राजमार्ग त्रिभुवन राजपथ पनि यहीँबाट जान्छ, त्यसैले हामी कोरोना संक्रमणको जोखिमबाट बच्न संवेदनशील हुनु आवश्यक छ,’ नगर प्रमुखले भन्नुभयो, ‘गाउँमा कतै नयाँ व्यक्ति आएको पाइएमा तुरुन्त नगरपालिकाको कोरोना रोकथाम सचिबालयमा जानकारी दिनुहोस् ।’

घरबाहिर निस्किँदा स्वयम् सजग रहनु पर्ने, बेलाबेला सेनिटाइजर प्रयोग गर्नु पर्ने, मास्क अनिबार्यरुपमा उचित रुपले लगाउनु पर्नेमा नगर प्रमुखको जोड रहेको छ । सबैठाउँमा सेनिटाइजर उपलब्ध नहुने र बेलाबेला मिचीमिची सावुन पानीले हात धुँदा कोरोना संक्रमणको सम्भावना कम हुने भएकोले साबुन आफैसँगै राखेर हिँड्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘बेलाबेला हात धोइरहनुस्, हात धुन पानी किन्नु पर्दैन, सर्वसुलभ छ’ उहाँले भन्नुभयो ।

थाहा नगरको बजार क्षेत्रमा विभिन्न संघसंस्थाले ठाउँठाउँमा हात धुने स्थानसमेत निर्माण गरेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...