Saturday, 04 May, 2024
स्वास्थ्य

झोलामा साबुन राखेर हिँड्न नगरप्रमुखकाे आग्रह

labsher-dai-1588689627-1597052268.jpg

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले कोरोना भाइरससँगको लडाईंमा जीत हासिल गर्न घरबाट निस्किनु पर्दा झोलामा सावुन राखेर मात्र हिँड्न आग्रह गर्नु भएको छ । ‘सकेसम्म घरमै रहनुस्, अत्यावश्यक काम परेर निस्किनु परेमा झोलामा साबुन राखेर मात्र निस्किनुस्’ उहाँले आग्रह गर्नुभयो ।

दामन एफ. एम.बाट प्रशारण हुने सवालजवाफमा बाेल्दै आज विहान उहाँले  यस्तो आग्रह गर्नुभएको हो ।

मकवानपुरमा हिजो(आइतबार) मात्र २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र जिल्ला कमाण्ड पोष्टले हेटौंडा उपमहानगरपालिका र मनहरी बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिरहँदा थाहा नगरका प्रमुख विष्टले यस्तो अपिल गर्नुभएको हो ।

‘हामी काठमाण्डौंबाट अत्यन्त नजिक छौं, तराईबाट काठमाण्डौं जोड्ने भरपर्दो राजमार्ग त्रिभुवन राजपथ पनि यहीँबाट जान्छ, त्यसैले हामी कोरोना संक्रमणको जोखिमबाट बच्न संवेदनशील हुनु आवश्यक छ,’ नगर प्रमुखले भन्नुभयो, ‘गाउँमा कतै नयाँ व्यक्ति आएको पाइएमा तुरुन्त नगरपालिकाको कोरोना रोकथाम सचिबालयमा जानकारी दिनुहोस् ।’

घरबाहिर निस्किँदा स्वयम् सजग रहनु पर्ने, बेलाबेला सेनिटाइजर प्रयोग गर्नु पर्ने, मास्क अनिबार्यरुपमा उचित रुपले लगाउनु पर्नेमा नगर प्रमुखको जोड रहेको छ । सबैठाउँमा सेनिटाइजर उपलब्ध नहुने र बेलाबेला मिचीमिची सावुन पानीले हात धुँदा कोरोना संक्रमणको सम्भावना कम हुने भएकोले साबुन आफैसँगै राखेर हिँड्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘बेलाबेला हात धोइरहनुस्, हात धुन पानी किन्नु पर्दैन, सर्वसुलभ छ’ उहाँले भन्नुभयो ।

थाहा नगरको बजार क्षेत्रमा विभिन्न संघसंस्थाले ठाउँठाउँमा हात धुने स्थानसमेत निर्माण गरेका छन् ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...