jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जीतपुरसिमराः सत्ता गठबन्धनका उम्मेदवार राजनको जित सुनिश्चित
अख्तियारले बोलाएकी उपमेयर एमालेकी उम्मेदवार

Jitpursimara-Rajan-paudel-1650624792.jpg

बारा । संविधान सभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन । 
संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगरवासीका बीचमा चिनिएका र सुनिएका नाम थिए । तर पनि उनले नगरभित्र पार्टी संगठन र स्थानीय जनतासँगको गहिरो हिमचिम सम्बन्धका कारण धेरैले नपत्याउँदा पनि उनी उपमहानगरभित्र बलियो उम्मेदवार बने । 
गत स्थानीय तह चुनावमा माओवादीले देशभरका ११ उपमहानगरपालिकामा कँही कतै जित निकाल्न सकेनन् । तर जीतपुर सिमरामा मुख्य पद मेयर उपमेयर अन्य उपमहानगरको तुलनामा थोरै मतान्तरले पराजित भए पनि उपमहानगरभित्रको १० वटा वडामा माओवादीले जित निकाल्यो ।
२४ वटा वडा रहेको उपमहानगरमा सबैभन्दा बढी वडा जितने पार्टी माओवादी नै बन्यो, त्यसपछि बल्ल मेयर जितेको एमालेको ७ वटा वडामा अध्यक्ष जितेको थियो । कांग्रेस ५ र तत्कालीन राजपा (हाल लोसपा) २ वटा वडामा जितेको थियो । 
तर जसले मेयर जिते (एमालेका डा. कृष्णप्रसाद पौडेल) उनले उपमहानगरलाई कुशलतापूर्वक हाँक्न सकेनन् । पिएचडी अध्ययन गरेका मेयर नगरवासीले पाउँदा पनि उनको पढाइ उपमहानगरको विकास र समृद्धिमा कुनै काममा आएन । बरु उल्टै कार्यक्षमता मूल्यांकनमा अन्य स्थानीय तहको तुलनामा निक्कै कमजोर रेकर्ड जीतपुरसिमरा उपमहानगरले राख्ने काम ग¥यो । 
वित्त आयोगको सुशासन समितिले देशभरका ७५३ वटा स्थानीय तहमा गरेको कार्य क्षमता, सुशासनलगायतलाई आधार बनाएर प्रकाशित गरेको प्रतिवेदनमा जीतपुरसिमराको रेकर्ड कमजोर छ । अर्थात्, सबै स्थानीय तहमध्ये सबैभन्दा कमजोरबाट हेर्दा दोस्रोमा जीतपुर सिमराको रेकर्ड छ ।
यो ५ वर्षको बीचमा उपमहानगरको मतदाताको मनोविज्ञान, त्यहाँको समाजको चरित्रमा निक्कै फरबदल आएको छ । यही बीचमा आएको कोभिड संकट र जनतामा त्यसले निम्त्याएको कहरमा निर्वाचित मेयर बेपत्तै जस्तो भए । औद्योगिक क्षेत्रले ब्यहोरेको आर्थिक संकटमा मेयर बेखबर भएरै बसिदिए ।
अर्का त्यसबेलाका कांग्रेसका उम्मेदवार पनि आफ्नै पार्टीका कार्यक्रममा बाहेक अन्य बेला उपमहानगरभित्र कुनै कार्यक्रममा देखिदै देखिएनन् । तर माओवादी केन्द्रका नेता पौडेल भने जनतासँगै रहे । जनतासँगै निरन्तर चुनाव हारे पनि जितेका मेयरभन्दा बढी सक्रिय भएर विकसित जीतपुरसिमराको लागि निरन्तर खटिइरहे । यसले उनको लोकप्रियता उपमहानगरपालिकामा झन् बढाएको छ ।
सत्ता गठबन्धन दलले महानगर र उपमहानगरको सिट बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा १ महानगर र २ उपमहानगरको नेतृत्वमा सहमति बनेको छ । जसमध्येको एक हो जीतपुर सिमरा । जहाँ गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मेयर पाएको छ ।
माओवादीका तर्फबाट त्यहाँ उम्मेदवारका आकांक्षी थिए, गत निर्वाचनमा चुनाव लडेका उनै राजन पौडेल, बारा जिल्ला नेता छत्रबहादुर श्रेष्ठ (अनिल) र पूर्व संविधान सभा सदस्य जयराम दाहाल । यी तीनमध्ये माओवादीको उपमहानगर कमिटीले पौडेलको नाम मात्रै सर्वसम्मतरुपमा केन्द्रलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त)ले जीतपुरसिमरामा पौडेलको नाम मात्रै सर्वसम्मत सिफारिस भएर केन्द्रमा आएको बताए । यसको निर्णय केन्द्रीय कार्यालयको विस्तारित बैठकले गर्ने उनको भनाई छ ।


गत चुनाव विश्लेषण :
गत स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै लडेका थिए । त्यसबेला यी दलहरुले पाएको चुनावी मतपरिणामको मतान्तर धेरै ठूलो छैन । मेयरमा एमालेले १४ हजार ८६५ मत ल्याएर चुनाव जितिरहँदा कांग्रेसका उम्मेदवारले ११ हजार ९९५ र माओवादीका उम्मेदवार पौडेलले ११ हजार २५१ मत ल्याएका थिए ।
एमालेबाट मेयरमा निर्वाचित डा. कृष्णप्रसाद पौडेल त्यसबेला कांग्रेस र माओवादीका अन्य प्रतिस्पर्धी दुई उम्मेद्वारभन्दा परिचित अनुहार थिए ।
उनी पीएचडीसम्म अध्ययन गरेका, राजनीतिमा लामो समय व्यतीत गरेका, तत्कालीन जीतपुर गा.वि.स.का अध्यक्ष भइसकेका र चुनावी अनुभव बटुलिसकेका नेता थिए । कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंह पनि परिचित थिए । तर, माओवादीका उम्मेदवार राजन पौडेल उनीहरूको तुलनामा नयाँ थिए । उनीसँग चुनावी अनुभव थिएन । तर पनि पौडेलले जितेका एमाले उम्मेदवार र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धी भोट ल्याए ।
गत चुनावी परिणाममा एमालेका पौडेल पहिलो, कांग्रेसका सिंह दोस्रो र माओवादीका पौडेल तेस्रो भए । तर, वडाको विश्लेषण गर्ने हो भने एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो ।
यो उपमहानगरका २४ वडामध्ये सबैभन्दा बढी १० वटा वडामा माओवादी केन्द्र, ७ वटामा एमाले, ५ वडामा कांग्रेस र २ वडामा राजपा (हालको लोसपा) ले जितेको थियो ।
गत चुनावमा मेयर, उपमेयर र वडा अध्यक्षका विजयी र तीन मुख्य दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत विवरण चार्टमा

तर यसपटकको चुनावमा गठबन्धन दलको एउटा तालमेल छ। एमाले पनि अर्काे तालमेलको कसरतमा छ । तर उसको तालमेलले सार्थकता पाउन सकिरहेको छैन । 
गत चुनावमा एक्लै भिडेका कांग्रेस र माओवादी केन्द्र मात्रै मिले पनि त्यहाँ एमाले भन्दा ८ हजार बढी मत उनीहरुसँग छ । तर त्यसमा थप जसपा, एकीकृत समाजवादी पनि थपिदा गठबन्धनको जित जीतपुरसिमरामा करिब निश्चितजस्तै देखिन पुगेको छ ।

 

जीतपुर सिमरामा कुन दल बलियो ? 
एमाले गठबन्धन भर्सेज सत्ता गठबन्धन
नेकपा एमालेले सबै मिलेर आए पनि आफु एक्लै लड्ने दावी गर्न छोडेको छैन। तर उसले कमल थापा नेतृत्वको राप्रपा, एकनाथ ढकाल नेतृत्वको परिवार दल र जनमोर्चाका चित्रबहादुर केसीसँग विद्रोह गरेका समुहसम्मलाई गठबन्धनमा हालिसकेका छन्। लोसपासँग वीरगन्ज महानगरमा तालमेल गरिसके पनि अन्यत्र पनि गठबन्धनभित्र ल्याउने एमालेको प्रयास जारी छ । तर एमालेका निर्वाचित मेयरले ५ वर्ष व्यर्थमा समय खेर फालेपछि त्यहाँ एमालेलाई चुनावी एजेण्डा के लिएर मतदाताका बीच जाने भन्ने नै समस्या देखिएको छ।
जीतपुर सिमरामा नेकपा एमालेले मेयर र उपमेयरसहित ७ वडामा चुनावमा जितेको थियो। अहिले मेयर डा. पौडेल उम्मेदवार सिफारिस समेत भएका छैनन् । 
तर अहिलेका उपमेयर सरस्वती चौधरी मेयरका आकांक्षी छिन् । उनी एमालेको केन्द्रीय सदस्य समेत हुन्। तर, उपप्रमुख भइरहँदा उनीमाथि पसाहा खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धमा अख्तियारले अझै छानविनको क्रममा राखेको छ । गत भदौ २४ मा उनीसहितलाई अख्तियारले पत्र काटेर १५ दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसयता यो विषय अझै छानबिनकै क्रममा छ ।



एमालेमा अर्काे दाबेदार हुन्, भोला अधिकारी । उनी गत स्थानीय तहको चुनावमा वडा नम्बर २ मा वडाध्यक्षमै पराजित भएका थिए । तर, उनी दुई कार्यकाल तत्कालीन पिपरा सिमरा गाउँका अध्यक्ष भएका थिए ।
अर्काे, आकांक्षी हुन्, कासिन हुसेन । उनको राजनीतिक र सांगठनिक होल्ड त्यति देखिदैन । तर, सिमरा खानेपानीको चुनावमा उनले पटक–पटक जितेका थिए । मुस्लिम समुदायको भोट उनले तान्न सक्छन् कि भनेर उनलाई उम्मेदवार बनाउने विषयमा पनि एमालेभित्र छलफल चलिरहेको देखिन्छ ।
अर्काे दाबेदार नारायण क्षेत्री हुन् । उनी तत्कालीन डुमारवाना गाविसका पूर्व अध्यक्ष । साना किसान सहकारी संस्थाका पहिला अध्यक्ष पनि भएका र लामो समय महाप्रबन्धक भएका उनी सुकुम्बासी आयोगका अध्यक्ष पनि भएका थिए । तर, उनी पनि विवादमुक्त छैनन् । साना किसानको विवादमा परेपछि उनले पछिल्लो चरण राजीनामा दिएर बाहिरिनु परेको थियो ।
अर्काे आकांक्षी हुन्, मनोज पौडेल । उनी अघिल्लो पटकको चुनावमै पनि दाबेदार थिए । पछिल्लो नेकपाको अन्तरसङ्घर्षमा उनी माधव नेपाल समूहमा रहे, पुरुषोत्तम पौडेलनिकट नेता भएर । पछिल्लो अन्तरसङ्घर्षमा एमालेभित्रको १२ बुँदे पक्षधरका रुपमा उनको परिचय छ । जसका कारण एमालेभित्रकै सांगठनिक राजनीतिक पोजिसन उनको कमजोर देखिन्छ । त्यसमाथि उनी जीतपुर सिमरा गएर बसेको लामो समय भएको छैन । उनले स्थानीय मनोविज्ञान बुझ्न सक्दैनन् भन्ने आरोप छ ।
उता कांग्रेस–माओवादी सहितका ५ दलीय गठबन्धनले माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी सहमति गरेका छन् । माओवादी काङ्ग्रेस एक ठाउँ उभिदा एमालेले जति कोसिस गर्दा पनि यो उपमहानगरपालिकाको नेतृत्व हत्याउन सक्ने अवस्था अहिले छैन । माओवादी स्वयं एक्लै लड्दा पनि जित्ने माहोल बनेको जीतपुर सिमरामा कांग्रेसको मत पनि माओवादीलाई थपिने भएपछि सत्ता गठबन्धनका अगाडि एमाले गठबन्धन फिक्का मात्र बन्ने देखिन्छ ।
२०७४ को चुनावमा संगठनात्मक जालो वडा र टोलसम्मै निर्माण गरिनसक्दै चुनावमा माओवादी होमिएको थियो । तर अहिले उपमहानगरभित्रै पार्टीका ४८ सय संगठित सदस्य मात्रै माओवादीको छ ।
उपमहानगरका २४ वटा वडामै वडा कमिटी र आवश्यकताका आधारमा टोल कमिटी छ । नेकपाबाट माओवादीमै रुपान्तरित भएपछि माओवादीले संगठनात्मक जालो विस्तार गरेको देखिन्छ । त्यस क्रममा उसले कांग्रेस, एमाले, लोसपा, मधेसवादी दलमा रहेका स्वतन्त्र खालका सामाजिक मान्छेलाई संगठित गर्ने काम समेत यो बीचमा गरेको छ ।
पार्टीभित्रको आन्तरिक विवाद पनि माओवादीले जीतपुर सिमरामा मिलाएको देखिन्छ । केन्द्रमा माओवादीका कतिपय जनसंगठन र पार्टीकै समेत पदाधिकारी र कमिटीहरू बन्न नसकिरहेका बेला सम्भवतः पहिलोपटक जीतपुर सिमरा नगर कमिटी माओवादीले चुनावी प्रक्रियाबाट चुनेको छ ।
वडाबाट सम्मेलन गर्दै आएर नगर सम्मेलनमा नगर कमिटी चयन गर्दा पनि र नगरका पदाधिकारी, प्रदेश प्रतिनिधिसम्म उसले चुनावबाटै चयन गरेको थियो । यसले जित्नेलाई पनि काम गर्ने उत्साह र हारेकालाई पनि पार्टी निर्माणमा लाग्ने गरी क्रियाशील बनाएको छ ।
कांग्रेसको मात्र होइन, एमाले विभाजित बनेर निर्माण भएको नेकपा एकीकृत समाजवादीको मत पनि पौडेलमा थपिनेछ । जीतपुर सिमरा उपमहानगरमा २४ मध्ये १६ वटा वडाको प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद सुन्दर विश्वकर्मा एमाले छोडेर एकीकृत समाजवादीतिर लागेका छन् । उनी अघिल्लो पटक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए ।
त्यसैगरी समानुपातिक प्रदेश सांसद सीता गुरुङ जीतपुर सिमराकै मतदाता हुन् । उनी पनि समाजवादीतिर लागेकी छन् । उनीहरुको प्रभाव पनि सिमरामा हुने भएकोले त्यो मत पनि गाभिदा माओवादी उम्मेदवार अन्य उम्मेदवारको तुलनामा हेभीवेटका हुनेछन् ।


को हुन् माओवादीबाट सर्वसम्मत मेयरमा सिफारिस राजन पौडेल ? 
नेपालको आमुल परिवर्तन र विकास देशको व्यवस्था बदलिएमात्रै सम्भव छ भन्ने यथार्थ बुझेका एक जना भिजनरी र कर्मठ युवा हुन् राजन पौडेल । त्यसैले पनि कलिलै उमेरमा उनले सबै प्रकारका आकांक्षा त्यागेर महान जनयुद्धमा होमिए । 
२०३५ चैत १० गते धादिङमा जन्मिएका राजन पौडेल २०४४ सालदेखि सिमरामा निरन्तर बसोबास गर्दै आएका छन् । स्कुले जीवनमा पढाइमा अब्बल रहेका पौडेलले २०५२ सालमा प्रथम श्रेणीमा एसएलसी उर्तीण गरे । काठमाडौं क्याम्पसबाट ग्रामीण विकास र समाजशास्त्रमा उनले स्नातक गरे ।
क्याम्पस पढ्दा पढ्दै राजन पौडेल २०५६ सालदेखि तत्कालीन नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट विधार्थी राजनीति शुरु गरे । २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बने । 
लगत्तै २०५८ सालमा पाटन संयुक्त क्याम्पसबाट राजन पौडेललाई सेनाले गिरफ्तार गरयो । करिब एक वर्षको जेल जीवनपछि रिहा भए । फेरि उनी पार्टीकै काममा फर्किए । २०६० सालमा मकवानपुर धादिङ उनको कार्यक्षेत्र बनेको थियो । त्यस क्षेत्रमा खटिएको केही महिनामै पौडेललाई त्यही साल विरगञ्जबाट सेनाले गिरफ्तार ग¥यो । सेनाको चरम यातना, दमन सहेर पनि राजन पौडेलले जेलभित्रैबाट आन्दोलन थाले । 
सम्झदा पनि आङ सिरिङ्ग हुने गरी सुन्दरीजल जेलमा उनले २४ दिन आमरण अनशन बसे । पछिल्लो पटक जेल पर्दा पौडेलले पटक पटक गरी करिब ८० दिन आमरण अनशन बसी आन्दोलन गरे । डिल्लीबजार सदरखोर, वीरगञ्ज कारागार, भद्रगोल जेल, सर्लाही जेल र सुन्दरीजल जेलजस्ता सबै कारागारमा राजन पौडेलले अति कठिन र सिनेमाको कहानी जस्ता लाग्ने तीता विगतहरु भोग्नुपरेको थियो । 
राजन पौडेल नेकपा (माओवादी) राजनीतिक मुलधारमा आएपछि मात्रै २०६३ जेष्ठ १० गते लामो जेल जीवनबाट मुक्त भएका हुन् । त्यसयता बारा जिल्लामा रहेर निरन्तर पार्टी राजनीतिमा क्रियाशील उनी जिल्ला कमिटी सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य समेत भइसकेका थिए । हाल उनी नेकपा (माओवादी केन्द्र मधेस प्रदेश कमिटीको सदस्य छन् । 
अध्ययनशील, स्पष्ट र सशक्त भिजन भएका राजन पौडेल जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयर पदमा उम्मेदवार बनेका छन् । यस उपमहानगरलाई आफ्नो कार्यकालमा नमुना नगर बनाउने सपना बुनेका छन् । उनी विवादमुक्त माओवादी नेता हुन् । उनलाई बौद्धिक, वैचारिक, सरल जीवनशैली र पारदर्शी नेताका रुपमा जीतपुरसिमरामा चिन्ने गरिन्छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...